सामग्रीमा जानुहोस्

म्याक्स् वेबर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म्याक्सिमिलियन कार्ल इमिल वेबर (२१ अप्रिल १८६४ – १४ जुन १९२०) जर्मन समाजशास्त्री, इतिहासकार, न्यायविद् तथा राजनीतिक अर्थशास्त्री थिए, जसले समाजशास्त्र र सामाजिक विज्ञानको विकासमा अत्यन्त महत्वपूर्ण योगदान दिएका थिए। उनका विचारहरूले आज पनि सामाजिक सिद्धान्त र अनुसन्धानमा गहिरो प्रभाव पारेका छन्। वेबर सन् १८६४ मा जर्मनीको एर्फुर्ट (Erfurt) सहरमा जन्मेका थिए। उनले बर्लिन, गोटिङ्गेन (Göttingen) र हाइडलबर्ग (Heidelberg) विश्वविद्यालयमा कानून र इतिहास अध्ययन गरे। सन् १८८९ मा उनले कानूनमा डक्टरेट प्राप्त गरे र १८९१ मा हाबिलिटेसन (Habilitation) पूरा गरेपछि बर्लिन, फ्राइबर्ग (Freiburg) र हाइडलबर्ग विश्वविद्यालयमा अध्यापन गरे। सन् १८९३ मा उनले आफ्नी भाञ्जी म्यारियान श्निट्गर (Marianne Schnitger) सँग विवाह गरे। तर, सन् १८९७ मा आफ्ना बुवासँगको झगडापछि बुबाको मृत्यु हुँदा उनी गहिरो मानसिक तनावमा परे। त्यसपछि उनलाई गम्भीर मानसिक समस्याहरू आए र उनले अध्यापन कार्य त्यागेर केही समयका लागि यात्रामा निस्किए।

वेबरले आफ्नो जीवनकालमा "The Protestant Ethic and the Spirit of Capitalism" जस्ता कृतिहरू मार्फत आधुनिक पूँजीवाद, धर्म, ब्युरोक्रेसी, र सामाजिक कार्यका सिद्धान्तहरूमा स्थायी प्रभाव पारेका थिए।उनको निधन सन् १९२० जुन १४ मा म्युनिख (Munich) मा भयो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]