सामग्रीमा जानुहोस्

यौन हिंसाका कारणहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यौन हिंसा भन्नाले महिला, पुरूष वा कुनै तेस्रो लिङ्गी व्यक्तिसँग उसको अनुमति वा सहमति विना नै अर्को व्यक्तिले कुनै किसिमको यौन गतिविधि गर्ने वा गर्न उद्योग गर्ने कार्य सम्झनुपर्छ। [][]

महिला अध्ययन, जनस्वास्थ्य र फौजदारी न्याय जस्ता क्षेत्रहरूबाट "यौन हिंसाका कारणहरू" बारे धेरै सिद्धान्तहरू प्रतिपादन भएका छन्।[]

केही प्रस्तावित सैद्धान्तिक कारणहरूमा युद्धकालिन मैथुनिक हिंसा वा सैन्य विजय, सामाजिक अर्थशास्त्र, क्रोध, अपमानजनक आधिपत्य, पीडकतोषीय वृत्ति, गुण सिद्धान्त, नैतिक मानक, नीति-नियम र विकासवादी दबाब आदि पर्दछन्। यौन हिंसाका कारणहरू सम्बन्धी धेरैजसो अध्ययनहरूले मुख्यतया पुरूष अपराधीमाथी ध्यान केन्द्रित गरेको छ। []नारीवादी कार्यकर्ता तथा विज्ञहरूले महिला र पुरूष दुवै माथी हुने यौन हिंसा बारे छलफल, बहस, पैरवी गरेर यो विषयलाई पेचिलो बनाएका हुन्। यौन हिंसाका कारणहरूको जरो खोज्ने क्रममा उनीहरू पुरूष प्रधान समाज र त्यसले निम्त्याएको असमानताले भरिएको सामाजिक संरचनालाई मुख्य दोषी ठान्छन्।

यौन हिंसा सम्बोधन गर्ने संस्थागत संरचना कमजोर हुनु र पीडितहरू प्रति हुने अन्यायपूर्ण व्यवहारले समाजमा पुरुष, महिला र यौन सम्बन्धलाई कसरी हेर्ने गरिएको छ भन्ने कुरा प्रस्ट देखाउँछ भन्ने नारीवादीहरूको तर्क छ। साथै, नारीवादी समालोचनाले यौन हिंसाको अध्ययनमा नारीवाद र मनोविज्ञानलाई अझ नजिक ल्याउन मद्दत गरेको छ।[]

व्यक्तिगत तत्वहरू

[सम्पादन गर्नुहोस्]

यौन हिंसालाई प्रश्रय दिने केही व्यक्तिगत तत्वहरू:

- परिचित पीडित: अधिकांस यौन हिंसा पीडकले पहिले नै चिनेका मानिसहरूमाथि लक्षित हुन्छ।[]

- नसालु पदार्थबाट प्रेरित यौन हमला: यौन आक्रमण प्रायः तब हुन्छ रक्सी वा कोकेन जस्ता लागूपदार्थहरूको सेवनले पीडितको निषेध गर्ने क्षमता कमजोर पार्छ र निर्णय क्षमतालाई कमजोर तुल्याउँछ। मदिरापानले व्यक्तिलाई हिंसासँग आबद्ध गराउँछ र समूहमा गरिने मदिरापानले सामूहिक असंयम एवं यौन हिंसालाई जन्म दिन सक्दछ।[]

- काम आवेग: केही बलात्कारीहरू यौन इच्छाबाट यति प्रेरित हुनछन् कि अन्य व्यक्तिको तुलनामा यौन सम्बन्ध कायम गर्न अति उत्तेजित हुन्छन्।[]

- मनोवैज्ञानिक तत्व: यौन हिंसा गर्ने पुरूषहरूले अक्सर पीडित महिलालाई नै दोषी ठहर्याउने, बलात्कारको प्रभाव नबुझ्ने, सामाजिक सङ्केतहरूको गलत व्याख्या गर्ने, बलपूर्वक यौन कल्पनाहरू गर्ने तथा महिलाहरू प्रति शत्रुताको भाव राख्ने गरेको पाइन्छ। तिनीहरूले आवेग, असामाजिक प्रवृत्ति, अतिरञ्जित पुरूषत्व, अवैयक्तिक यौनको प्राथमिकता, धेरै यौन साझेदारहरू र विरोधी लैङ्गिक मनोवृत्ति पनि प्रदर्शन गर्छन्। []

- दोषी ठहरिएका बलात्कारीहरूमाथीको अनुसन्धान: दोषी ठहरिएका बलात्कारीहरू प्रायः महिलाहरूप्रतिको क्रोध र उनीहरूलाई नियन्त्रण गर्ने वा उनीहरूमाथि हावी हुने चाहनाबाट प्रेरित हुन्छन्। उनीहरूले यौन दुर्व्यवहारका पीडितहरूप्रति कम सहानुभूति र गैर-अपराधीहरूको तुलनामा महिलाहरूप्रति बढी शत्रुता देखाउँछन्। उनीहरूले सामान्य परिस्थितिमा पनि जबरजस्ती बढी भन्दा बढी यौन उत्तेजना प्रदर्शन गर्छन्।[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Basile, Kathleen C.; Smith, Sharon G.; Breiding, Matthew J.; Black, Michele C.; Mahendra, Reshma (२०१४), [(https://www.cdc.gov/violenceprevention/pdf/sv_surveillance_definitionsl-2009-a.pdf) "Sexual Violence Surveillance: Uniform Definitions and Recommended Data Elements"], CDC, अन्तिम पहुँच नोभेम्बर १६, २०२३
  2. Postmus, Judy L. (२०१३), Postmus, Judy L., सम्पादक, Sexual Violence and Abuse: An Encyclopedia of Prevention, Impacts, and Recovery 1, Santa Barbara, CA: ABC-CLIO, पृ: 128, आइएसबिएन 978-1-59884-755-0
  3. Postmus, Judy L. (२०१३), Postmus, Judy L., सम्पादक, Sexual Violence and Abuse: An Encyclopedia of Prevention, Impacts, and Recovery 1, Santa Barbara, CA: ABC-CLIO, पृ: xxv, आइएसबिएन 978-1-59884-755-0
  4. Stemple, Lara; Meyer, Ilan H. (जुन २०१४), "The Sexual Victimization of Men in America: New Data Challenge Old Assumptions", \[\[American Journal of Public Health]] 104 (6): e19–e26, डिओआई:10.2105/AJPH.2014.301946, पिएमआइडी 24825225, पिएमसी 4062022
  5. Ward, C. A. (1995). Attitudes toward rape: Feminist and social psychological perspectives (Vol. 8). Sage.
  6. Heise L, 1995; WHO, 1997.
  7. Miczek KA et al., 1993; Grisso JA et al., 1999; Abby A et al., 1995; McDonald M, 1994; Young R et al., 2008.
  8. Felson & Tedeschi, 1994; McKibbin et al., 2008; Baxter DJ et al., 1986.
  9. Awasthi, 2017; Drieschner K & Lange, 1999; Dean KE & Malamuth NM, 1997; Ouimette PC & Riggs, 1998; Koss MP & Dinero TE, 1989; Malamuth NM, 1998; Crowell NA & Burgess AW, 1996; Lisak D & Roth, 1990.
  10. Lisak D & Roth, 1988; Marshall WL & Moulden H, 2001; McKibbin et al., 2008.

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]