रणधीर सुब्बा
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
रणधीर सुब्बा (जन्म:बि.सं १९६५) गोरखा परिषदका अध्यक्ष र नेपालका पूर्वमन्त्री हुन्। यिनी सुवर्ण सम्शेरको अन्तरिम मन्त्रीमण्डल सरकारमा राष्ट्रवादी गोरखा परिषदको तर्फबाट शिक्षा, स्थानीय स्वायत्त शासन, स्वास्थ्य, कानुन, संसदीय प्रबन्ध, उद्योग र वाणिज्यमन्त्री भएका थिए।
२०१४ चैत ३ मा राजा महेन्द्रले नयाँ व्यवस्था अनुरूपको संविधान निर्माणका निम्ति एउटा संविधान मस्यौदा आयोग बनाएका थिए। आयोगको अध्यक्षमा भगवतीप्रसाद सिंह थिए भने सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट सूर्यप्रसाद उपाध्याय र होराप्रसाद जोशी, गोरखा दलबाट रणधीर सुब्बा र कानुनविद्का रूपमा रामराज पन्त नियुक्त भएका थिए ।
२०१५ सालको चुनाव[सम्पादन गर्नुहोस्]
२०१५ सालको चुनावमा गोरखा परिषदका अध्यक्ष रणधीर सुब्बा क्षेत्र नं २६ धनकुटाबाट पराजित भएका थिए।
२०१७ सालपछि[सम्पादन गर्नुहोस्]
२०१७ सालको राजनैतिक घटनापछि गोरखा परिषद नेपाली काँग्रेस मा विलय भयो। पछि उनी पञ्चायत समर्थक भए। उनले चीनको लागि नेपाली राजदूत र त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएर पनि काम गरेका थिए।
बि.सं. २०३९ भदौ १ मा नेपालको उच्च शिक्षा क्षेत्रमा देखिएका र भविष्यमा देखिन सक्ने समस्या र त्यसको निराकरण राजा बिरेन्द्र द्वारा गठन गरिएको शाही उच्च शिक्षा आयोगमा सुब्बा अध्यक्ष थिए।[१]
मृत्यु[सम्पादन गर्नुहोस्]
२०४९ सालमा ८४ वर्षको उमेरमा सुब्बाको निधन भएको थियो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]