मोहम्मद जुनायेद सिद्दिकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुनायेद सिद्दिकी
व्यक्तिगत जानकारी
नाममोहम्मद जुनायेद सिद्दिकी
जन्म (1987-10-30) ३० अक्टोबर १९८७ (उमेर ३६)
राजशाही, बङ्गलादेश
उपनामइमरोज
उचाई१.८५ मी (६ फिट १ इन्च)
ब्याटिङबायाँ हाते ब्याट्सम्यान
बलिङदायाँ हाते
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ४८)४ जनवरी २००८ v न्युजिल्यान्ड
अन्तिम टेस्ट४ जुन २०१० v इङ्ल्यान्ड
एदिअ पदार्पण (क्याप ८५)२६ डिसेम्बर २००७ v न्युजिल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१९ अगष्ट २०११ v जिम्बाब्वे
टि२०आई पदार्पण२० सेप्टेम्बर २००७ v पाकिस्तान
अन्तिम टि२०आई२ अगष्ट २००९ v वेस्ट इन्डिज
घरेलु टोली जानकारी
वर्षटिम
२००३–हालराजशाही
२०१२दरन्त क्लब
२०१३रङ्पुर राइडर्स
२०१५–हालसिलेट सुपर स्टार्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट एकदिवसीय अन्तर्राष्ट्रिय प्रथम श्रेणी क्रिकेट लिष्ट ए क्रिकेट
म्याच १९ ५४ ६१ ११६
कुल रन ९६९ ११९६ ३,००३ २,९२९
ब्याटिङ औसत २६.१८ २३.०० २७.८० २५.९२
१००/५० १/७ १/६ ४/१६ ३/१७
सर्वोच्च स्कोर १०६ १०० १८१ १२०
कुल बल १८ १२ २०९ ४७
विकेट
बलिङ औसत १३०.००
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ०/२ १/३० ०/०;
क्याच/स्टम्प ११/– २२/– ४७/– ४४/–
स्रोत: क्रिकइन्फो, १४ डिसेम्बर २०१३

मोहम्मद जुनायेद सिद्दिकी (बङ्गाली: জুনায়েদ সিদ্দিকী; जन्म: ३० अक्टोबर १९८७) पाकिस्तानी वंशका एक बङ्गलादेशी क्रिकेट खेलाडी हुन्। जुनायेदका बुबा र हजुरबुबा पाकिस्तानको पञ्जाब प्रदेश अन्तर्गत सियालकोटका हुन् भने उनीहरू बङ्गलादेश स्वतन्त्रता अभियान हुन भन्दा अघि सन् १९६८ मा पूर्वी पाकिस्तानमा (हाल बङ्गलादेश) बसाइँसराइ गरेका थिए। जुनायेद उनको उपनाम इमरोजबाट पनि परिचित छन्। उनी मुख्यतया देब्रे हाते ब्याट्सम्यान हुन् भने कहिलेकाँही उनले बलिङ पनि गर्ने गर्छन्। जुनायेदले सन् २००३-०४ संस्करणको लिग खेलमा राजशाही विभागबाट घरेलु क्रिकेट प्रतिस्पर्धामा पर्दापण गरेका थिए भने उनले सन् २००६-०७ संस्करण सम्म पनि उक्त घरेलु प्रतिस्पर्धामा भाग लिएका थिए। सन् २००७-०८ बङ्गलादेश विरुद्ध न्युजिल्याण्डको टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा जुनायेदले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पर्दापण गरेका थिए।

घरेलु कार्यकाल[सम्पादन गर्नुहोस्]

