म्यानचेस्टर सिटी फुटबल क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(म्यानचेस्टर सिटि बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
म्यानचेस्टर सिटि
चित्र:Man city FC badge.svg
पुरानाम म्यानचेस्टर सिटि फुटबल क्लब
उपनाम(हरू) 'सिटि,द सिटिजन्स र द स्काई ब्लुज'
स्थापना सन १८९४ अप्रिल १६
मैदान सिटि अफ म्यानचेस्टर स्टेडियम
मैदान क्षमता ४७,४०५[१]
मालिक द सिटि फुटबल ग्रुप
अध्यक्ष खाल्दुन अल मुबारक
म्यानेजर म्यानुअल पेलिग्रिनी
लिग प्रिमियर लिग
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ


म्यानचेस्टर सिटि फुटबल क्लब म्यानचेस्टरमा स्थापना गरिएको अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । म्यानचेस्टर सिटि फुटबल क्लबलाई पहिला सेंट मार्क (वेस्ट गोर्टोन) को रुपमा सन् १८८० मा स्थापना गरिएको थियो पछी सन् १८८७ मा आर्डविक एसोसिएशन फुटबल क्लबको रुपमा रुपान्तरण गरियो र पछि यसलाई सन् १८९४ मा म्यानचेस्टर सिटि क्लबको रुपमा पूर्णरुप दिईयो । क्लबले सन् २००३ पछी आफ्नो सबै घरेलु म्याच सिटि अफ म्यानचेस्टर स्टेडियममा खेल्दै आएको छ । क्लबको इतिहास हेर्दा सबैभन्दा सफल अवधि सन् १९६० को दशक र सन् १९७० को दशक रुपमा लिन सकिन्छ , त्यति बेला क्लबले लिग च्याम्पियनशिपलिग कप जितेको थियो । सन् १९८१ पछी क्लबको प्रदर्शनमा क्रमशः उतार चढाव हुदैं गयो र सन् १९९८ तिर उसको प्रदर्शन तेश्रो स्तरमा झर्यो । सन् २००८ मा क्लबलाई आबु धाबी युनाइटेड ग्रुपले खरिद गर्यो र यो त्यसपछि संसारकै सबैभन्दा महँगो क्लबको सुचीमा सामेल हुन पुग्यो । यसकै फलस्वरूप: क्लबले ४४ बर्षपछी सन् २०१२ मा प्रिमियर लिगको उपाधि जित्न सफल भयो ।

इतिहास[सम्पादन गर्ने]

रेकर्ड[सम्पादन गर्ने]

रङ्गशाला[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]