योगमाया
| योगमाया | |
|---|---|
भ्रमकी देवी[१] | |
१९औँ शताब्दीमा राजा रवि वर्माद्वारा कोरिएको चित्र जसमा योगमायाले (माथि) कंसलाई चेतावनी दिइरहेको देखाइएको छ। | |
| अन्य नामहरू | महामाया, दुर्गा, विन्ध्यवासिनी, नारायणी, एकानंशा |
| आबद्ध | शाक्त, वैष्णव |
| वासस्थान | वैकुण्ठ, विन्ध्याचल |
| धर्मग्रन्थहरू | भागवत पुराण |
| चाडपर्वहरू | वैकुण्ठ एकादशी |
| वंशावली | |
| अवतारको जन्म | गोकुल |
| अभिभावकहरू | नन्द र यशोदा (पृथ्वीमा अवतार लिँदाका अभिभावक) |
| भाइबहिनीहरू | विष्णु (धर्म दाजु)[२] |
| वंश | यदुवंश |
योगमाया विष्णुको भ्रम (माया) शक्तिको रूपमा लिइने एक हिन्दु देवी हुन्।[३] वैष्णव परम्परामा, उनलाई नारायणीको (नारायणकी बहिनी) उपाधि दिइएको छ[४][५] भने उनलाई देवी दुर्गाको सौम्य स्वरूपको रूप मानिन्छ।[६] श्रीमद्भगवद गीताका अनुसार, योगमायाले "भगवानको त्यो आन्तरिक शक्तिलाई बुझाउँछ जसले उनका सबै लीलाहरूको व्यवस्थापन र संवर्द्धन गर्दछ।"[७] देवी विन्ध्यवासिनीको नाम विन्ध्य पर्वतमालाबाट आएको हो जसको शाब्दिक अर्थ "विन्ध्यमा निवास गर्ने" भन्ने हुन्छ।[८]
हिन्दु धर्मग्रन्थहरूका अनुसार, योगमायाले विष्णुको अवतार कृष्णलाई पृथ्वीमा जन्म गराउन सहजकर्ताको भूमिका निर्वाह गरेकी हुन्छिन्। उनले यदुवंशी गोठाला नन्द र यशोदाको छोरीको रूपमा अवतार लिएकी थिइन्। पछि, कृष्णलाई अत्याचारी शासक कंसबाट बचाउन उनलाई कृष्णसँग साटिन्छ। कंसलाई उसको मृत्युको बारेमा चेतावनी दिएपछि, योगमाया त्यहाँबाट अन्तर्ध्यान भएर विन्ध्याचल पर्वतमा बसोबास गर्न थाल्छिन् जसकारण उनलाई विन्ध्यवासिनी भनिन्छ।[९]
योगमाया शाक्त सम्प्रदायमा पनि एक महत्त्वपूर्ण देवी हुन् र उनलाई महादेवीको रूपमा पूजा गरिन्छ।
किंवदन्ती
[सम्पादन गर्नुहोस्]देवकी र वसुदेवको आठौँ सन्तानको रूपमा कृष्ण जन्मिएपछि विष्णुको निर्देशन अनुसार नन्द र यशोदाको घरमा सोही समयमा योगमायाको जन्म हुन्छ। वसुदेवले कृष्णलाई यशोदाकी तिनै छोरीसँग साट्छन्। जब कंसले ती नवजात शिशुलाई आफ्नो भविष्यको संहारकर्ता ठानेर मार्ने प्रयास गर्छन् तब उनी कंसको पकडबाट फुत्किएर दुर्गाको रूप धारण गर्छिन्। उनले कंसलाई उसको संहारकर्ताले अन्यत्रै जन्म लिइसकेको जानकारी दिएर त्यसपछि मथुराको जेलबाट ओझेल हुन्छिन्।

त्यसपछि, स्थानीय जनविश्वास अनुसार उनले विन्ध्याचल पर्वतमा निवास गर्ने निर्णय गरेको मानिन्छ जहाँ हाल उनको मन्दिर अवस्थित छ।[१०]
वैष्णव सम्प्रदाय
[सम्पादन गर्नुहोस्]
वैष्णव धर्ममा योगमायालाई विष्णु वा उनका अवतार कृष्णको आन्तरिक वा बाह्य शक्तिको मूर्त रूप मानिन्छ।[११] विष्णु पुराणका अनुसार, 'वैष्णवी महामाया' भनिने यी देवीले दुर्गा, अम्बिका, क्षेमदा र भद्रकाली जस्ता विभिन्न स्वरूपहरू धारण गर्दछिन्।[१२]
भागवत पुराणमा, असुर हिरण्याक्षले बराहको उपहास गर्दै विष्णुको 'योगमाया' को सन्दर्भ उल्लेख गरेका छन्।[१३]
