युक्रेनको झन्डा
![]() | |
प्रयोग | राष्ट्रिय झन्डा, नागरिक र राज्य सामुद्रिक झन्डा ![]() ![]() ![]() |
---|---|
अनुपात | २:३ |
लागू | २२ मार्च १९१८ २४ अगस्ट १९९१ (औपचारिक रूपमा पुन:स्थापित) २८ जनवरी १९९२ (आधिकारिक रूपमा पुन:स्थापित, हालको बनोट) | (आधिकारिक रूपमा लागू गरिएको)
बनोट | तिलो र पहेँलो रङ समावेश तेस्रो द्विरङ्गी झन्डा |
आकाशे निलो संस्करण | |
![]() | |
सामुद्रिक झन्डा | |
![]() | |
प्रयोग | नौसेना सामुद्रिक झन्डा ![]() ![]() ![]() |
अनुपात | २:३ |
लागू | २० जुन २००६ |
बनोट | नीलो सेन्ट जर्जको क्रसको साथ सेतो जुन झन्डाको किनारा सम्म फैलिएको छ। |
युक्रेनको राष्ट्रिय झन्डामा (युक्रेनी: Державний прапор України) नीलो र पहेँलो रङको समान आकारको साथ तेर्सो पट्टी समावेश छ।[७]
सन् १८४८ मा अस्ट्रियाली साम्राज्यभित्र गालिसिया र लोदोमेरिया राज्यको राजधानी ल्भिभ मा भएको सन् १८४८ को क्रान्तिमा निलो र पहेँलो रङको झन्डा पहिलो पटक देखिएको थियो। यसलाई पछि अल्पकालिक युक्रेनी जनगणतन्त्र, पश्चिम युक्रेनी जनगणतन्त्र र रूसी क्रान्तिपछि युक्रेनी राज्यद्वारा राज्यको झन्डाको रूपमा अपनाइएको थियो।[८]
मार्च १९३९ मा, यसलाई कार्पाथो-युक्रेनले पनि अपनाएको थियो। तथापि, युक्रेन सोभियत सङ्घको भाग रहेको बेलामा, दुईवटा रङहरू समावेश भएको झन्डाको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो, र यसलाई युक्रेनी सोभियत समाजवादी गणतन्त्रको झन्डाले प्रतिस्थापित गरेको थियो। यस झन्डामा रातो पृष्ठभूमि, नीलो तल, सुनौलो हथौडा र हँसिया, साथै माथि सुनौलो-सीमा रातो तारा थियो। सन् १९९१ मा जब सोभियत सङ्घ विघटन भयो, युक्रेनी संसदले २८ जनवरी १९९२ मा आधिकारिक रूपमा पुनः अङ्गीकार गर्नु अघि द्विरङ्गी झण्डा बिस्तारै प्रयोगमा फर्किएको थियो।
युक्रेनले सन् २००४ देखि २३ अगस्टमा राष्ट्रिय झण्डा दिवस मनाउँदै आएको छ।
वनोट
[सम्पादन गर्नुहोस्]युक्रेनी कानुन अनुसार युक्रेनी झन्डाको रङ "निलो र पहेँलो" रङको हुन्छ तर राज्यका अन्य निकायले यसको रङ निर्धारण गरेका छन्। युक्रेनको मन्त्रिपरिषद्ले सन् २०२१ मा, सैन्य अन्त्येष्टि झन्डाहरूको लागि यो मानक अनिवार्य बनाएको थियो।[९]

झन्डामा प्रयोग गरिएको निलो रङको छायाँलाई लिएर असहमति रहँदै आएको छ। दुवै गाढा नीलो र आकाश नीलो झन्डाहरू ऐतिहासिक रूपमा प्रयोग गरिएको थियो। सन् १९९२ मा यो झन्डा स्वीकृत भएको थियो। व्यावहारिक कारणले गर्दा आकाशे नीलो भन्दा गाढा निलो रङ रोजिएको थियो। आकाशे नीलो झण्डाहरू घाममा धेरै छिटो फिक्का हुन्छन्। यद्यपि आधिकारिक मानक सन् २००६ मा पेश गरिएको थियो, केहि निर्माताहरूले मानकसँग मेल नखाने झन्डाहरू उत्पादन गरिरहन्छन्।[१०]
-
एक युक्रेनी स्वतन्त्रता पर्चा (सन् १९१७)
-
लियोनिद कादेनयुक पछाडी रहेको युक्रेनको झन्डा (सन् १९९७)
-
सवारी दर्ता प्लेटको स्ट्रिप।
