यौन दुर्व्यवहार पीडितहरूको आक्रमणपछिको उपचार
यौन हिंसा वा बलात्कारपछि पीडितहरूले प्रायः परीक्षण र दुर्व्यवहारको सामना गर्नुपर्छ। आफूमाथि भएको हिंसाको उजुरी प्रहरीमा दिने निर्णय गर्ने पीडितहरूले चिकित्सकीय जाँच र प्रहरीको अन्तर्वार्ता दिनुपर्छ। यदि फौजदारी मुद्दा चलेमा, पीडितहरूले गोपनीयताको हानि ब्यहोर्नुपर्छ र उनीहरूको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ। पीडितहरूले जोकोही सँग पनि शारीरिक सम्बन्ध राख्दै हिड्ने आइमाई, समाजको कलङ्क जस्ता दुर्वचनहरू सुन्नुपर्ने र डिजिटल माध्यमबाट धाकधम्की दिने, दुर्व्यवहार गर्ने जस्ता को निशाना बन्न बाध्य हुन्छन्। यी कारकहरूले बलात्कारको संस्कृतिलाई बढावा दिन्छन् र यही कारणले अमेरिकामा ८०% बलात्कारका घटनाहरू उजुरी नहुने गरेको २०१६ मा अमेरिकी न्याय विभागले गरेको अध्ययनले देखाएको छ।[१]
पीडितहरूको संरक्षण गर्ने उद्देश्यले विभिन्न कानूनहरू बनाइएका छन्। फौजदारी कार्यवाहीका क्रममा पीडितहरूलाई अत्याधिक सार्वजनिक जाँचबाट जोगाइन्छ। कानूनहरूले वकीलहरूलाई पीडितको चिकित्सकीय, मनोवैज्ञानिक वा उपचारात्मक रेकर्ड प्राप्त गर्नबाट पनि रोक लगाउन सक्छन्। केही कानूनहरूले यौन गतिविधिका लागि कानुनी सहमतिको उमेर निर्धारण गर्छन् र अपराधीहरूलाई पीडितले सहमति दिएको भन्ने दाबी गर्न निषेध गर्छन्। केही क्षेत्रहरूमा पीडितहरूले प्रहरी र संस्थाहरूबाट चेतावनी जारी नगरेको खण्डमा क्षतिपूर्ति माग गर्न सक्छन्। धेरै पीडित अधिकार समूहहरू पीडितहरूको व्यवहार सुधार गर्न कार्यरत छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Sexual Assault Remains Dramatically Underreported", www.brennancenter.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-०५।