सामग्रीमा जानुहोस्

युरोपमा महिला स्वतन्त्रता आन्दोलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Women demonstrate in front of the Hague for equal pay on 29 May 1975.
सन् १९७५ मे २९ मा महिलाहरू समान पारिश्रमिकको लागि हेग बाहिर प्रदर्शन गर्दै गर्दाको दृश्य

युरोपमा महिला स्वतन्त्रता आन्दोलन सन् १९६० को दशकको अन्त्यतिरबाट सुरु हुँदै सन् १९७० को दशकसम्म जारी रहेको र केही अवस्थामा सन् १९८० को सुरुवात सम्म चलिरहेको एक चरमपन्थी नारीवादी आन्दोलनको एक लहर थियो।[] यो आन्दोलन उत्तर अमेरिका भएका महिलासँग सम्बन्धित सामाजिक उत्थान र सशक्तीकरणबाट र श्रम बजारमा महिलाहरूको बढ्दो उपस्थितिबाट प्रेरित हुँदै यो आन्दोलन छिट्टै बेलायत र स्क्यान्डिनेभियाली देशहरूमा फैलिएको थियो। कार्यस्थलको अवस्था सुधार र समान तलबको अतिरिक्त, नारीवादीहरूले महिलाहरूको पूर्ण स्वतन्त्रताका लागि सङ्घर्ष गरेका थिए जसमा गर्भनिरोध र गर्भपतन सम्बन्धि आफ्नै निर्णय गर्ने अधिकार र यौन सम्बन्धमा बढी स्वतन्त्रता हासिल गर्ने जस्ता अधिकारहरू समावेश थियो।

सामूहिक रूपमा गठन भएका समूहहरूले सामान्यतया पदानुक्रमित संरचनालाई अस्वीकार गरी सदस्यता सहमतिको आधारमा सञ्चालन गर्दथे। नारीवादीहरूले नेतृत्वले कुनै विशेषज्ञ स्थिति दिएको विचारलाई अस्वीकार गर्दथे भने र यसको सट्टा यसलाई कुनै एक अनुभवको रूपमा मात्र हेर्दथे। प्रत्यक्ष क्रियाकलापहरू मार्फत महिलाहरूले भोगिरहेका समस्याहरूको बारेमा सर्वसाधारणहरूलाई जानकारी दिन कानूनमा सुधार ल्याउनुको सट्टा विचारमा परिवर्तन गर्न सकेमा बढी प्रभावकारी हुन्छ भन्ने विश्वास नारीवादीहरूको रहेको थियो। उनीहरूको उद्देश्य महिलाहरू र समाजमा उनीहरूको भूमिकाबारे धारणालाई परिवर्तन गरेर समाजको पुनःढाँचा तयार गर्नु थियो।

युरोपेली स्वतन्त्रता समर्थकहरूले प्रायः सामाज सुधारकहरूसँग मिलेर काम गर्दथे। महिलाहरूलाई पूर्ण रूपमा बेवास्ता गर्न वा उनीहरूको समस्याहरूलाई दोस्रो स्थानमा राख्ने खालका राजनीतिक प्रणालीको विरुद्ध स्वतन्त्रता समर्थकहरू प्रतिरोधी बन्ने गर्दथे। महिलाको स्वतन्त्रता लागि लडिरहेका समूहहरू स्वतन्त्र रूपमा सञ्चालन हुन्थे भने उनीहरूले सम्बोधन गर्ने मुद्दाहरूमा पनि लचकता भएतापनि आन्दोलनमा सहभागी लगभग सबै सदस्यहरूले शिक्षा, रोजगारी र बाल हेरचाहमा स्वतन्त्र पहुँचलाई प्राथमिक मुद्दा ठानेका थिए। घरायसी कामको बाँडफाँड, समयौनिकता, महिलाहरूको वस्तुकरण र यौन हिंसा जस्ता निजी मामिलाका रूपमा लिइएका मुद्दाहरूलाई सार्वजनिक गर्नु तत्कालीन समयमा विवादास्पद मानिएको थियो भने यस्ता मुद्दाहरूलाई सतहमा ल्याएपछि सञ्चार माध्यम र सर्वसाधारणहरूबाट प्रतिकूल प्रतिक्रियाहरू आएको थियो। यस्ता मामिलाहरू प्राथमिक मुद्दाको रूपमा सतहमा आएपछि नारीवादी र स्वतन्त्रता समर्थकहरूमाथि पुरुष घृणावादीको चिनो लाग्ने गरेको थियो।

पश्चिमी युरोपका लगभग सबै देशहरूमा सशक्त रूपमा महिला स्वतन्त्रता आन्दोलनहरू चलिरहेको भएतापनि युनान, पोर्चुगलस्पेनमा यस्ता आन्दोलनहरू सुरु हुन केही समय लागेको थियो।[] [][] सन् १९७० को मध्यदेखि वा सन् १९८० को प्रारम्भसम्म सुधार सुधारक र सरकारबीच लक्षित मुख्य मुद्दाहरूमा सम्झौता भएसँगै अधिकांश स्वतन्त्रता समूहहरू विघटन भएका थिए।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Anne-Laure Briatte, "Feminisms and Feminist Movements in Europe" (अङ्ग्रेजीमा), ehne.fr। 
  2. Bermúdez & Johnson 2018, पृष्ठ 283.
  3. Pena 2008, पृष्ठ 48.
  4. de Haan, Bucur & Daskalova 2007, पृष्ठ 181.