यशोदा गुरुङ (सुवेदी)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


स्थानीय विकासमन्त्री देव गुरुङ पत्नी तथा सविधानसभामा पुग्ने ७ जोडी सभासद्मध्ये एक जोडी हुनुहुन्छ सुवेदी। सुवेदी माओवादी नेवा राज्य समिति सदस्य तथा भक्तपुर इन्चार्ज हुनुहुन्छ। ०३५ देखि नै राजनीतिमा लाग्नुभएकी सुवेदी अनेमसंघको केन्द्रीय सदस्य ०४३मा बन्नुभयो। उहाँ ०४५मा विद्यार्थीको केन्द्रीय सदस्य पनि बन्नुभयो। ०४६मा पार्टीको मनाङ-लमुजुङ जिल्ला समिति सदस्य हुनुभयो। बच्चाबच्ची जन्मेपछि ५ वर्षको अवधिसम्म सक्रिय राजनीति छाड्नुभयो। त्यसबीचमा उहाँले शिक्षण पेशा गर्नुभयो। उहाँले ९ महिना जेल जीवन बिताउनुभयो। जनयुद्ध थालनी भएपछि उहाँ पार्टीको एचक्यूको स्टाफको रूपमा पोखरामा खट्नुभयो। गोरखामा उहाँ पति देव गुरुङ गिरफतार भएपछि उहाँको कार्यक्षेत्र बदलियो। उहाँ महिलासंघको केन्द्रीय महासचिव पनि बन्नुभयो। उहाँ जनयुद्धको बेलामै पर्वत इन्चार्ज तथा गण्डक क्षेत्रीय ब्युरो सदस्य बन्नुभयो। उहाँ माओवादी केन्द्रीय समिति सदस्यसमेत बन्नुभयो।

माओवादीको घोषणापत्रमा उल्लेख गरिएका कुरा नै आफ्ना एजेण्डा भएको सुवेदीले बताउनुहुन्छ। बीएडसम्मको औपचारिक अध्ययन गर्नुभएको छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]