यान्दिक्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यान्दिक्स
उद्योगको प्रकारसार्वजनिक कम्पनी
उद्योगइन्टरनेट
खोज इञ्जिन
व्यवसायको रूपमाढाँचा:नसडक, ढाँचा:मस्को सेयर बजार
स्थापना१९९७; २२ वर्ष अघि (१९९७) (कम्प्टेकद्वारा यान्दिक्स खोजीको सुरुवात)
सन् २००० (यान्दिक्सको स्थापना)
संस्थापक (हरू)आर्काडि भोलोझ
आर्काडि बोर्कोभ्स्की
इल्या सेगालोभिच
मुख्य कार्यालयमस्को, रूस
व्यापारिक क्षेत्ररूस, टर्की, कजाखस्तान, बेलारुस, उज्बेकिस्तान, अजरबैजान, जर्जिया, अर्मेनिया, इजरायलइस्टोनिया
मुख्य व्यक्तिहरूआर्काडि भोलोझ (प्रमुख कार्यकारी अधिकृत)
उत्पादन (हरू)एलिसा (आभाषी सहयोगी)
यान्दिक्स खोजी
यान्दिक्स प्रत्यक्ष
यान्दिक्स डिक्स
यान्दिक्स मेल
यान्दिक्स ब्राउजर
यान्दिक्स नक्सा
रयान्दिक्स बजार
यान्दिक्स इडा
यान्दिक्स मेट्रो
यान्दिक्स समाचार
यान्दिक्स श्रव्य दृश्य
यान्दिक्स नक्सा सम्पादक
यान्दिक्स मुद्रा
यान्दिक्स सङ्गीत
यान्दिक्स अफिसा
यान्दिक्स परिदृश्य
यान्दिक्स समयतालिका
यान्दिक्स ट्राफिक
यान्दिक्स अनुवाद
यान्दिक्स ट्याक्सी
या डटरू
राजस्व$NaN[१]
परिचालन आय$NaN[२]
कूल आम्दानी$NaN[३]
लगानी$NaN[३]
कुल इक्विटी$NaN[३]
कामदार (हरू)८,८५४ (सन् २०१८)
वेबसाइटyandex.ru, yandex.com
स्रोतहरू: [४]

याण्डेक्स एक रूसी बहुराष्ट्रिय निगम हो जसले इण्टरनेट सम्बन्धित उत्पादन र सेवाहरूमा विशेषज्ञता, खोज र जानकारी सेवाहरू, इ-वाणिज्य, यातायात, पथ प्रदर्शन, मोबाइल अनुप्रयोग, र अनलाइन विज्ञापन प्रदान गर्दछ। यान्दिक्स कुलमा ७० भन्दा बढी सेवाहरू प्रदान गर्दछ। यसको सेवा नेदरल्याण्ड्सबाट सुरु गरिएको थियो। [५][६]याण्डेक्ले मुख्यतया रूस र स्वतन्त्र राज्य राष्ट्रसङ्घमा पूर्णरूपमा सेवा प्रदान गर्दछ। कम्पनी संस्थापक र टोलीका धेरै सदस्यहरू रूसमा अवस्थित छन्।[७] [८][९] कम्पनीका विश्वव्यापी रूपमा १८ व्यावसायिक कार्यालयहरू रहेका छन्।

यो रूसको सबैभन्दा ठूलो प्रविधि कम्पनी हो[१०] र रूसी इण्टरनेट बजारमा सबैभन्दा ठूलो खोज इञ्जिन हो जसले रूसी बजारमा ५२% भन्दा बढी बजार साझेदारी गरेको छ।[११] याण्डेक्स डटरूको गृह पृष्ठ रूसमा ४अौँ सबैभन्दा लोकप्रिय वेबसाइट हो। यो विश्वव्यापी रूपमा गुगल, बैडु, बिङ र याहु! पछिको ५अौँ सबैभन्दा ठूलो खोज इञ्जिन हो।[१२] यसले स्वतन्त्र राज्य राष्ट्रसङ्घमा अन्य कुनै खोज इञ्जिन भन्दा सबैभन्दा धेरै बजार साझेदारी पनि गरेको छ।

रूसी इण्टरनेट बजारमा यान्दिक्स मुख्य प्रतिस्पर्धी भनेको गुगल, मेल डटरू र र्‍याम्बलर हुन्।

कम्पनीका अनुसार, रूसी भाषी प्रयोगकर्ताहरूको लागि यसको सबैभन्दा ठूलो फाइदा भनेको रूसी भाषामा शब्द निर्माणको पहिचान गर्ने क्षमता हो।[१३]

याण्डेक्सले भिजि ल्याब्स, फेस डटकम, ब्लेको, सिस्मोटेक, मल्टिसिप, स्केल्स प्रेडिक्ट र डट प्लस लगायतका कम्पनीहरूमा लगानी गरेको थियो।[१४]

कार्यालयहरू[सम्पादन गर्ने]

यान्दिक्स १७ वटा देशहरूमा कार्यालयहरू छन्।[१५] याण्डेक्स प्रयोगशाला सिलिकन उपत्यकामा [१६]सन् २००८ मा खोलिएको थियो भने इस्तानबुलमा पनि सन् २०११ मा खोलिएको थियो।[१७]

