म्यानुअल न्युएर
![]() न्युएर २०१८ मा | |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
पुरा नाम | म्यानुअल पिटर न्युएर | ||
जन्म मिति |
{{birth Date and age|1986|3|27}} | ||
उचाई | १.९३ मी | ||
खेल्ने स्थान | गोलरक्षक | ||
क्लबको विवरण | |||
हालको क्लब | बायर्न म्युनिख | ||
सङ्ख्या | १ | ||
युवा क्लब | |||
१९९१-२००५ | साल्के ०४ | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
२००४-२००६ | साल्के ०४ बी | २९ | (०) |
२००६-२०११ | साल्के ०४ | १५६ | (०) |
२०११- | बायर्न म्युनिख | २१६ | (०) |
|
म्यानुअल न्युएर (जन्म २७ मार्च १९८६) जर्मन फुटबलर हुन् । उनी बायर्न म्युनिखका गोलरक्षक हुन् । स्वीपर रक्षक को छवी बनाएका न्युएर आफ्नो उत्कृष्ट गोलरक्षण र बलमाथी द्रुत प्रतिक्रिया जनाउन खप्पिस मानिन्छन् ।[१][२][३]
क्लब जीवन[सम्पादन गर्ने]
जर्मनीको गेल्सेनकीर्चनमा जन्मिएका न्युएरले साल्के ०४ को युवा टोलीबाट ५ वर्षको कलिलो उमेरदेखि नै खेल्न थालेका थिए । १९ अगष्ट २००६ मा उनले बुन्डेस लिगामा डेब्यु गरे । उनलाई फ्रयाङ्क रोष्टलाई उछिन्दै साल्के ०४ को नियमित गोलकिपर बन्न समय लागेन । १ जुन २०११ मा साल्केबाट न्युएरलाई बायर्न म्युनिखमा स्थानान्तरण गरियो । न्युएरले बायर्नसँग €१८ मिलियनमा गरेको नयाँ करार ५ वर्षको लागि थियो । उनी २०१६ सम्म बायर्नमा रहने छन् ।
अन्तराष्ट्रिय जीवन[सम्पादन गर्ने]
न्युएरले दुई विश्वकप(२०१० र २०१४) र युरो २०१२ गरी तीन प्रमुख प्रतियोगितामा राष्ट्रिय टोलीको झण्डा फहराएका छन् । २०१४ फिफा विश्वकपमा न्युएरले विश्वस्तरिय गोल रक्षण गरेका थिए र पुरा प्रतियोगिताभरी विपक्षीलाई ४ गोल मात्र गर्न दिए । जर्मनीले विश्वकप ट्रफी उचाल्दा उनी प्रमुख सदस्य थिए।
व्यक्तिगत जीवन[सम्पादन गर्ने]
उनी पुर्व जर्मन गोलकिपर जेन्स लेहमानलाई आफ्नो आइडल मान्छन् । नयर क्याथोलिक हुन् । क्याथरिन गिल्चसँगको उनको सम्बन्ध २०१४ मा तोडिएको थियो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Manuel Neuer", ESPN FC, अन्तिम पहुँच ११ जुलाई २०१४।
- ↑ Early, Ken (८ जुलाई २०१४), "Manuel Neuer cleans up by being more than a sweeper", Irish Times, अन्तिम पहुँच ११ जुलाई २०१४।
- ↑ Dawson, Alan (९ जुलाई २०१४), "Michael Owen: Manuel Neuer is best in his position", HITC Sport, अन्तिम पहुँच ११ जुलाई २०१४।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा म्यानुअल न्युएर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- आधिकारिक वेबसाइट (जर्मनेली)
- Manuel Neuer at fcbayern.de