यान्देक्स नक्सा सम्पादक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यान्देक्स नक्सा सम्पादक
साइटको प्रकार
वेब नक्सा
उपलब्ध भाषाबहुभाषिक[१]
मालिकयान्देक्स
युआरएलmapeditor.yandex.com
दर्ताआवश्यक
चालु भएको मितिअप्रिल ८, २०१०; १४ वर्ष पहिले (२०१०-०४-08)
वर्तमान स्थितिचालू

यान्देक्स नक्सा सम्पादक (रुसी: Яндекс.Народная карта) एक नक्सा सम्पादन सेवा हो जुन अप्रिल २०१० मा प्रख्यात रूसी इण्टरनेट कम्पनी यान्देक्सद्वारा सुरु गरिएको थियो।[२] भौगोलिक क्षेत्र जहाँ राम्रो नक्सा आँकडा प्रदायकहरू खोज्न गाह्रो पर्छ त्यहाँ प्रयोगकर्ताहरूद्वारा योगदान गरी यस नक्साको गुणस्तर बढाउन सकिन्छ। याण्डेक्स नक्सा सम्पादकमा परिवर्तनहरू मध्यस्थद्वारा पर्याप्त समीक्षा पछि मात्र यान्देक्स नक्सामा देखा पर्न थाल्छ।

वेबसाइट यान्देक्स नक्सा सम्पादक विभिन्न देशहरूमा छरिएर रहेका स्वयंसेवीहरूको निरन्तर सम्पादनमा आधारित छ। यसको जस्तै सेवा प्रदान गर्ने वेबसाइटहरू जस्तै ओपनस्ट्रिट म्याप र विकिम्यापियाको पनि यसले उपयोग गर्दछ। [३]

सम्पादक[सम्पादन गर्नुहोस्]

याण्डेक्समा दर्ता भएका जो सुकै प्रयोगकर्ताहरूले पनि यस नक्सामा एक साधारण वेब सम्पादक प्रयोग गरी सम्पादन गर्न र प्रकाशन गर्न सक्छन्। [४]

सम्पादकहरूले यसमा तीन प्रकारका भेक्टर आँकडामा आधारित वस्तुहरू जस्तै एक बिन्दु, रेखा र आकृतिहरू सिर्जना गर्न सक्छन्। यसमा विभिन्न प्रकारका श्रेणीहरूको सूची (१५० भन्दा बढी) जस्तै आफ्नै चिह्नहरू भएका सबैभन्दा लोकप्रिय प्रकारका वस्तुहरू, सडक, पार्क, घरहरूको प्रविष्टि, पसल, ट्राफिक चिह्न र गति क्यामेरा आदि यसमा समावेश छन्।[४]

यस नक्सा सम्पादनको वस्तुको चित्रमा यहाँ ५ प्रकारका रितिहरू छन्।

१) मापन तथा परिक्रमा - आफ्नो अक्ष वरिपरिका वस्तुहरू घुमाउन र आकार घटाउन् / बढाउन।

२) कोण पङ्क्तिबद्धता - यसले प्रायः कुनामा वस्तुहरू सिधा कोर्न सजिलो बनाउँछ।

३) कुनाहरूमा घेरा लगाउनु - यसले सडक र नदीहरूको कुना काप्चामा घुम्दै रेखाचित्र सरल बनाउँदछ।

४) टाँसिने - एउटी श्रेणीमा पर्ने वस्तुको आकृतिहरूको सीमा एक रेखामा जोडिएका छन्।

५) काट्ने - यसले नजिक नजिकैका भवनहरू कोर्न र धेरै अग्ला भवनहरू पनि नक्सामा बनाउन मद्दत गर्दछ। [५]

फेब्रुअरी २०१७ बाट, कसैले पनि आफ्नो सहरमा यातायात मार्गहरू सृजना गर्न सक्ने सुविधा उपलब्ध बनाइएको थियो। अक्टोबर २९, २०१४ देखि यान्देक्स नक्सा सम्पदनले भवनहरूको उचाई मिटरमा देखिने गरी नयाँ सुविधा ल्याएको थियो। यस नक्सा सम्पादन हाल रुसी भाषामा मात्र उपलब्ध छ जुन यसको प्रमुख आलोचना मध्ये एक मानिन्छ। शैन्य वस्तु, खम्बामा राखिएको बत्ती, हवाई मैदान लगायतका सामग्रीहरू यसमा राख्न निषेध गरिएको छ।[६]

परिमार्जन[सम्पादन गर्नुहोस्]

यस सेवामा सबै वस्तुहरूको पूर्व परिमार्जन रहेको हुन्छ। परिमार्जित सम्पादनहरू र कम्पनीका भू-जानकारीहरू यान्देक्स नक्सामा जान्छन्।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Новые языки интерфейса на Народной карте
  2. ""Яндекс" объединил карты профессионалов и любителей. Новости информационных технологий", It-weekly.ru, अन्तिम पहुँच २०१७-११-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०७ मिति
  3. ""Яндекс" предоставил пользователям возможность редактировать карты: Интернет: Интернет и СМИ: Lenta.ru", Lenta.ru, अन्तिम पहुँच २०१७-११-०३ 
  4. ४.० ४.१ "Yandex launches in Armenia first in the world localized map editor", टेलिकम डट आर्का डटकम, अन्तिम पहुँच १३ डिसेम्बर २०१७ 
  5. "3.1.4. Запрещённые объекты — Народная карта — Яндекс.Помощь", Yandex.ru, अन्तिम पहुँच २०१७-११-०३ 
  6. "Онлайн перевод сайта на английский и другие языки – Яндекс.Переводить", यान्देक्स अनुवादक, अन्तिम पहुँच १३ डिसेम्बर २०१७ 
  7. "40 тысяч правок внесли новосибирцы в Народную карту "Яндекса"", Vn.ru, अन्तिम पहुँच २०१७-११-०३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]