सामग्रीमा जानुहोस्

यामानासी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यामानासी प्रान्त (山梨県, यामानासी केन) जापानको होन्शु टापूको चुबु क्षेत्रमा अवस्थित एक प्रान्त हो। सन् २०२५ अनुसार, यामानासीप्रान्तको जनसंख्या ७८७,५९२ थियो। यसको क्षेत्रफल ४,४६५ वर्ग किलोमिटर छ।[]

यामानासी प्रान्तको उत्तर–पूर्वमा साइतामा प्रान्त, उत्तर–पश्चिममा नगानो प्रान्त, दक्षिण–पश्चिममा सिजुओका प्रान्त, दक्षिण–पूर्वमा कानागावा प्रान्त र पूर्वमा टोकियोसँग सिमाना जोडिएको छ।

यामानासीको राजधानी र सबैभन्दा ठूलो सहर कोफु सहर हो। अन्य प्रमुख सहरहरूमा काइ, मिनामीअरुप्सु, फुएफुकी पर्छन्।

प्रान्तको अधिकांश जनसंख्या अकाइशी पर्वतमालाले घेरेको कोफु उपत्यकामा बसोबास गर्छ। प्रान्तको कुल भूमि क्षेत्रको २७% प्राकृतिक निकुञ्जको रूपमा सुरक्षित छ।

अन्य जापानी क्षेत्रहरू जस्तै, यामानासीको प्रागैतिहासिक समाज जोमोन् युगमा शिकार, माछा मार्ने र संकलनको चरणबाट विकास भएको मानिन्छ। त्यसपछि यायोई युगमा धान उत्पादन र गाउँ तथा क्षेत्रीय संरचना विकास भयो।[]

सोन पर्वत, नाकामिचि सहर (दक्षिण कोफु) मा रहेको मारुयामा र चोशिजुका कोफुन (माटोको दफन संरचना) चौथो शताब्दीको अन्त्यतिर निर्माण भएको विश्वास गरिन्छ।[]

हैयन युगमा, यो क्षेत्रमा काइ प्रान्त स्थापना भएको थियो।

मेइजी पुनर्स्थापनादेखि अहिले सम्मको सरल इतिहास

१८६८ को मेइजी पुनर्स्थापनापछि बोशिन युद्धमा कोशु–कट्सुनुमाको लडाइँ महत्वपूर्ण बिन्दु बन्यो र साम्राज्यवादी पक्षले कोफु किल्ला कब्जा गर्‍यो। १८६९ मा क्षेत्रको नाम कोफु प्रान्त राखियो र १८७१ मा यामानासी प्रान्त नाम दिइयो। यो दिन लाई वार्षिकोत्सवको रुपमा “यामानासी प्रान्तीय नागरिक दिवस”का भनेर मनाइन्छ।

मेइजी युगमा रेशम, रेशमी कपडा र वाइन उद्योगले तीव्र विकास पाए। १९०३ मा सासागो सुरुङ तयार भएपछि कोफुको टोकियो र योकाहामासँगको यात्रा समय घट्यो र उद्योग–व्यापारमा ठूलो प्रभाव पर्यो।

१९२६ मा मिनोबु लाइन र १९३३ मा कोउमी लाइन खुल्दा यातायात अझ सुविधाजनक बन्यो।

१९४५ मा कोफु ठूलो हवाई आक्रमणबाट ध्वस्त भयो, तर युद्धपछि कृषि सुधारले फलफूल र अंगूर खेतीलाई प्रवर्द्धन गर्‍यो, साथै १९५१ पछि डेरी फार्मिङ विस्तार भयो।

१९८२ मा चुओ एक्सप्रेसवे खुलेसँगै सेवा, यातायात र पर्यटन बढे। २००८ मा कोफु क्षेत्रमा सहर पुनर्जीवन योजना सुरु भयो।

यामानासी प्रान्त टोकियो, कानागावा, साइतामा, सिजुओका र नगानो प्रान्तसँग सिमाना जोडिएको छ। प्रान्तलाई उच्च पर्वतहरूले घेरेका छ। फुजी हिमालफुजीका पाँच ताल दक्षिण सिमानामा सिजुओका प्रान्तसँग जोडिएको छ। फुजी हिमालले गर्दा यहाँ वार्षिक ८१८ मिलिमिटर मात्र वर्षा हुन्छ।

सन् २०१२ अप्रिल १ अनुसार, प्रान्तको कुल भूमि क्षेत्रको २७% प्राकृतिक निकुञ्जको रूपमा सुरक्षित छ। प्रमुख निकुञ्जहरूमा चिचिबु तामा काई, फुजी–हाकोने–इजु, मिनामी–आल्प्स राष्ट्रिय निकुञ्ज; यात्सुगाटाके–चुशिन कोगेन् क्वासी–न्याशनल पार्क; मिनामी–आल्प्स कोमा र शिबिरेको प्रान्तीय निकुञ्ज पर्छन्।[]

यो प्रान्तको ७८% क्षेत्र जंगलले ढाकिएको छ, जसले यामानासीलाई जापानको सबैभन्दा घना बन भएको प्रान्त बनाएको छ। कृषि जग्गा मुख्य रूपमा कोफु उपत्यकामा सीमित छ।

अर्थव्यवस्था

[सम्पादन गर्नुहोस्]

कोफु सहर वरिपरि यामानासीमा औद्योगिक ब्यापर धेरै छ। प्रमुख रूपमा ज्वेलरी र रोबोटिक्स उद्योग छन्। []

प्रान्तमा धेरै फलफूल फार्म र अंगूर बगैँचा छन्। यामानासी जापानको प्रमुख फल उत्पादन क्षेत्र हो, अंगूर, पीच, प्लम र वाइन उत्पादनमा यो प्रान्त अग्रणी छ। साथै, जापानमा बोतलमा भरिने खनिज पानीको करिब ४०% यामानासीमा उत्पादन हुन्छ, मुख्य रूपमा साउथ अल्प्स, माउन्ट फुजी, मित्सुतोगे क्षेत्रबाट।

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. NHK Broadcasting Culture Research Institute, सम्पादक (२४ मे २०१६), NHK日本語発音アクセント新辞典, NHK Publishing। 
  2. Nussbaum, "Provinces and prefectures" at p. 780, पृ. 780, गुगल बुक्स मा
  3. Smethurst, Andrew (१९८६), Agricultural Development and Tenancy Disputes in Japan, 1870-1940, Princeton, New Jersey: Princeton University Press, पृ: ३६७, आइएसबिएन 0-691-05468-1 
  4. "General overview of area figures for Natural Parks by prefecture", Ministry of the Environment (Japan), अन्तिम पहुँच २५ अप्रिल २०१२ 
  5. "Yamanashi Prefecture", nippon.com (अङ्ग्रेजीमा), २०२३-०४-१३, अन्तिम पहुँच २०२३-०५-१६