यो झन्डा अस्ट्रियाको तल्लो अस्ट्रिया राज्य, जर्मन सहर सेम्निस, ऐतिहासिक दालमातिया राज्य (हाल क्रोएसिया) र हङ्गेरीको पेक्स सहरसँग मिल्दोजुल्दो छ, तर ती सबै झन्डाहरूमा नीलो रङ्गको गाढा छायाँ छ। झन्डा केही हदसम्म मलेसियाली राज्य पर्लिस र बेलायती काउन्टी डरहम (क्रस रहित)सँग मिल्दोजुल्दो छ, तर यसको उल्टो रङ व्यवस्थामा नीलो र पहेँलोको हल्का रङ्ग, र फरक पक्ष अनुपात छ।
झन्डा दिवस
[सम्पादन गर्नुहोस्]
युक्रेनमा राष्ट्रिय झन्डा दिवस २३ अगस्टमा मनाइन्छ; यो सन् २००४ मा सुरु भएको थियो।[११] यस अघि जुलाई २४ मा किभमा राष्ट्रिय झण्डा दिवस मनाइन्थ्यो। झन्डालाई आधिकारिक रूपमा राष्ट्रिय झन्डाको रूपमा स्वीकार गर्नु भन्दा दुई वर्ष अगाडि आधुनिक समयमा पहेँलो र निलो युक्रेनी झण्डाको पहिलो औपचारिक उत्थान २४ जुलाई १९९० मा भएको थियो। सन् १९९२ देखि युक्रेनको स्वतन्त्रता दिवस २४ अगस्टमा मनाइँदै आएको छ। एक सरकारी उर्दी पछि, झन्डा यस मिति र केही अन्य विदाहरूमा सार्वजनिक भवनहरूबाट फहराउनु पर्दछ। संसदीय निर्वाचनको दिन र क्षेत्रीय-विशिष्ट झन्डा दिवसहरूमा पनि झन्डा फहराउनुपर्छ। राष्ट्रपतिको निर्वाचन वा प्रमुख राजनीतिज्ञको मृत्यु भएमा जहाँ झन्डाहरू आधा झुकाइन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]स्वतन्त्रता पूर्व: सन् १९१७–१९२१
[सम्पादन गर्नुहोस्]


सन् १९१७ मा युक्रेनको स्वतन्त्रता सङ्ग्राममा निलो-पहेँलो र पहेँलो-नीलो दुवै झन्डा व्यापक रूपमा प्रयोग गरिएको थियो। रुसी साम्राज्यको इतिहासमा पहिलो पटक, नीलो-पहेँलो रङको झन्डा २५ मार्च १९१७ मा पेत्रोग्रादमा २०,००० शक्तिशाली जन प्रदर्शनको क्रममा फहराइएको थियो। युक्रेनको इलाकामा २९ मार्च १९१७ मा सैनिकहरूले किभमा पहिलो पटक राष्ट्रिय झन्डा फहराएका थिए।[१२] १ अप्रिल १९१७ मा, किभले १,००,००० जनसहभागिता रहेको शक्तिशाली प्रदर्शनमा ३२० भन्दा बढी राष्ट्रिय झन्डा फहराइएको थियो। त्यसपछि, युक्रेनी झन्डा सहितको यस्तै प्रदर्शनहरू सम्पूर्ण रुसी साम्राज्य भरि, जातीय युक्रेनी भूमिहरूभन्दा बाहिर पनि भएका थिए।[१२] धेरै प्रसिद्ध युक्रेनी राजनीतिज्ञहरूले १ अप्रिलको प्रदर्शनको बारेमा लेखेका थिए जसमा मिखाइलो ह्रुसेभस्की र सेर्ही येफ्रेमोभ प्रदर्शनमा समावेश थिए। दिमित्रो दोरोसेन्कोले झन्डाहरू पहेँलो र नीलो रङको भएको दावी गरेका थिए। सन् १९१७ मे १८ का दिन पहिलो युक्रेनी सैन्य काङ्ग्रेसमा नीलो-पहेँलो रङको झन्डा फहराइएको थियो।[१२]
सोभियत युक्रेन: सन् १९२२–१९९१
[सम्पादन गर्नुहोस्]सोभियत शासनको समयमा, युक्रेनी झन्डा माथि प्रतिबन्ध लगाइएको थियो, र यसलाई प्रदर्शन गर्ने जो कोहीलाई "सोभियत विरोधी प्रचार"को लागि आपराधिक अभियोग लगाउन सकिन्थ्यो।[१३] युक्रेनी सोभियत समाजवादी गणतन्त्रको पहिलो झण्डा १० मार्च १९१९ मा सोभियत युक्रेन राज्यको प्रतीकको रूपमा सेवा गर्न अपनाइएको थियो। सन् १९९१ मा सोभियत सङ्घको विघटन हुनुभन्दा पहिले आधिकारिक झन्डाको विवरण समय-समयमा परिवर्तन गरिएको थियो, तर सबै रुसमा अक्टोबर क्रान्तिको रातो झन्डा र छिमेकी रूसी सोभियत सङ्घीय समाजवादी गणतन्त्रको झन्डाको सटीक प्रतिकृतिमा आधारित थिए। झन्डामा हँसिया हथौडा समावेश थियो।
