याङ्गुन क्षेत्र
याङ्गुन क्षेत्र (बर्मेली: ရန်ကုန်တိုင်းဒေသကြီး) म्यान्मारको एक प्रशासनिक क्षेत्र हो। यस क्षेत्रलाई पहिले रङ्गून डिभिजन वा याङ्गुन डिभिजनले नामले चिनिने गर्न्थ्यो। यो देशको केन्द्रीय भागमा अवस्थित छ र उत्तर तथा पूर्वमा बागो क्षेत्र, दक्षिणमा मार्टाबानको खाडी, र पश्चिममा एयावाडी क्षेत्रले घेरिएको छ। यस क्षेत्रको राजधानी याङ्गुन शहर हो, जुन देशको पुरानो राजधानी र सबैभन्दा ठूलो शहर हो। याङ्गुन क्षेत्रको क्षेत्रफल करिब १०,२७७ वर्ग किलोमिटर छ र यसमा अन्य महत्वपूर्ण शहरहरूमा थानलिन र ट्वान्टे पर्छन्। याङ्गुन क्षेत्र देशको सबैभन्दा विकसित क्षेत्र हो र अन्तर्राष्ट्रिय प्रवेशद्वारको रूपमा हेरिन्छ।[१]

इतिहास
[सम्पादन गर्नुहोस्]याङ्गुन क्षेत्र मोन समुदायको बसोबास गर्ने स्थल थियो। १०५७ अघि मोन राज्यले यस क्षेत्रमा शासन गर्थयो। १०५७ पछि, उत्तरबाट आएका बर्मेली राज्यहरूले यहाँ शासन गरे। १३औं देखि १६औं शताब्दी (१२८७–१५३९) र १८औं शताब्दीको छोटो अवधिमा (१७४०–१७५७) मोन राज्यहरूले फेरि यस क्षेत्रमा शासन गरे। १५९९–१६१३ बीच पोर्चुगीहरूले थानलिन र वरपरका क्षेत्रहरू कब्जा गरे।[२]
धेरै शताब्दीसम्म, थानलिन तत्लो म्यान्मारको सबैभन्दा महत्वपूर्ण बन्दरगाह शहर थियो। १८औं शताब्दीको मध्यतिर राजा अलाउंगपाया ले श्वे दागोन पगोडा नजिक सानो गाउँ डागनलाई बिस्तार गरे, जसले याङ्गुनको विकासको आधार बनायो।
ब्रिटिशहरूले पहिलो अङ्रेज-बर्मेली युद्ध (१८२४–२६) मा याङ्गुन कब्जा गरे तर युद्ध पछि बर्मेली प्रशासनलाई फिर्ता गरे। दोस्रो अङ्रेज-बर्मेली युद्ध (१८५२) पछि ब्रिटिशहरूले सम्पूर्ण तल्लो बर्मा कब्जा गरेर याङ्गुनलाई व्यापारिक र राजनीतिक केन्द्र बनायो। याङ्गुन ब्रिटिश बर्मेलीको राजधानी र हन्थावडी प्रान्तको मुख्य शहर थियो। ब्रिटिशहरूले धेरै भारतीयहरू कामदार र सरकारी कर्मचारीको रूपमा यहाँ ल्याएका थिए। १९३० को दशकमा, याङ्गुन शहरको आधा जनसंख्या भारतीयहरू बनेका थिए।[३]
प्रथम र द्वस्रो विश्व युद्ध को बीचमा याङ्गुन बर्मेली राष्ट्रिय आन्दोलनको केन्द्र रह्यो। धेरै राजनीतिक नेताहरू जस्तै अङ सान, यू नु, यू थान्त, र ने विन याङ्गुन विश्वविद्यालयका विद्यार्थी थिए।
अप्रिल १९४२ देखि मे १९४५ को बिचमा यो क्षेत्र जापानीको कब्जामा थियो।
१९४८ जनवरीमा म्यान्मारले ब्रिटिश शासनबाट स्वतन्त्रता पाएपछि हन्थावडी प्रान्तलाई पेगु (बागो) डिभिजनको नाम दिइयो र राजधानी याङ्गुनमा राखियो। १९६४ मा रंगून डिभिजन पेगु डिभिजनबाट अलग गरियो र पेगु डिभिजनको राजधानी पेगु बनाइयो। १९७४ मा हन्थावडी र ह्मावबी नगरपालिकाहरू पेगु डिभिजनबाट रङ्गून डिभिजनमा स्थानान्तरण गरियो।