यो कम्पनीले लुत्सर्नमा सन् २०१२ मा यसका युरोपेली ग्राहकहरूलाई सेवा गर्नका लागि बिक्री कार्यालय खोलेको थियो।[१८] यसले खोज तथा विकास कार्यालय सन् २०१४ मा बर्लिनमा खोलेको थियो।[१९]

यान्दिक्सले रूसी भाषा बजारमा काम गर्ने चिनियाँ कम्पनीहरूसँग सहकार्य गर्ने उदेश्यका साथ पहिलो कार्यालय सन् २०१५ मा शाङ्घाईमा खोलेको थियो।.[२०]

इतिहास[सम्पादन गर्ने]

सन् १९९० अौँ दशक[सम्पादन गर्ने]

सन् १९८९ मा, उद्यमी आर्कडि भोलोझले कमप्टेक नामक कम्पनीको स्थापना गरेका थिए जजसले व्यक्तिगच सुशाङ्ख्य यन्हरूको बिक्री वितरण गरेको थियो।[२१] याण्डेक्स डटरू खोज इञ्जिन २३ सेप्टेम्बर १९९७ मा सुरु गरिएको थियो र यसलाई सार्वजनिक रूपमा मस्कोमा प्रस्तुत गरिएको थियो। सुरुवातमा, यो खोज इञ्जिनलाई कम्टेकले विकास गरेको थियो।[२२] सन् २००० मा, यान्दिक्सलाई एकल कम्पनीको रूपमा अर्काडि भोलोझले सुरुवात गरेका थिए। [२३] सन् १९९८ मा, यान्दिक्सले यसको खोज इञ्जिनमा प्रासङ्गिक विज्ञापनको प्रक्षेपण गरेको थियो।

सन् २०००अौँ दशक[सम्पादन गर्ने]

सन् २००१ मा, यान्दिक्सले यान्दिक्स प्रत्यक्ष नामक एक अनलाइन विज्ञापन सञ्जालको सुरुवात गरेको।

यो कम्पनी नोभेम्बर २००२ मा मुनाफा चलेको थियो। सन् २००४ मा, यान्दिक्सको विक्रि १ करोड ७० लाख अमेरिकी डलर पुगेको थियो र यो क्रम दुई वर्षमै १००% ले बढेको थियो। यस कम्पनीको कुल नाफा सन् २००४ मा ७० लाख अमेरिकी डलर रहेको थियो। जून २००६ मा, यान्दिक्स प्रत्यक्ष एक प्रासङ्गिक विज्ञापन प्रणालीको साप्ताहिक राजस्वले १० लाख नाघेको थियो। कम्पनीको लेखा परिक्षण सन् १९९९ देखि डेलोइटद्वारा गरिँदै आएको छ।

नोभेम्बर २००५ मा, यान्दिक्सले युक्रेनमा पनि कार्यालयको स्थापना गरेको थियो[२४] र यसले डब्ल्यूडब्ल्यूडब्ल्यू डट यान्दिक्स डट युएको पनि सुरुवात गरेको थियो। सन् २००७ मा, यान्दिक्सले युक्रेनी प्रयोगकर्ताहरूको लागि अनुकूलित खोज इञ्जिनको परिचय गराएको थियो।[२५] याण्डेक्सले मे २००७ मा, युक्रेनको राजधानी किभमा विकास केन्द्र पनि खोलेको थियो।

सन् २००९ मा, यसले डब्ल्यूडब्ल्यूडब्ल्यू डट याण्डेक्स डट युएको सबै सेवाहरू यूक्रेनी बजारको लागि स्थानीयकरण गरेको थियो।[२६] सन् २०१० मा, यान्दिक्सले यसको म्याट्रिक्स डटनेट प्रविधिमा आधारित यूक्रेनी प्रयोगकर्ताहरुको लागि यसले "पोल्टाभा" खोज इञ्जिन एल्गोरिदमको सुरुवात गरेको थियो। [२७] मार्च २००७ मा, यान्दिक्सले रूसी सामाजिक सञ्जाल सेवा मोइकरूग डटरूको अधिग्रहण गरेको थियो।[२८]

१६ जून २००८ मा, यान्दिक्सले यान्दिक्स नक्सामा समायोजन गर्ने उदेश्यका साथ एसएमआई लिङ्क एक रूसी सडक यातायात निगरानी आयोगको अधिग्रहण गरेको थियो।[२९]

२० जून २००८ मा, यान्दिक्सले सिलिकन उपत्यकामा यान्दिक्स प्रयोगशालाको गठनको घोषणा गरेको थियो जससणसको मुख्य उदेश्य भनेको "खोज र विज्ञापन प्रविधि" लाई प्रोत्साहन गर्नु थियो। [१६]

जनवरी २००९ मा, मोजिला फायरफक्स ३.५ ले पूनर्निर्धारित खोज इञ्जिनको रूपमा गूगललाई हटाई रूसी भाषाका लागि यान्दिक्सलाई राखेको थियो।[३०]

