सामग्रीमा जानुहोस्

योनी श्राव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाठेघरको मुखयोनीमार्गको भित्री भित्ताको तस्विर, जहाँ मेडिकल स्पेकुलमको प्रयोग गरी योनी मार्गभित्र क्यामेरा पसाइएको छ। पाठेघरको मुख र योनी मार्गको भित्तामा तरल पदार्थ, कोषिका र ब्याक्टेरियाको मिश्रणको तह लागेको छ, जुन योनीद्वारबाट बाहिर निस्कँदा योनीबाट हुने श्राव बन्दछ।

योनी श्राव वा योनीबाट हुने श्राव तरल पदार्थ, कोषिका र ब्याक्टेरियाको मिश्रण हो जसले योनीलाई चिल्लो बनाउन र यसको सुरक्षा गर्न मद्दत गर्दछ।[][] यो मिश्रण योनी र पाठेघरको मुखका कोषिकाहरूद्वारा निरन्तर उत्पादन भइरहन्छ र योनीद्वारमार्फत शरीरबाट बाहिर निस्कन्छ। यो श्रावको बनावट, गुणस्तर र मात्रा व्यक्ति अनुसार फरक-फरक हुन सक्छ, र यो महिनावारी चक्र तथा यौन एवम् प्रजनन विकासका विभिन्न चरणहरूमा बदलिन सक्छ।[] सामान्य योनी श्राव पातलो, पानी जस्तो वा बाक्लो र टाँसिने खालको हुन सक्छ, र यसको रङ्ग सफा (रङ्गहीन) वा सेतो हुन सक्छ।[][] सामान्य योनी श्राव मात्रामा बढी हुन सक्ने भए तापनि सामान्यतया यसमा कडा दुर्गन्ध हुँदैन, र यसका कारण चिलाउने वा दुख्ने समस्या पनि हुँदैन।[]

अधिकांश योनी श्रावलाई शारीरिक रूपमा स्वभाविक (शरीरको सामान्य कार्यप्रणाली) मानिने भए तापनि, श्रावमा आउने केही परिवर्तनहरूले सङ्क्रमण वा अन्य अस्वभाविक प्रक्रियाहरूलाई दर्साउन सक्छन्।[][] योनी श्रावमा परिवर्तन ल्याउन सक्ने सङ्क्रमणहरूमा योनीको इस्ट सङ्क्रमण, ब्याक्टेरियल भ्याजिनासिस, र यौनजन्य सङ्क्रमणहरू पर्दछन्।[][] असामान्य योनी श्रावका लक्षणहरू यसको कारण अनुसार फरक हुन्छन्, तर यसका आम विशेषताहरूमा रङ्गमा परिवर्तन, दुर्गन्ध आउनु, र यसका साथै चिलाउने, पोल्ने, पेल्भिक दुख्ने (तल्लो पेट दुख्ने) वा यौनसम्पर्कका बेला दुख्ने जस्ता लक्षणहरू देखा पर्ने हुन सक्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Beckmann, R.B. (२०१४), Obstetrics and Gynecology (7th संस्करण), Baltimore, MD: Lippincott Williams & Wilkins, पृ: 260, आइएसबिएन 978-1-4511-4431-4
  2. 1 2 3 "Vaginal discharge color guide: Causes and when to see a doctor", www.medicalnewstoday.com (अङ्ग्रेजीमा), २०२०-०१-१०, अन्तिम पहुँच २०२२-०४-२५
  3. 1 2 Hacker, Neville F. (२०१६), Hacker & Moore's Essentials of Obstetrics and Gynecology (6th संस्करण), Philadelphia, PA: Elsevier, पृ: 276, आइएसबिएन 978-1-4557-7558-3
  4. Lentz, Gretchen M. (२०१२), Comprehensive Gynecology (6th संस्करण), Philadelphia, PA: Elsevier, पृ: 532–533, आइएसबिएन 978-0-323-06986-1
  5. LeBlond, Richard F. (२०१५), "Chapter 11", DeGowin's Diagnostic Examination (10th संस्करण), McGraw-Hill Education, आइएसबिएन 978-0-07-181447-8
  6. Rice, Alexandra (२०१६), "Vaginal Discharge", Obstetrics, Gynaecology & Reproductive Medicine 26 (11): 317–323, डिओआई:10.1016/j.ogrm.2016.08.002
  7. Wathne, Bjarne; Holst, Elisabeth; Hovelius, Birgitta; Mårdh, Per-Anders (१९९४-०१-०१), "Vaginal discharge - comparison of clinical, laboratory and microbiological findings", Acta Obstetricia et Gynecologica Scandinavica 73 (10): 802–808, आइएसएसएन 0001-6349, डिओआई:10.3109/00016349409072509, पिएमआइडी 7817733

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]