सिद्दिकीले सन् २००४-०५ संस्करणमा पहिलो दर्जाको क्रिकेटमा उनले चिट्टग्राम विभागको प्रतिनिधित्व गर्दै खुलना विभागको विरुद्धमा एक शतक रन जोड्न सफल भएका थिए भने उक्त खेलमा उनले १०४ रन बनाएका थिए।[१] उनी सन् २००६-०७ को संस्करणमा पनि खेलेका थिए। सिद्दिकीले सेप्टेम्बर २००७ मा बङ्गलादेशका लागि ट्वान्टी २० अन्तर्राष्ट्रिय विश्वकपमा पर्दापण गरेका थिए। उनले उक्त खेलमा ७१ रन बनाउन सफल भएका थिए सन् २०१० मा सिद्दिकीले भारत र बङ्गलादेश बीचको खेलमा अर्ध शतक रन बनाउन सफल भएका थिए। सन् २०१७-१९ ढाका प्रिमियर विभागीय क्रिकेट प्रतियोगितामा सिद्दिकीले ब्रदर्स युनियनको प्रतिनिधित्व गर्दै १३ खेलमा अन्य खेलाडीले भन्दा सर्वाधिक ५४२ रन बनाउन सफल भएका थिए।[२] सन् २०१८-१९ बङ्गलादेश राष्ट्रिय क्रिकेट लिगमा सिद्दिकीले राजशाही विभागको प्रतिनिधित्व गर्दै ६ खेलमा कुल ४०४ रन बनाउन सफल भएका थिए।[३] सन् २०१८ अक्टोबरमा आगामी बङ्गलादेश प्रिमियर लिगको संस्करणका लागि खेलाडी किनबेच तथा लिलामी अन्तर्गत उनी खुलना टाइटन्समा आवद्ध भएका थिए।[४] सन् २०१८-१९ बङ्गलादेश प्रिमियर लिगको संस्करणमा सिद्दिकीले १२ खेलमा कुल २९८ रन बनाएका थिए जसका कारण उनी उक्त प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी बन्न सफल भएका थिए।[५]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् २००७ डिसेम्बरमा बङ्गलादेश र न्युजिल्याण्ड बीच टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलमा सिद्दिकी पनि राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए।[६] २६ डिसेम्बर २००७ का दिन सिद्दिकीले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पर्दापण गरेका थिए जहाँ उनको पहिलो खेलमा उनले १३ रन बनाएका थिए। ४ जनवरी २००८ का दिन सिद्दिकीले टेस्ट क्रिकेटमा बङ्गलादेश राष्ट्रिय टोलीबाट न्युजिल्याण्ड विरुद्ध पर्दापण गरेका थिए जहाँ उनले ७४ रन बनाउन सफल भएका थिए भने तामिम इकबाल र सिद्दिकीले १६१ रनको साझेदारी गरेका थिए जुन पहिलो टेस्ट खेल्ने खेलडीहरूले बनाएको तेस्रो सर्वाधिक अङ्क थियो।[२] फेब्रुअरीमा सिद्दिकीले दक्षिण अफ्रिका र बङ्गलादेश बीचको खेलमा ७४ रन बनाउन सफल भएका थिए। सन् २०१० मा आयरल्यान्डको विरुद्धमा उनको पहिलो एकदिवसीय शतक बनाउन सफल भएका थिए। सन् २०११ को विश्वकपमा सिद्दिकीले खराब प्रदर्शन गरेका कारण बङ्गलादेश र अस्ट्रेलिया बीचको खेल शृङ्खलामा उनी छनोट भएका थिएनन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Tests -বাংলাদেশের সর্বোচ্চ রানের জুটিগুলো, Cricinfo, Retrieved on 7 January 2008
  2. २.० २.१ Tests - ডেব্যুটেন্টদের সর্বোচ্চ পার্টনারশিপগুলো, Cricinfo, Retrieved on 7 January 2008 उद्दरण त्रुटी: Invalid <ref> tag; name "stats.cricinfo.com" defined multiple times with different content
  3. "National Cricket League, 2018/19 - Rajshahi Division: Batting and bowling averages", ESPN Cricinfo, अन्तिम पहुँच ८ नोभेम्बर २०१८ 
  4. "Full players list of the teams following Players Draft of BPL T20 2018-19", Bangladesh Cricket Board, अन्तिम पहुँच २९ अक्टोबर २०१८ 
  5. "Bangladesh Premier League, 2018/19 - Khulna Titans: Batting and bowling averages", ESPN Cricinfo, अन्तिम पहुँच २ फेब्रुअरी २०१९ 
  6. Tests – Bangladesh's highest partnerships by wicket, Cricinfo, Retrieved on 7 January 2008

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]