यान्देक्स ब्राउजर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यान्देक्स ब्राउजर
विकासकर्ता(हरू)यान्देक्स
सुरुवाती जारी मिति१ अक्टोबर २०१२; ११ वर्ष पहिले (२०१२-१०-01)
प्रोग्रामिङ भाषासि++, जाभा स्क्रिप्ट
सञ्चालन प्रणाली
इञ्जिनब्लिङ्क
सुखाङ्ख्य मञ्चएआरएम, आइए-३२, एक्स८६-६४
आकार६० मेगाबाइट
उपलब्ध भाषाहरूबेलारूसी, अङ्ग्रेजी, कजाख, रूसी, टुर्की, युक्रेनी
विकासको स्थितिचालू
प्रकारWeb browser
सफ्टवेर अनुमति पत्रफ्रिवेर[१]
वेबसाइटbrowser.yandex.com

यान्देक्स ब्राउजर (रुसी: Яндекс.Браузер) बहुप्रतिष्ठित रूसी वेब खोजी निगम यान्देक्सद्वारा विकसित एक फ्रिवेर वेब ब्राउजर हो[१] जसले ब्लिङ्क वेब ब्राउजर इञ्जिनको प्रयोग गर्दछ र यो क्रोमियम खुला स्रोत परियोजनामा आधारित छ। यो ब्राउजरले वेब पृष्ठको सुरक्षा यान्देक्स सुरक्षा प्रणाली मार्फत जाँच गर्दछ र डाउनलोड भइसकेका फाइलहरू क्यासपरस्काई एण्टि भाइरस मार्फत जाँच गर्दछ।[२] याण्डेक्स ब्राउजर बेलारूसी, अङ्ग्रेजी, कजाखस्तानी, रूसी, टुर्की र युक्रेनी गरी ६ वटा भाषामा उपलब्ध छ।[२][३]

यो वेब ब्राउजर ओपेरा सफ्टवेयरको टर्बो प्रविधि प्रयोग गरी सुस्त भएको इण्टरनेटको गतिलाई बढाउने काम गर्दछ।[४]

यो ब्राउजरको आधिकारिक अनुप्रयोग विन्डोज, आइओएस, म्याक ओएस र एन्ड्रोइडमा उपलब्ध छ। अक्टोबर २०१४ मा लिनक्सको परीक्षण संस्करण पनि सार्वजनिक गरिएको थियो।[५]

रूसमा हाल यान्देक्स गुगल खोजी मार्फत वेब खोजी प्रतिस्पर्धा झेलिरहेको छ।[६] गुगल क्रोम रूसको सबैभन्दा लोकप्रिय वेब ब्राउजर हो जसले गुगल खोजीको प्रयोग गर्दछ जुन यसको प्रणालीमा पुनर्निर्धारित वेब खोजी इञ्जिन हो।[६] जून २०१२ मा, मोजिला फायरफक्स, विश्वको तेस्रो सबैभन्दा लोकप्रिय वेब ब्राउजरले याण्डेक्स खोजीलाई हटाउँदै गुगल खोजी राख्नमा एक सम्झौता गरेको थियो। यान्देक्स ब्राउजरको स्मार्टबक्समा यान्देक्स खोजी पुनर्निर्धारित वेब ब्राउजर हुन्छ जसले गर्दा यान्देक्सलाई रूसी बजारमा गुगलसँग प्रतिस्पर्धा गर्न सहज बनाएको छ।[७]

फरक विशेषताहरू[सम्पादन गर्नुहोस्]

याण्डेक्स ब्राउजरका फरक विशेषताहरू यस प्रकारका छन्:

१) यान्देक्स ब्राउजरमा, विन्डोज ८ जस्तै अन्तरखुख साथ फरक "नयाँ ट्याब" पर्दा र लोकप्रिय सेवाहरूको लागि विशेष विजेट (जस्तै, जीमेल, नपढेका सन्देशहरूको सङ्ख्या देखाउँने) जस्ता दुईवटा उत्तम सुविधा रहेका छन्।[८]

२) एकीकृत किबोर्ड नमूना, शब्द साट्ने सुबिधा: उदाहरणको लागि यदि प्रयोगकर्ताले जि-मेल डटकम प्रयोग गर्दछ र रूसी भाषामा "пьф" लेखेर प्रविष्ट थिच्यो भने उक्त प्रयोगकर्ता सिधै जिमेल डटकममा निर्देशित हुन्छन्।[८]

सुरक्षा[सम्पादन गर्नुहोस्]

वाइफाई सुरक्षा[सम्पादन गर्नुहोस्]

खुला वाइफाई वा डब्ल्यूइपी सुरक्षा कमजोर भएको सञ्जालमा जब हामी जोडिन्छौ याण्डेक्स ब्राउजरले स्वचलित रूपमा आफु र एचटिटिपी साइटहरूमा ट्राफिकको गुप्तिकरण गर्दछ।[९]

बजार साझेदारी[सम्पादन गर्नुहोस्]

लाइभ इण्टरनेटको विश्लेषण अनुसार, यान्देक्स ब्राउजर यसको सार्वजनिकको दुई महिना पश्चात् २.३% बजार ढाकेको थियो[१०] भने मार्च २०१९ मा कम्प्युटरहरूमा यसको बजार साझेदारी १४.८६% र मोबाइल उपकरणहरूमा ८.५४% पुगेको थियो। यान्देक्स ब्राउजर रूस तथा रूस वरिपरिका देशहरूमा लोकप्रिय छ।[११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Лицензионное Соглашение На Программное Обеспечение Браузера " Яндекс", Яндекс, अन्तिम पहुँच २०१२-१०-०२ 
  2. २.० २.१ लुण्डेन, इनग्रिड (१ अक्टोबर २०१२), "Yandex Gives Google A One-Two Punch In Russia: A New Browser And App Store For The Local Search Giant", टेक क्रञ्च (एओएल निगम), अन्तिम पहुँच ८ अक्टोबर २०१२ 
  3. "Надежная защита от вирусов", यान्देक्स, अन्तिम पहुँच २०१२-१०-०२ 
  4. "Яндекс запускает собственный браузер, ориентированный на российский рынок", इनग्राजेट, अन्तिम पहुँच २०१२-१०-०२ 
  5. सेण्डन, जोइ (३१ अक्टोबर २०१४), "Российский "Яндекс-браузер" запускает первую бета-версию Linux, это не клон Chrome", ओएमजी! उबुण्टु!, ओसो लिमिटेड, अन्तिम पहुँच २१ अप्रिल २०१७ 
  6. ६.० ६.१ "Новый браузер Яндекс обостряет поисковые войны в России", नेट फ्रोफेट, अन्तिम पहुँच २०१२-१०-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-१४ मिति
  7. "Yandex Starts Own Internet Browser to Challenge Google", ब्लुमबर्ग बिजनेस विक, अन्तिम पहुँच २०१२-१०-०२ 
  8. ८.० ८.१ सोरेनसन, स्भेन, "Яндекс.Обзор Браузера", अन्तिम पहुँच १३ मे २०१७ 
  9. "Protect: защита соединений Wi-Fi – Браузер (классический интерфейс) – Яндекс.Помощь", यान्देक्स डटरू, अन्तिम पहुँच डिसेम्बर २८, २०१६ 
  10. "Liveinternet.ru analytics", लाइभ इन्टरनेट। 
  11. "доля рынка браузеров" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]