यज्ञप्रसाद गौतम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


<नाम>
[[Image:<नाम>.jpg|200px| ]]
<नाम>
जन्म: बि.सं.
कार्यक्षेत्र:
भाषा:नेपाली

जन्म[सम्पादन गर्ने]

२०११ सालमा काभ्रेपलाञ्चोकको मदनकोडारी गाउँमा जन्मेका थिए। [१]

बाल्यकाल[सम्पादन गर्ने]

मादनकोडारी गाउँमा गौतमका पिता सामाजिक एवम् शैक्षिक विकासका अगुवा मानिन्थे। उनकै सक्रियतामा गाउँमा विद्यालय खुलेका थिए। त्यहीँको धुलौटोमा उनले कखरा सिकेका हुन्। पढाइमा अब्बल उनलाई अरूको निगाहभन्दा आफ्नो क्षमतामा विश्वास छ।[२]

शिक्षा[सम्पादन गर्ने]

उनले राजधानीको पद्मोदय माविबाट विद्यालय शिक्षा पूरा गरेका हुन्। स्वदेशमा नै पढेका उनले वाणिज्यशास्त्रमा स्नातक र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्। परीक्षा पास गरेर उनी उप र सहसचिव भएका हुन्।

योगदान[सम्पादन गर्ने]

२०३७ जेठदेखि अस्थायी 'एयर ट्राफिक कण्ट्रोलर'का रूपमा सरकारी सेवा शुरू गरेका हुन्। परिश्रमलाई पूजा मान्ने उनले २ वर्षपनि बित्न नपाउँदै लिखितपरीक्षा पास गरेर त्यही कार्यालयको प्राविधिक अधिकृतमा आफूलाई स्थापित गराए। राष्ट्रिय सतर्कता केन्द्रको जिम्मेवारी सम्हाली रहेका निर्वाचन आयोगका सचिव यज्ञप्रसाद गौतम पिता प्रमानन्द र दाज्यू मीनप्रसादको शिक्षाप्रतिको हुटहुटीले अहिलेको अवस्थामा पुगेको बताउँछन्। प्रविधि र पर्यटन क्षेत्रमा आफ्नो सर्वाधिक ऊर्जाशील समय बिताएका उनी दक्षता, अनुभव र शीपअनुसारको पोष्टिङ हुँदा सेवाको प्रभावकारिता बढ्ने विचार व्यक्त गर्छन्।

शन्दर्भ सामग्री:[सम्पादन गर्ने]

  1. क्षमतामा विश्वास
  2. पाइला पाइलामा सङ्घर्ष :यज्ञ ढकाल,सन्ध्या कट्टेल र नवराज मैनाली

थप जीवनी:[सम्पादन गर्ने]

युवराज पाण्डे