-
रातो झन्डा (सन् १९१७)
-
युक्रेनी जनगणतन्त्र सोभियतको झन्डा (सन् १९१७–१९१९)
राष्ट्रिय झन्डाको पुनरागमन
[सम्पादन गर्नुहोस्]मिखाइल गोर्बाचोभको पेरेस्त्रोइका र ग्लास्नोस्तको नीतिहरूको प्रभावमा, व्यक्तिगत सोभियत गणतन्त्रहरूले राष्ट्रिय पहिचानको बलियो भावना प्राप्त गरेका थिए, जसले गर्दा सन् १९९१ मा सोभियत सङ्घको पतन भयो। यो विशेष गरी तीन बाल्टिक राज्यहरू र पश्चिमी युक्रेनको लागि प्रेरक थियो जुन सोभियत सङ्घमा संलग्न अन्तिम क्षेत्रहरू थिए। राष्ट्रिय जागरणसँगै ऐतिहासिक राष्ट्रिय प्रतीकहरू पुनर्स्थापित गर्ने प्रयासहरू पनि भएका थिए। सन् १९८८ मा, लिथुआनियाले सर्वोच्च सोभियतले लिथुआनियाको राष्ट्रिय झन्डा र निसान छापलाई राज्य प्रतीकको रूपमा पुन: स्थापित गरेको थियो। लात्भिया र एस्टोनियाका संसदहरूले पनि चाँडै नै यसको अनुसरण गरेका थिए।
१४ मार्च १९९० मा, सोभियत सङ्घको स्थापना पछि पहिलो पटक सानो सहर स्त्रायीमा युक्रेनी झण्डा फहराइएको थियो।[१४] सन् १९९० अप्रिल २९ का दिन तेर्नोपिल सहरबाट पहेँलो र निलो झन्डा फहराइएको थियो र त्यसको माथि सोभियत सङ्घको झन्डा झुन्डाइएको थियो र २४ अगस्ट १९९१ मा युक्रेनको स्वतन्त्रताको घोषणा पछि, राष्ट्रिय पहेँलो र नीलो झन्डा ४ सेप्टेम्बर १९९१ मा युक्रेनी संसद भवनमा पहिलो पटक फहराइएको थियो। सोभियत रातो र नीलो झन्डा नयाँ-स्वतन्त्र युक्रेनको वास्तविक झण्डाको रूपमा रहेको थियो। नीलो र पहेँलो झन्डा युक्रेनी स्वतन्त्रता पछि अगस्ट १९९१ मा आधिकारिक समारोहको लागि अस्थायी रूपमा अपनाइएको थियो जसलाई आधिकारिक रूपमा २८ जनवरी १९९२ मा युक्रेनको संसदद्वारा पुनर्स्थापित गरिएङ्को थियो। सन् २०२२ युक्रेनमा रूसी आक्रमण सुरुवातमा, विश्वभरका स्थलहरू युक्रेनी झन्डाको रङले चम्किएका थिए, जबकि धेरै सहरहरूले ऐक्यबद्धतामा युक्रेनी झन्डा उठाएका थिए।[१५][१६]
विवाद र आलोचना
[सम्पादन गर्नुहोस्]पहेँले-निलो विरुद्ध निलो-पहेँले
[सम्पादन गर्नुहोस्]युक्रेनीले सामान्यतया झन्डालाई "पहेँलो र हल्का नीलो" (युक्रेनी: жовто-блакитний)को रूपमा उल्लेख गर्छन्। युक्रेनी राष्ट्रिय गणतन्त्र वर्ष (सन् १९१७-१९२१) को समयमा प्रयोग गरिएको झन्डाको एक फरक संस्करण शीर्षमा पहेँलो र तल नीलो थियो। माथिको पहेँलो रङले मसीही मण्डलीहरूको सुनौलो गुम्बज र नीलो निपर नदीलाई प्रतिनिधित्व गर्दछ। [१७]
युक्रेनी शौर्यशास्त्र समाजका प्रमुख आन्द्री ग्रेचिलोले रङको क्रमबारे सन् १९१८ देखि नै छलफल भइरहेको तथ्यलाई औँल्याएका थिए। यद्यपि, युक्रेनी जनगणतन्त्र र युक्रेनी राज्यका दुवै सरकारहरूले माथिल्लो आधा हल्का-नीलो हुने र तल्लो पहेँलो रहने भनि परिभाषित गरेको थियो।[१८] सन् १९१८ को दौडान हल्का नीलो रङ्गले सूर्यको छायाँ गुमाउँछ भन्ने कुरालाई ध्यानमा राख्दै रङलाई गाढा बनाउने निर्णय गरिएको थियो।
