यामागुची
यामागुची प्रान्त (山口県, यामागुची केन) जापानको होन्शु टापूको चुगोकु क्षेत्रमा अवस्थित एक प्रान्त हो। सन् २०१८ अनुसार, यामागुची प्रान्तको जनसंख्या १,३७७,६३१ थियो। यसको क्षेत्रफल ६,११२ वर्ग किलोमिटर रहेको छ।[१]
यामागुची प्रान्त उत्तरमा सिमाने प्रान्त र उत्तर–पूर्वमा हिरोसिमा प्रान्तसँग सिमाना जोडिएको छ।
यो प्रान्तको राजधानी यामागुची सहर भएपनि, सबैभन्दा ठूलो सहर सिमोनोसेकी हो। अन्य प्रमुख सहरहरूमा उबे, शुनान, इवाकुनी पर्छ।
यामागुची प्रान्त होन्शुको पश्चिमी छेउमा अवस्थित छ। यसका तटहरू जापान सागर र सेतो समुन्द्र छ।
इतिहास
[सम्पादन गर्नुहोस्]हालको यामागुची प्रान्त (पहिलेको चोशू) जापानको होन्शु द्वीपको पश्चिमी भागमा रहेको ऐतिहासिक क्षेत्र हो, जहाँ प्राचीन कालमा सुओ र नागाटो नामका दुई प्रान्तहरू अवस्थित थिए। ओउची र मोउरी परिवारहरूको शासनकाले यस क्षेत्रलाई मध्यकालीन जापानमा व्यापार, समुद्री शक्ति र सांस्कृतिक विकासको केन्द्र बनायो। [२]
एदो कालमा मोउरी परिवारकै नियन्त्रणमा रहेको चोशू हानले राजनीतिक आधार निर्माण गर्यो र टोकुगावा शोगुनतविरुद्धको आन्दोलनमा अग्रणी शक्ति बन्दै मेइजी पुनर्स्थापनामा निर्णायक भूमिका खेलेको थियो, जसले आधुनिक जापानको निर्माणमा गहिरो प्रभाव पारेको हो। मेइजी कालपछि सुओ र नागाटो मिलेर बनेको आजको यामागुची प्रान्त इतिहास, सामुराइ परम्परा, समुद्री व्यापार र सांस्कृतिक सम्पदाका लागि परिचित छ।
भूगोल
[सम्पादन गर्नुहोस्]यामागुची प्रान्त जापानको होन्शु द्वीपको सबैभन्दा पश्चिमी किनारामा अवस्थित छ, जहाँ जापन सागर (उत्तर पक्ष) र सेतो सागर रहेको छ।
यहाँ पहाडी क्षेत्र, हरियो वन, घुमाउरो तटरेखा र समुद्र रहेको छ। प्रान्तको पश्चिमी भागमा शिमोनोसेकी शहर अवस्थित छ, जुन होन्शु र क्युशु बीचको मुख्य प्रवेशद्वार हो। पूर्व–दक्षिण भागमा यामागुची सहर तथा उबे, हागीजस्ता सहरहरू छन्, जहाँ समथर भूभाग र उपजाऊ मैदानहरू पाइन्छन्।
यामागुचीको तटीय भाग माछा तथा सागरीय संसाधनका लागि प्रसिद्ध छ भने भित्री भाग कृषि, जलस्रोत र प्राकृतिक दृश्यका कारण परिचित छ। समग्रमा, पहाड, समुद्र र समथर मैदानको संयोजनले यो प्रान्तलाई विविध र सुन्दर भौगोलिक स्वरूप प्रदान गरेको छ।
सन् २०१२ अप्रिल १ अनुसार, प्रान्तको कुल भूमि क्षेत्रको ७% प्राकृतिक निकुञ्जको रूपमा सुरक्षित छ। प्रमुख निकुञ्जहरू: सेतोनाकाइ राष्ट्रिय निकुञ्ज, अकियोशीदै, किता–नागातो काइगन, निसी–चुगोकु सान्ची क्वासी–न्याशनल पार्क, र प्रान्तीय प्राकृतिक निकुञ्जहरू: चोमोन्क्यो, इवाकियामा, रकान्जान, टोयोटा।[३]
राजनीतिक
[सम्पादन गर्नुहोस्]१९९० दशकको निर्वाचन सुधारपछि यामागुचीबाट प्रतिनिधिसभामा चार सिधै निर्वाचित सदस्य जाने गर्छन्। प्रतिनिधिसभाक प्रतिनिधित्वका लागि यामागुची चुगोकु ब्लकमा पर्दछ। परिषद् सभामा यामागुची एक सदस्यीय निर्वाचन क्षेत्रको रूपमा दुई जनाले प्रतिनिधित्व गर्छन्।[४]
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "2020年度国民経済計算(2015年基準・2008SNA) : 経済社会総合研究所 - 内閣府", 内閣府ホームページ (जापानीमा), अन्तिम पहुँच २०२३-०५-१८।
- ↑ Nussbaum, Louis-Frédéric. (2005). "Yamaguchi-ken" in Japan Encyclopedia, pp. 1039-1040, पृ. 1039, गुगल बुक्स मा; "Chūgoku" at p. 127, पृ. 127, गुगल बुक्स मा.
- ↑ "General overview of area figures for Natural Parks by prefecture", Ministry of the Environment (Japan), अन्तिम पहुँच १ सेप्टेम्बर २०१२।
- ↑ Yamaguchi Prefectural Assembly: Electoral districts and district magnitudes (जापानीमा)