१७औँ शताब्दीको 'मुकुन्दविलास' नामक काव्यका अनुसार, एकपटक भूदेवी र ब्रह्माले कंस र शिशुपालको अत्याचारका कारण विष्णुलाई पृथ्वीको मामिलामा हस्तक्षेप गर्न प्रार्थना गर्दा योगमायाले कृष्ण अवतारलाई सहयोग गर्न विभिन्न देवताहरूलाई नियुक्त गर्छन्।[१४]
कृष्णका कथाहरूमा, भगवानले गोकुलका गोपिनीहरूसँग समय बिताउन योगमायाको सहारा लिन्छन्। गोपिनीहरूसँगको लीलाका क्रममा, योगमायाले नै प्रत्येक गोपिनीको आध्यात्मिक प्रतिरूप उनीहरूको घरमा सिर्जना गरिदिन्छिन् जसले गर्दा उनीहरू आफ्ना श्रीमानहरूप्रति पतिव्रता रहँदै भगवानको ध्यानमा पनि मग्न हुन सक्थे।[१५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The Goddess in India: The Five Faces of the Eternal Feminine, Simon and Schuster, सेप्टेम्बर २०००, आइएसबिएन 9781594775376।
- ↑ Williams, George M. (२००८-०३-२७), Handbook of Hindu Mythology (अङ्ग्रेजीमा), OUP USA, आइएसबिएन 978-0-19-533261-2।
- ↑ Beck, Guy L. (२०१२-०२-०१), Alternative Krishnas: Regional and Vernacular Variations on a Hindu Deity (अङ्ग्रेजीमा), State University of New York Press, पृ: 170, आइएसबिएन 978-0-7914-8341-1।
- ↑ Sinha, Purnendu Narayana (१९०१), A Study of the Bhagavata Purana: Or, Esoteric Hinduism (अङ्ग्रेजीमा), Freeman & Company, Limited, पृ: 247।
- ↑ Parthasarathy, V. R.; Parthasarathy, Indu (२००९), Devi: Goddesses in Indian Art and Literature (अङ्ग्रेजीमा), Bharatiya Kala Prakashan, पृ: 133, आइएसबिएन 978-81-8090-203-1।
- ↑ "Śb 10.4.12", vedabase.io/en/ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २४ फेब्रुअरी २०२०।
- ↑ www.wisdomlib.org (२०१७-०४-३०), "Yogamaya, Yogamāyā, Yoga-maya: 13 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०९-१२।
- ↑ Hawley, John Stratton; Wulff, Donna Marie (१९९८), Devī: Goddesses of India, Motilal Banarsidass Publ., पृ: 49, आइएसबिएन 978-81-208-1491-2।
- ↑ Knapp, Stephen (२०१२), Hindu Gods & Goddesses (अङ्ग्रेजीमा), Jaico Publishing House, पृ: 32, आइएसबिएन 978-81-8495-366-4।
- ↑ Krishnan, S. A. (२०१७-०५-२०), Abhimanyu: The Warrior Prince (अङ्ग्रेजीमा), SA Krishnan।
- ↑ Knapp, Stephen (२०१२), Hindu Gods & Goddesses (अङ्ग्रेजीमा), Jaico Publishing House, आइएसबिएन 978-81-8495-366-4।
- ↑ Varadpande, Manohar Laxman (२००९), Mythology of Vishnu and His Incarnations (अङ्ग्रेजीमा), Gyan Publishing House, पृ: 15, आइएसबिएन 978-81-212-1016-4।
- ↑ www.wisdomlib.org (२०२२-०७-२४), "Hiraṇyākṣa's Fight with Varāha [Chapter 18]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०९-१२।
- ↑ Unni, N. P. (१९९५), Nilakantha Diksita (अङ्ग्रेजीमा), Sahitya Akademi, पृ: 25, आइएसबिएन 978-81-7201-803-0।
- ↑ Schweig, Graham M. (२०१८-०६-२६), Dance of Divine Love: India's Classic Sacred Love Story: The Rasa Lila of Krishna (अङ्ग्रेजीमा), Princeton University Press, पृ: 136, आइएसबिएन 978-0-691-19017-4।