पहिले नै युक्रेनी जनगणतन्त्रको संविधानको सन् १९१८ विधेयकमा, रङ्गहरूको क्रम नीलो र पहेँलोको रूपमा परिभाषित गरिएको थियो। यही क्रम नोभेम्बर १९१८ का लागि पश्चिम युक्रेनी जनगणतन्त्र र १५ मार्च १९३९ मा कार्पेथी युक्रेन गणतन्त्रको विधायिकी कार्यहरूमा पनि पाउन सकिन्छ। युक्रेनी डायस्पोरामा पनि रङको क्रमबारे बहस भइरहेको थियो। सन् १९४९ मा युक्रेनले एकल राज्यको झन्डा परिभाषित नगरेसम्म डायस्पोराले निलो र पहेँलो ब्यानर प्रयोग गर्ने निर्णय गरिएको थियो।[१८]
सोभियत झन्डालाई पुनर्जीवित गर्ने प्रयास
[सम्पादन गर्नुहोस्]२१ अप्रिल २०११ मा, युक्रेनको संसदले विजय दिवसमा विजयी झन्डा उठाउन अनुमति दिने कानून पारित गरेको थियो।[१९] वर्तमान विजयी झन्डा रुसमा २००७ मा अपनाइएको थियो। २० मे २०११ मा, उक्त कानुनमा यूक्रेनको राष्ट्रपति भिक्टर यानुकोभिचद्वारा हस्ताक्षरित गरिएको थियो।[२०] १७ जुन २०११ मा, युक्रेनको संवैधानिक अदालतले कानुनलाई असंवैधानिक भन्दै संसदले युक्रेनको संविधानमा आवश्यक संशोधनहरू लागू गरोस् भनेर प्रस्ताव गरेको थियो।[२१]
९ अप्रिल २०१५ मा, युक्रेनी संसदले "कम्युनिस्ट र राष्ट्रिय समाजवादी अधिनायकवादी शासन" का प्रतीकहरूको प्रचारमा प्रतिबन्ध लगाउँदै कम्युनिस्ट विरोधी कानुन पारित गरेको थियो।[२२] त्यसबेलादेखि, विजयी झन्डा जस्ता सोभियत प्रतीकहरूलाई चिहानहरूमा मात्र अनुमति दिइएको छ।[२३][२४] सन् २०२२ मा रुसले सोभियत सङ्घमा आक्रमण गरेपछि सोभियत सङ्घको झन्डा सरकारको नियन्त्रण बाहिरका क्षेत्रमा फहराइएको छ।[२५]
राज्य प्रमुखको झन्डा
[सम्पादन गर्नुहोस्]युक्रेनको इतिहास भरि, राज्यका विभिन्न प्रमुखहरूले विभिन्न झन्डाहरू प्रयोग गरेका छन्। बनोटहरू ऐतिहासिक युग अनुसार र उनीहरूले प्रयोग गरेका थिए र त्यस समयमा युक्रेनमा राजनीतिक दृश्य अनुसार फरक फरक छन्। युक्रेनका राष्ट्रप्रमुखले प्रयोग गर्ने पहिलो झन्डा पाभ्लो स्कोरोपादस्कीको थियो। निर्वासनमा रहेका युक्रेनी जनगणतन्त्रका राष्ट्रपतिका लागि एउटा मापदण्ड सन् १९३० तिर लागू भएङ्को थियो। वर्तमान बनोट, युक्रेनको राष्ट्रपतिको झण्डा, सन् १९९९ मा अपनाइएको थियो। सन् २०२२ मा युक्रेनका राष्ट्रपतिले एउटा भिन्न झन्डाको प्रयोग गरेका थिए जसमा नीलो माथिल्लो भागको बायाँ भागमा पहेँलो निसान छाप रहेको छ।[२६]
सैन्य झन्डाहरू
[सम्पादन गर्नुहोस्]
-
सशस्त्र बल
-
मैदान सेना
-
बायु सेना
-
राष्ट्रिय सुरक्षाकर्मी
-
नौसेना
-
सामुद्रिक सुरक्षा फौज
ऐतिहासिक
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ Signing the Agreement to eliminate the USSR and establish the Commonwealth of Independent States।
- ↑ २.० २.१ २.२ २.३ "Figure Skating Drama - Part 2 - The Lillehammer 1994 Olympic Film", youtube.com, १९ नोभेम्बर २०१४।
- ↑ ३.० ३.१ ३.२ ३.३ "Церемонія підняття Прапора України у місті Львові", youtube.com, २०१६-०८-२३।
- ↑ ४.० ४.१ ४.२ ४.३ "Урочиста церемонія підняття Державного Прапора України 23.08.17", youtube.com, २०१७-०८-२३।
