रणध्वज लिम्बू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रणध्वज लिम्बू

हेटौडा नगरपालिका निवासी ५० वर्षीय रणध्वज लिम्बू नेकपा-एमालेका सभासद हुनुहुन्छ। प्रकृतिपूजक लिम्बूले विद्यार्थी राजनीति मार्फत २०३४ सालमा राजनीतिक यात्रा शुरु गर्नुभएको हो। यस क्रममा उहाँले २०३७ देखि २०४५ सालसम्म ९ वर्ष भूमिगत जीवन र २०३८ सालमा ८ महीना जेल जीवन बिताइसक्नुभएको छ। एमाले नारायणी अञ्चल कमिटी सचिव रहिसकेका लिम्बू हाल एमाले केन्द्रीय सदस्य हुनुहुन्छ। लामो राजनीतिक संघर्ष, लगनशीलता र पार्टीको नीतिले आफूलाई संविधानसभामा पुर्‍याएको उहाँको आकलन छ। त्रिभुवन विश्वविद्यालयबाट बि.एड. गरेका रणध्वज लिम्बूको रुचि अध्ययन र कविता लेखनमा रहेको छ। उहाँका लेख-रचना विभिन्न पत्र-पत्रिकामा प्रकाशित हुँदै आएका छन्। उहाँ एक छोरी, एक छोराका पिता हुनुहुन्छ। सबैको सहभागितामा बनेको संविधानले नै नयाँ नेपालको रूपरेखा कोर्ने कुरामा विश्वास राख्‍ने राईले संविधानसभामा उठाउने अठोट गरेका मुद्दाहरू हुन्- संविधान जनमुखी बनाउने, राज्यको पुनः संरचना सुनिश्चित ढंगले गर्ने र समावेशी संविधान निर्माण गर्ने।[१]

सन्दर्भ[सम्पादन गर्ने]