याङ्गुन क्षेत्रले युद्धपछिका दशकहरूमा तीव्र विकासको अनुभव गर्यो। सरकारले याङ्गुन वरपर स्याटेलाइट शहरहरूको निर्माण गरेको थियो।
प्रशासनिक विभागहरू
[सम्पादन गर्नुहोस्]याङ्गुन क्षेत्रमा प्रारम्भमा केवल चार जिल्ला थियो। अप्रिल २०२२ मा अस्थायी सरकारले जिल्लाको संख्या १४ बनायो।[४]
याङ्गुन क्षेत्र सरकार क्षेत्रीय प्रशासन चलाउँछ। क्षेत्रीय विधानसभालाई याङ्गुन क्षेत्र ह्लूटाव भनिन्छ। याङ्गुन उच्च अदालत यो क्षेत्रको सर्वोच्च अदालत हो।
जनसंख्या र जातीयता
[सम्पादन गर्नुहोस्]२०१४ को जनगणना अनुसार याङ्गुन क्षेत्रको जनसंख्या करिब ७.३६ मिलियन छ। बर्मेली भाषा सबै जातीय समूहले प्रयोग गर्छन्। शहरको सम्पन्न वर्गमा अंग्रेजी दोस्रो भाषा मुख्य रूपमा बोलिन्छ।[५]
क्षेत्रको बहुसंख्यक जातीय समूह बर्मेली हो, जसले ८९% जनसंख्या ओगटेको छ। त्यसबाहेक, भारतीय, चिनियाँ, करेन र राखाइन समुदायहरू पनि यहाँ बसोबास गर्छन्।[६]
धर्म
[सम्पादन गर्नुहोस्]२०१४ को जनगणनामा अनुसार, बौद्ध धर्मावलम्बी ९१% रहेका छन्। मुस्लिम ४.७%, क्रिश्चियन ३.२%, हिन्दू १% र अन्य धर्म ०.१% रहेका छन्।[७]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]याङ्गुन क्षेत्र देशको सबैभन्दा विकसित क्षेत्र हो भने याङ्गुन सहर म्यान्मारको प्रमुख व्यापार केन्द्र हो। २०१०–२०११ आर्थिक वर्षको तथ्यांक अनुसार यस क्षेत्रको अर्थतन्त्र करिब ८.९३ ट्रिलियन क्यातको थियो, जसले राष्ट्रिय GDP को २३% हिस्सा ओगटेको छ। [८]
बायिन्णौङ बजार देशको सबैभन्दा ठूलो थोक बजार हो, जहाँ चामल, दाल र अन्य कृषि उत्पादनहरू बिक्री हुन्छन्। धेरै आयात र निर्यात थिलावा पोर्ट, थानलिनमार्फत हुन्छ।
याङ्गुन वरिपरि १४ हऔद्योगिक क्षेत्र छन्, जसले हजारौं कामदारलाई रोजगार दिन्छ।
ग्रामीण क्षेत्रमा धान खेती मुख्य व्यवसाय हो, साथै जूट, दाल, रबर, चिनी र भुईँकटहर पनि प्रमुख खेती हुन्।
यातायात
[सम्पादन गर्नुहोस्]याङ्गुन क्षेत्रमा देशको सबैभन्दा राम्रो यातायात पूर्वाधार छ। पाँचवटा राजमार्गले याङ्गुनलाई अन्य क्षेत्रसँग जोड्छन्। सवारी साधन महँगो भएकाले बस मुख्य यातायातको माध्यम हो। जनवरी २००८ मा याङ्गुन क्षेत्रमा करिब १,८२,००० मोटर सवारी साधन थिए, जुन देशको कुलको १७.७% हो।[९]
याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थल देशको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार हो।
याङ्गुन केन्द्रिय रेलवे स्टेशन म्यान्मार रेल प्रणालीको मुख्य केन्द्र हो।
ट्वान्टे नहर याङ्गुनलाई एयावाडी क्षेत्रसँग जोड्छ र यो यातायात र व्यापार दुवैमा प्रयोग हुन्छ।
शिक्षा