- ↑ ५.० ५.१ ५.२ ५.३ "ДЕРЖАВНИЙ ПРАПОР УКРАЇНИ ПІДНЯТО У ЛЬВОВІ", youtube.com, २०१९-०८-२३।
- ↑ ६.० ६.१ ६.२ ६.३ "У Вінниці підняли найбільший в області Державний прапор України", youtube.com, २०२१-०८-२३।
- ↑ "ІСТОРІЯ НАЦІОНАЛЬНОГО ЖОВТО-БЛАКИТНОГО ПРАПОРА УКРАЇНИ.", मूलबाट १७ лютого २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ березня २०२२।
- ↑ "Прапори з 1651 року.", मूलबाट ३१ серпня २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ серпня २०१७। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१६ मिति
- ↑ "Про затвердження Порядку виготовлення Державного Прапора України" [On the Approval of the Rules for the Production of the State Flag of Ukraine] (युक्रेनीमा), Verkhovna Rada of Ukraine, २० अक्टोबर २०२१, अन्तिम पहुँच ३ मार्च २०२४।
- ↑ Martynnyk, Bohdanna (२३ अगस्ट २०२०), "Як комуністи ледь не зіпсували наш синьо-жовтий стяг - Спецтема" (युक्रेनीमा), Ekspres, अन्तिम पहुँच ३ मार्च २०२४।
- ↑ Ukraine celebrates National Flag Day वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ७, २०१३ मिति, Xinhua News Agency (August 23, 2012)
Ceremony of hoisting Ukraine's national flag held at presidential administration, Kyiv Post (August 23, 2011)
Україна відзначає День Державного прапора "On Tuesday, August 23, all of Ukraine celebrates National Flag Day. Measures to raise the national flag are planned throughout the country." वेब्याक मेसिन अभिलेखिकरण १ अगस्ट २०१३ मिति, 1+1 (August 23, 2011) - ↑ १२.० १२.१ १२.२ "Синьо-жовтий чи жовто-блакитний? Міфи про "перевернутий" прапор (Blue-yellow or yellow-blue? Myths about the flipped flag)", Ukrayinska Pravda Історична правда, १४ जनवरी २०१४, अन्तिम पहुँच २०२२-०३-०४।
- ↑ "The Revolution On Granite: Ukraine's 'First Maidan'", Radio Free Europe/Radio Liberty (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०३-०४।
- ↑ "History of evolution of the State Flag of Ukraine", Ukrinform (युक्रेनीमा), अगस्ट २३, २०१५, अन्तिम पहुँच २०२२-०३-०४। "Укрінформ - актуальні новини України та світу", मूलबाट १७ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०१५।
- ↑ "Town of Blue Mountains Info:Town Raises Ukrainian Flag in Support and Solidarity for the People of Ukraine", मूलबाट ११ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मार्च २०२२। वेब्याक मेसिन अभिलेखिकरण ११ अप्रिल २०२२ मिति
- ↑ "VIDEO : Ukraine invasion: Europe's landmarks turned blue and yellow in solidarity with Kyiv", २५ फेब्रुअरी २०२२।
- ↑ A little less often they use also "yellow and blue", "blue and yellow" and "yellow and azure".
