मोहन बहादुर खत्री

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शालिन, भद्र, त्यागी र क्रान्तिकारि नेता मात्र नभएर विकास प्रेमी नेताको पहिचान बनाई सक्नुभएका क• दिपक उदयपुरका प्राय:प्रत्यक झुपडिका नागरिकका आशाका केन्द्रका रुपमा रहनु भएका पुर्व सभासद्(२०६४) मोहनबहादुर पौडेल खत्री क• "दिपक"(कसैले पार्टिमा हेनरी भनेर चिन्छन) माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। २०४९ साल देखि अखिल क्रान्तिकारीमा सङ्गठित भएर राजनीतिक यात्रामा साइत गर्नुभएका खत्री ०५१मा अखिल क्रान्तिकारीको पहिलो उदयपुर अध्यक्ष हुनुहुन्छ। ०५६मा उहाँ माओवादी उदयपुर सदस्य हुनुभएको थियो। उहँले खोटाङ, भोजपुरमा पनि काम गर्नुभयो। 

मावी सम्मको शिक्षा कटारी बाटै लिनु भई उच्छ शिक्षाका लागी जनता बहुमुखी क्याम्पस मोतिगडा भर्ना हुनु भयो। वाहाले आफ्नो राजनीतिक यात्रा स्कुलबाटै सुरुगरे पनि व्यापकता भने क्याम्पस स्तर बाटै भएको हो।वाहाको क्याम्पस पढदाका सहपठी सहकर्मीबिनोद प्रसाद पोखरेल क.बिगुलर खड्ग बहादुर राउतको २०५९ साल जेठ ४ गते राती उदयपुरको त्रीनपा ६ खैजनपुरबाट गिरफ्तार गरि हत्या भई सक्यो भने कति राज्यको दमनबाट पलायन भए भने वाहा चाहिँ अनबरत रुपमा संघर्ष गर्दै लडिरहनु भयो।

वाहा २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा उदयपुर क्षेत्र नं ३ बाट एमालेका निकटतम प्रतिद्वन्दी शन्भु थापालाई पछि पार्दै अत्यधिक मतान्तरले बिजयी हुनुभएको थियो भने २०७० सालको दोस्रो संविधानसभाको निर्वचनमा चाहिँ कांग्रेसका नारायण कार्की बाट पराजित हुनुभयो ।

शिक्षा, स्वास्थ्य र रोजगारलाई जनताको मौलिक हकको रूपमा सविधानमै उल्लेख गर्ने उहाँको मुख्य एजेण्डा रहेको छ। माओवादीको सही कार्यदिशाका कारण आफूलाई जनताले जिताएको उहाँको दाबी छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]

एनेकपा माओवादिका संविधानसभा सभासदहरु २०६४