युफाेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पाक टेलिकम माेबाईल लिमिटेड
युफाेन
उद्योगको प्रकारसहायक कम्पनी
उद्योगदूरसञ्चार
किसिमसहायक कम्पनी
स्थापना२९ जनवरी २००१
संस्थापक(हरू)पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड
मुख्य कार्यालयइस्लामाबाद, पाकिस्तान युफाेन टावर
व्यापारिक क्षेत्र२,३३६ सहरहरूमा
मुख्य व्यक्तिहरूराशिद खान, कार्यकारी अधिकृत
उत्पादन(हरू)'प्रि पे, पाेष्ट पे, युपैसा[१]
राजस्वIncrease २५ बिलियन पारू (२०१२).[२]
परिचालन आय२५ बिलियन पारू (२०१२)
कूल आम्दानी२.५ बिलियन पारू (२०१२)
धनी(हरू)एटिसलात[१]
मालिकपाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड

पाक दूरसञ्चार मोबाइल लिमिटेड वा युफोन (उर्दू: یوفون) एक पाकिस्तानी जिएसएम सेवा प्रदायक हाे। यो पाकिस्तानी बजारमा प्रवेश गर्न तेस्रो मोबाइल सञ्चालक थियो। यो २९ जनवरी २००१ मा पाकिस्तानकाे इस्लामाबादमा युफोनको ब्रान्ड नामले यसकाे सञ्चालन सुरु गरिएकाे थियोे।

पाक टेलिकम माेबाईल लिमिटेड, पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेडको एक पूर्ण स्वामित्वमा रहेकाे सहायक कम्पनी हो। पीटीसीएल वा पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेडको निजीकरण पछि युफोन सन् २००६ मा एटिसलातकाे एक भाग बनेकाे थियोे।

युफाेन सबैभन्दा सानाे जीएसएम मोबाइल सेवा प्रदायक हो र यसका अरूका तुलनामा सबैभन्दा थाेरै, २१ मिलियन[३] प्रयाेगकर्ताहरू रहेका छन् । सबै चार मोबाइल सञ्चालकहरू भन्दा कम यसले १३ % बजार साझेदारी गरेको छ।

युफोनले रसिद खानलाई कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको थियोे। जुन २००८ देखि २०१४ सम्म मोबिलिङ्क (हाल जज्) को प्रमुख कार्यकारी अधिकृत थिए।

यूफोनले १०,००० ठाउँहरूमा र पाकिस्तानका सबै प्रमुख राजमार्गहरूमा सेवा पुर्‍याएकाे छ। यूफोनले अन्तर्राष्ट्रिय रोमिङको लागि १६० भन्दा बढी देशहरूमा २८८ भन्दा बढी इजाजत प्राप्त सञ्चालकहरू सँग उपलब्ध गराएको छ। युफोनले पाकिस्तानको सबैभन्दा छिटो बढ्दो ३ जी नेटवर्क पनि प्रदान गर्छ, र ब्ल्याकबेरी रोमिङ १२२ देशहरूमा २०० भन्दा बढी प्रत्यक्ष सञ्चालकहरूसँग उपलब्ध छ। युफोनले सन् २०१४ मा पाकिस्तानको एक प्रमुख सहर गुजराणवालामा ३ जी सेवा सञ्चालनमा ल्याएको थियो।[४]

इतिहास[सम्पादन गर्ने]

इस्लामाबादमा युफाेनकाे मुख्यालय

कम्पनीले २९ जनवरी २००१ मा इस्लामाबाद शहरबाट युफोनको ब्रान्ड नाममा आफ्नो सेवा सञ्चालन गरेकाे थियोे । युफोन सन् २००६ मा संयुक्त अरब इमिरेट्सकाे दूरसञ्चार निगम समूह (एटिसलात) को एक प्रमुख भाग बनेकाे थियोे ।

रेडियो आवृत्ति सारांश[सम्पादन गर्ने]

आवृत्ति प्राेटाेकुल ब्याण्ड क्लास च्यानल चाैडाइ
९०० मेगाहर्ज जिएसएम/जिपिअारएस/एज २ जी ७.६ मेगाहर्ज
१८०० मेगाहर्ज जिएसएम/जिपिअारएस/एज २ जी ६ मेगाहर्ज
९०० मेगाहर्ज युएमटिएस/एचएसडिपिय/एचएसपिए+ ३ जी ५ मेगाहर्ज
२१०० मेगाहर्ज युएमटिएस/एचएसडिपीए/एचएसपीए+ ३ जी ५ मेगाहर्ज

युफोनले २०१४ को सुरुमा आयोजित एनजीएमएस लिलाममा २१०० मेगाहर्ज स्पेक्ट्रमको ५ मेगाहर्ज ब्लकमा बोली दिएकाे थियो । तथापि बढ्दो माग र ब्यान्ड चाैडाइकाे कमीका कारण डिसेम्बर २०१६ मा, युफोनले आफ्नो ९०० मेगाहर्ज २ जी सञ्जालको भाग ३ जी (एचएसपीए) मा नै झार्ने निर्णय गरेको थियोे । हनल नेटवर्कमा बढ्दो चापकाे सामना गर्न दुई आवृत्तिहरूमा ३ जी सेवा प्रदान गर्दै अाईरहेकाे छ । युफोनले मात्र ९०० मेगाहर्ज स्पेक्ट्रमकोसाथ कराची, लाहाेर, रावलपिंडी / इस्लामाबाद, अबाेटाबाद, शेइखपुरा र सियालकाेट लगायतका शहरहरूमा पुन सेवा सञ्चालन गरेकाे छ ।

पुरस्कार[सम्पादन गर्ने]

युफोनले सन् २०१२ मा पाकिस्तान विज्ञापनदाता समाज द्वारा अायाेजित, पिएएस अवार्ड्स कार्यक्रममा सर्वश्रेष्ठ दूरसञ्चार सेवा प्रदायककाे पुरस्कार जितेकाे थियोे ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ http://pakistannn.com/2017/04/19/ufone-call-packages/
  2. "यूफोन राजस्वमा ६% वृद्धि", द न्युज ट्राइब डटकम 
  3. "पाकिस्तानमा १३६.५ मिलियन माेबाईल प्रयाेगकर्ता पुगेका छन्", प्राेपाकिस्तानि डट पिके 
  4. "गुजराणवालामा ३ जी", सिम्स पिके, अन्तिम पहुँच १३ अक्टोबर २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्ने]

अाधिकारिक वेबसाइट