अगष्ट २००९ मा, यान्दिक्सले आफ्नो खोज नतिजामा स्वतन्त्र कानुनी सङ्गीतको लागि प्लेयरको सुरुवात गरेको थियो।

सन् २०१० अौँ दशक[सम्पादन गर्ने]

सेप्टेम्बर २०१० मा, यान्दिक्सले यान्दिक्स सङ्गीतको प्रक्षेपण गरेको थियो।[३१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. https://ir.yandex/news-releases/news-release-details/yandex-announces-fourth-quarter-and-full-year-2018-financial.
  2. https://ir.yandex/financial-releases.
  3. ३.० ३.१ ३.२ https://ir.yandex/news-releases/news-release-details/yandex-announces-fourth-quarter-and-full-year-2018-financial.
  4. Яндекс (February 15, 2018). Яндекс объявляет финансовые результаты за четвертый квартал и весь 2017 год. प्रेस विज्ञप्ति. https://ir.yandex/releasedetail.cfm?ReleaseID=1057604. 
  5. N.V., "Яндекс Объявляет Финансовые Результаты Первого Квартала 2018 Года", Яндекс। 
  6. "Все сервисы Яндекса", Яндекс 
  7. "информация о компании" (रूसीमा)। 
  8. "Яндекс в Нидерландах зарегистрировал дочернюю компанию под названием Yandex Europe B. V.-оффшорная компания Компания Экспресс" (रूसीमा), २०१८-०६-१३। 
  9. "Яндекс —Миссия", Яндекс (रूसीमा), अन्तिम पहुँच २०१८-०६-१३ 
  10. "Yandex, Russia’s biggest technology company, celebrates 20 years", द इकोनोमिष्ट, सेप्टेम्बर ३०, २०१७। 
  11. "Провайдер статистики Liveinternet, российские сайты, посещаемые россиянами" 
  12. "रूसका शीर्ष वेबसाइटहरू", अलेक्सा इन्टरनेट 
  13. इयोफी, जुलिया (फेब्रुअरी १०, २००९), "Google's Russian threat", फर्च्युन 
  14. "Crunchbase: Yandex", टेक क्रञ्च 
  15. "Яндекс", Яндекс। 
  16. १६.० १६.१ Яндекс (June 20, 2008). Яндекс-лаборатории откроются в Кремниевой долине. प्रेस विज्ञप्ति. https://yandex.com/company/press_center/press_releases/2008/2008-06-20. 
  17. name="turkey">Яндекс (September 20, 2011). Яндекс запускает в Турции. प्रेस विज्ञप्ति. https://yandex.ru/company/press_center/press_releases/2011/2011-09-20/. 
  18. ग्लोब न्युज वायर (March 12, 2012). Yandex Opens Offices in Europe. प्रेस विज्ञप्ति. https://globenewswire.com/news-release/2012/03/12/470543/248892/en/Yandex-Opens-Offices-in-Europe.html. 
  19. "Russia's Yandex to open new office in Europe", रेउटर्स, फेब्रुअरी ६, २०१४। 
  20. "Russian Internet company Yandex opens commercial office in Shanghai", टिएएएस, सेप्टेम्बर १०, २०१५। 
  21. "Миллиарды «Яндекса». В процессе поиска", www.forbes.ru, अन्तिम पहुँच २०१७-०७-१४ 
  22. "Яндекс Получается 20", Яндекс, सेप्टेम्बर २८, २०१७। 
  23. Елена Колмановская (१९९७-०९-२३), "Запущена новая поисковая машина Яndex-Web", Компания «Яндекс» 
  24. Яндекс (September 6, 2005). Представительство Яндекса сейчас в Украине. प्रेस विज्ञप्ति. https://ir.yandex/releasedetail.cfm?ReleaseID=336868. 
  25. Яндекс (September 20, 2005). Яндекс подарки www.yandex.ua. प्रेस विज्ञप्ति. https://yandex.ru/company/press_center/press_releases/2005/2005-09-20/. 
  26. Яндекс (August 20, 2008). Яндекс расширяет свое присутствие в Украине. प्रेस विज्ञप्ति. https://yandex.com/company/press_center/press_releases/2008/2008-08-20/. 
  27. Яндекс (July 27, 2010). Яндекс поиск по каждому региону Украины. प्रेस विज्ञप्ति. https://yandex.ru/company/press_center/press_releases/2010/2010-07-27/. 
  28. Яндекс (March 27, 2007). Яндекс Приобретает Сайт Социальной Сети MoiKrug.ru. प्रेस विज्ञप्ति. https://yandex.ru/company/press_center/press_releases/2007/2007-03-27. 
  29. एण्ड्र्यु, रोबर्ट (जुन १६, २००८), "Russia’s Yandex Buys Traffic Info Service SMIlink", थिगाअोम 
  30. साङ्खल्याण्ड, स्टिफन (जनवरी ९, २००९), "Firefox in Russia dumps Google for Yandex", सिनेट 
  31. Яндекс (September 22, 2010). Enhanced Music Streaming on Yandex. प्रेस विज्ञप्ति. https://yandex.com/company/press_center/press_releases/2010/2010-09-22/. 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]