[सम्पादन गर्नुहोस्]याङ्गुन शहरमा देशको उत्कृष्ट शैक्षिक सुविधा उपलब्ध छ, तर ग्रामीण क्षेत्रमा शिक्षा स्तर कमजोर छ। सरकारी तथ्यांक अनुसार केवल २३% प्राइमरी विद्यार्थी उच्च विद्यालयमा पुग्छन्। [१०]
उत्तरी डागनको डागन विश्वविद्यालय र थानलिनको पूर्व याङ्गुन विश्वविद्यालय देशका ठूला स्नातक विश्वविद्यालय हुन्। याङ्गुनको मेडिकल विश्वविद्यालय, प्राविधिक विश्वविद्यालय, कम्प्युटर विश्वविद्यालय र थानलिनको म्यारिटाइम विश्वविद्यालय सबैभन्दा राम्रा शिक्षण संस्थान हुन्।
स्वास्थ्य सेवा
[सम्पादन गर्नुहोस्]स्वास्थ्य सेवा निःशुल्क भए पनि वास्तवमा औषधि र उपचारको लागि शुल्क तिर्नुपर्छ। सरकारी अस्पतालहरूमा आधारभूत सुविधा र उपकरणको कमी छ। यद्यपि, याङ्गुन क्षेत्रमा देशको सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध छ।[११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Census Report, The 2014 Myanmar Population and Housing Census 2, Naypyitaw: Ministry of Immigration and Population, मे २०१५, पृ: 17।
- ↑ Maung Htin Aung (१९६७), A History of Burma, New York and London: Columbia University Press।
- ↑ Thant Myint-U (२००६), The River of Lost Footsteps, Histories of Burma, New York: Farrar, Straus and Giroux, आइएसबिएन 978-0-374-16342-6।
- ↑ "Myanmar States/Divisions and Townships", Myanmar Information Management Unit, डिसेम्बर २००७।
- ↑ The 2014 Myanmar Population and Housing Census, २०१५।
- ↑ Jap, Jangai; Courtin, Constant (२०२२-११-२२), Deciphering Myanmar's Ethnic Landscape: A Brief Historical and Ethnic Description of Myanmar's Administrative Units, International IDEA, आइएसबिएन 978-91-7671-577-2, डिओआई:10.31752/idea.2022.57।
- ↑ Department of Population Ministry of Labour, Immigration and Population MYANMAR (जुलाई २०१६), The 2014 Myanmar Population and Housing Census Census Report Volume 2-C, Department of Population Ministry of Labour, Immigration and Population MYANMAR, पृ: 12–15।
- ↑ Kyaw Hsu Mon and Yadana Htun (२०११-११-०७), "Yangon Region govt facing K22b budget black hole", The Myanmar Times।
- ↑ Kyi Kyi Hla (२००१-०२-०१), "Ngamoeyeik Bridge"।
- ↑ "Education statistics by level and by State and Division", Myanmar Central Statistical Organization, अन्तिम पहुँच २००९-०४-०९। अभिलेखिकरण २००८-०५-२४ वेब्याक मेसिन
- ↑ Yasmin Anwar (२००७-०६-२८), "Burma junta faulted for rampant diseases", UC Berkeley News।