रञ्जन घोष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रञ्जन घोष
सन् २०१४ मा घोष
जन्मकलकत्ता, भारत
पेशापटकथा लेखक / निर्देशक
कार्यकालसन् २०११ - हाल

रञ्जन घोष (बङ्गाली: রঞ্জন ঘোষ) भारतीय मुलका एक बङ्गाली चलचित्र निर्माता तथा निर्देशक हुन्।[१][२] घोषले सन् २०१४ मा आफ्नो निर्देशन कार्यकालको सुरुवात गरेका थिए जहाँ उनले हृद माझारे नामक एक चलचित्रमा निर्देशन गरेका थिए जसमा राइमा सेन र आबीर चटोपाद्यायलाई प्रमुख भूमिकामा देख्न सकिन्छ। [३][४]

विलियम शेक्सपियरका केही प्रतिष्ठित नाटकहरूबाट प्रेरित भएको यस चलचित्र बङ्गाली भाषामा पहिलो चलचित्र हो र सेक्सपियरको ४५०औँ जन्म वार्षिकोत्सवको अवसरमा प्रस्तुत गरिएको थियो। [५][६]

यस चलचित्रलाई सन् २०१५ मा न्यु योर्क विश्वविद्यालय टिस्च स्कूल अफ आर्ट्समा प्रदर्शित गरिएको थियो। [७] यस अघि सन् २०१४ मा यसले शेक्सपियर नाटकमा आधारित विश्व सिनेमाको सूचीमा फिल्म लण्डनबाट यसले स्तुति प्राप्त गरेको थियो। यस चलचित्रको अर्को प्रमुख उपलब्धिको रूपमा यस चलचित्रको पटकथा जादवपुर विश्वविद्यालयले सञ्चालन गरेको बङ्गाल परियोजनाको यूजीसी साहित्य अभिलेखमा पनि यो चलचित्र समावेश हुन पुगेको थियो।[८][९]

सन् २०११ मा पहिलो र एक मात्र पटकथा लेखक बन्नुबाट घोष प्रख्यात भएका थिए ‍भने प्रशंसित निर्देशक अपर्णा सेनले हाल सम्म उनको उत्कृष्ट निर्देशन तथा लेखन कार्यकालमा सहयोग गरिरहेकी छिन्।[१०] घोषले सन् २०११ मा सार्वजनिक गरिएको इति मृणालिनी नामक एक चलचित्रको पनि पटकथा लेखेका थिए।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

रञ्जन घोषको जन्म ८ जनवरी १९८३ का दिन भारतको पश्चिम बङ्गाल राज्यको कलकत्ता सहरमा भएको थियो। [११] पश्चिम बङ्गालको कलकत्तामा हुर्किएका रञ्जन कुमार घोषले सेन्ट जेभियर्स विद्यालय दुर्गापुर र बिसी शिक्षण संस्थामा प्रारम्भिक शिक्षा लिएका थिए। त्यसपछि उनी जादवपुर विश्वविद्यालयमा भौतिक विज्ञान अध्यन गर्नका लागि कलकत्ता गएका थिए। शीघ्रनै जहाज सम्बन्धित विषयमा अध्यन गर्नका लागि उच्च शिक्षा छाड्दै आफ्नो कार्यकालको सुरुवात गर्न चार वर्ष बिताएका थिए। घोषले मुम्बई विश्वविद्यालयबाट समुद्री विज्ञानमा स्नातकोत्तर हासिल गरेका थिए। सन् २००७ मा रञजनले उनको समुद्री विज्ञानको विषयको अध्यननलाई बिट मार्दै मुम्बईस्थित फिल्म स्कूल विसलिङ उड्न इन्टरनेसनलमा चलचित्र निर्माणको अध्ययन गर्न भर्ना भएका थिए जहाँ उनले सन् २००९ मा पटकथा लेखनमा प्रमुखको साथ स्नातक पूर्ण गरेका थिए।

कार्यकाल[सम्पादन गर्नुहोस्]

चलचित्र विद्यालयमा छँदा रञ्जनले सन् २००९ मा राष्ट्रिय चलचित्र पुरस्कार जित्न सफल अन्तहीन नामक एक चलचित्रको पठकथा लेख्नका सहयोग गरेका थिए।[१२] पछि उनले सोही चलचित्रको छायाङ्कनमा निर्देशक अनिरुद्ध राय चौधरीलाई सहयोग गरेका थिए। सन् २००९ मा स्नातक गरेपछि घोषले पटकथा लेखनको सुरुवात इति मृणालिनी नाम एक चलचित्रबाट गरेका थिए जुन चलचित्र अर्पणा सेनद्वारा निर्देशित थियो।[१३] घोषले सन् २०१४ मा आफ्नो निर्देशन कार्यकालको सुरुवात गरेका थिए जहाँ उनले हृद माझारे नामक एक चलचित्रमा निर्देशन गरेका थिए जसमा राइमा सेन र आबीर चटोपाद्यायलाई प्रमुख भूमिकामा देख्न सकिन्छ।[१४][१५] सन् २०१३ मा हृद माझारेले अण्डमान र निकोबार टापुमा करीव ३३ वर्ष पछि पहिलोपटक छायाङ्कन गरिएको पहिलो चलचित्र बन्दै नयाँ इतिहास बनाउन सफल भएको थियो भने पछिल्लो पटक सन् १९७९ मा भएको थियो जब अनुभवी चलचित्र निर्माता तपन सिन्हाले आंशिक रूपमा एक चलचित्रको छायाङ्कन गरेका थिए।[१६][१७][१८][१९]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Love, and jealousy, 450 years after the Bard - The Times of India" 
  2. "Many Bengali films are said to be inspired by Bard's works" 
  3. "Abir-Raima to pair up for the first time", Indiatimes, ४ फेब्रुअरी २०१३, अन्तिम पहुँच १६ जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण ७ डिसेम्बर २०१३ मिति
  4. "Celebrating Shakespeare in Style"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-२२ मिति
  5. "Hrid Majharey screened at NYU" 
  6. "NYU মাঝারে" 
  7. "Film London launches Shakespeare India" 
  8. "Hrid Majharey part of JU project"  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-०२ मिति
  9. "আর্কাইভে 'হৃদ্‌মাঝারে'" 
  10. "Script is King in any film", The Asian Age (via archive.org), मूलबाट ३ डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-११-१२ 
  11. "University of Mumbai: Alumni"  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-०४ मिति
  12. "There's no luck without hard work", dnaindia, अन्तिम पहुँच २०१०-०५-३१ 
  13. "Iti Mrinalini", IMDb, अन्तिम पहुँच २०११-०१-२३ 
  14. "Hrid Majharey (Bengali) / Dark but honest" 
  15. "Hrid Majhare (2014) - Cinema Forensic" 
  16. "Ranjan Ghosh to shoot in Andamans with Abir and Raima"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१२ मिति
  17. "Andaman album Hrid Majharey maker Ranjan Ghosh shares his andaman album with t2}" 
  18. "Actress Raima Sen in city :::: Shooting of Bengali Film ‘Hrid Majharay’ in AFC" 
  19. "I was awe-struck on visiting Cellular Jail: Abir" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]