रञ्जित गज्मेर
| रञ्जित गज्मेर | |
|---|---|
| व्यक्तिगत विवरण | |
| जन्म | ३ अक्टोबर १९४१ दार्जिलिङ, भारत |
| पेशा | सङ्गीत निर्देशक |
रञ्जित गज्मेर एक प्रसिद्ध नेपाली चलचित्र तथा बलिउड चलचित्रका सङ्गगीतकार हुन् ।
शुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]उनी अम्बर गुरुङको दार्जिलिङ, भारतमा स्थित आर्ट एकेडेमी अफ म्युजिकमा सङ्गीत अध्ययन गर्दथे।[१] उनका समकालिन गायकहरू गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, अरुणा लामा र जितेन्द्र बरदेवा हुन्। उनी सङ्गम क्लबका सदस्य हुन् तथा हिलीयन्स, दार्जिलिङको प्रथम पश्चिमी सङ्गीतिक ब्यान्डका ड्रमर थिए। सन् १९६६ मा उनी वीरगञ्ज गए जसमा उनका साथीमध्ये एक अनुराधा कोइराला थिइन् । सन् १९६७ मा उनी काठमाण्डौ प्रस्थान गरी रेडियो नेपालमा स्टुडियो सङ्गीतकार पनि बने। पछि उनी मुम्बई (बम्बई)मा सङ्गीतिक कार्यकाल बनाउन आरडी बर्मनकहाँ गए।[२]
सङ्गीत
[सम्पादन गर्नुहोस्]उनले आरडी बर्मनको विभिन्न हिन्दी गीतमा मादल बजाएका थिए । सन् १९८२ मा उनले आशा भोसलेको लागि नेपाली सङ्गीतको व्यवस्था मिलाइदिए । उनले विभिन्न नेपाली चलचित्रका गीतहरूमा सङ्गीत भरेका छन् । सम्झना, कुसुमे रुमाल, लाहुरे, साइनो, र दर्पण छायाँ मा उनले काम गरिसकेका छन् ।
साङ्गीतिक सङ्गालो
[सम्पादन गर्नुहोस्]| वर्ष | चलचित्र | कैफियत |
|---|---|---|
| १९८१ | बाँसुरी | |
| १९८३ | सम्झना | |
| १९८५ | कुसुमे रुमाल | |
| १९८५ | वासुदेव | |
| १९८७ | साइनो | |
| १९८९ | लाहुरे | |
| १९९१ | चिनो | |
| १९९१ | तृष्णा | |
| १९९२ | दुई थोपा आँसु | |
| १९९३ | कोसेले | |
| १९९४ | दक्षिणा | |
| १९९६ | देउता | |
| २००१ | दर्पण छायाँ | |
| २००२ | लहना | |
| २००७ | दुई किनारा |
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपाली मादल बजाउन अब्बल रञ्जित गज्मेर मुम्बईमा", द टेलिग्राफ, मे १४, २००७, अन्तिम पहुँच १९ जुलाई २०१२।
- ↑ "रञ्जित गज्मेर: उनको आमाको प्यारो छोरो", दार्जिलिङ टाइम्स, जुन ३०, २००९, अन्तिम पहुँच १९ जुलाई २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-१७ मिति