- ↑ १८.० १८.१ Gazeta.ua (२३ अगस्ट २०१३), "Хрущов і Каганович боялися слова "жовто-блакитний" (Khrushchev and Kaganovich were afraid of the word "zhovto-blakytnyi")", Gazeta.ua (युक्रेनीमा), अन्तिम पहुँच २०२२-०३-०४।
- ↑ "РАДА ЗОБОВ'ЯЗАЛА ВИВІШУВАТИ ЧЕРВОНІ ПРАПОРИ НА 9 ТРАВНЯ (Rada enforced raising red flags on the May 9)", Ukrayinska Pravda Історична правда (युक्रेनीमा), अप्रिल २१, २०११, अन्तिम पहुँच २०२२-०३-०४।
- ↑ "ЯНУКОВИЧ ПІДПИСАВ ЗАКОН ПРО ЧЕРВОНИЙ ПРАПОР (Yanukovych signed the law about the Red Banner)", Ukrayinska Pravda Історична правда (युक्रेनीमा), २१ मे २०११, अन्तिम पहुँच २०२२-०३-०४।
- ↑ "КС Украины признал неконституционным использование красного знамени Победы (CC of Ukraine recognised the use of Red Victory Banner as non-constitutional)", Russian Gazette Российская газета (रुसीमा), जुन १७, २०११, अन्तिम पहुँच २०२२-०३-०४।
- ↑ Peterson, Nolan (१० अप्रिल २०१५), "Ukraine Purges Symbols of Its Communist Past", Newsweek, अन्तिम पहुँच १७ मे २०१५।
"Rada bans Communist, Nazi propaganda in Ukraine", Interfax-Ukraine, ९ अप्रिल २०१५, अन्तिम पहुँच १७ मे २०१५।
Hyde, Lily (२० अप्रिल २०१५), "Ukraine to rewrite Soviet history with controversial 'decommunisation' laws", The Guardian, मूलबाट १६ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मे २०१५। - ↑ Shevchenko, Vitaly (१४ अप्रिल २०१५), "Goodbye, Lenin: Ukraine moves to ban communist symbols", BBC News, अन्तिम पहुँच १७ मे २०१५।
- ↑ "Ukraine lawmakers ban 'Communist and Nazi propaganda'", Deutsche Welle, ९ अप्रिल २०१५, मूलबाट १ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०२३। वेब्याक मेसिन अभिलेखिकरण १ अक्टोबर २०१५ मिति
- ↑ Young, Pareisa (११ मार्च २०२२), "Ukraine: Russian troops flying Soviet flag, symbol of 're-establishing Russian domination'", The Observers - France 24, मूलबाट २७ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०२२।
- ↑ Basu, Zachary (२०२२-०३-०१), "Zelensky tells European Parliament "nobody is going to break us" in emotional appeal", Axios (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०३-०४। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०३-२२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]

- युक्रेन विश्वको झण्डामा
- युक्रेन – भिक्सिलोग्राफिया
- युक्रेनको सशस्त्र बलको झन्डा
- युक्रेनको निसान छाप र विभागीय झन्डा
- झन्डाको संक्षिप्त इतिहास वेब्याक मेसिन अभिलेखिकरण १८ डिसेम्बर २०११ मिति फ्रेन्को राष्ट्रिय विश्वविद्यालय विज्ञान पुस्तकालयमा (ल्भिभ)।
- "युक्रेनी झन्डाको बारेमा". युक्रेनको सर्वोच्च परिषद्को अध्यक्ष मण्डलको बयान। १८ सेप्टेम्बर १९९१।
- "युक्रेनको राज्य झन्डाको बारेमा". युक्रेनको सर्वोच्च परिपद् राज्य। २८ जनवरी १९९२।