रणसिंहदल गण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

"बढाउनु नेपाली को सान "आदर्शवाक्य बोकेको यस गण विक्रम सम्वत१८६१ साल भदौ ४गते (इस्वी सम्वत१८०४ अगस्ट ) तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको राज्यकालमा "श्री रणसिंह कम्पनी को " को नाम मा खडा भएको थियो ।विक्रम सम्वत१९११-१९१२(इस्वी सम्वत१८५५-१८५६) मा भएको नेपाल तिब्बत युद्धमा भाग लिई यस पल्टनले बहादुरीका साथ लडाइ लडी विरता प्रदर्शन गरेको थियो। देशको तत्कालीन समय,परिस्थिति र अवस्थाले गर्दा श्री रणसिंहदल कम्पनी नेपाल तिब्बत युद्ध पश्चात् खारेजी परेको थियो। स्थापनापछि यो कम्पनी कुन कुन स्थानमा तैनाथ भयो यसको कुनैअभिलेख भेटिएको छैन ।"रणसिंहदल गण" नामाकरण गर्नुको अर्थ सबै सबल सक्षम र पुरुषार्थी जवानहरूसँगठित गरि रणसिंह अर्थात रण- युद्ध भुमि र सिंह -ख्याती कमाउन सक्ने पल्टन भन्ने इतिहासमा उल्लेख छ । विक्रम सम्वत२०३६ साल पुस १४ गते तत्कालीन राजा बिरेन्द्र वीर विक्रम शाह को पालामा वन्यजन्तु आरक्ष कोशी को नामबाट पनु:स्थापना भएको गुल्मलाई श्री रणसिंहदल गुल्म नामाकरण गरियो। विगत द्वन्द्व को त्रममा विक्रम सम्वत२०५९ कार्तिक १० गते (इस्वी सम्वत२००२ अक्टुवर २७) ओखलढुंगा को रुम्जाटार विमानस्थलमा तत्कालीन विद्रोहीहरुले गण(तत्कालीन गुल्म)को सुरक्षा सेमु माथी गरेको भीषण आक्रमणलाई बहादुरी पूर्व क प्रतिकार गरि विद्रोहीतर्फ ठूलो क्षति पुर्याउन सफल भएपश्चात तत्कालीन राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव को पालामा विक्रम सम्वत२०६० साल कार्तिक ३ गते (इस्वी सम्वत२००३ अक्टोबर २०) यस पल्टन गुल्मबाट रणसिंहदल गणमा परिणत भएको थियो ।

हालसम्म तैनाथ रहेका स्थान[सम्पादन गर्ने]

क्र.सं स्थान समय अवधि
इलाम २०३६पौष देखि २०४३ मङ्सिर सम्म
कोशी टप्पु वन्यजन्तु आरक्ष २०४३ मङ्सिर देखि २०४५ मङ्सिर सम्म
भोजपुर २०४५ मङ्सिर देखि २०४९ चैत्र सम्म
धनकुटा २०४९ चैत्र देखि २०५२ बैशाखसम्म
सिराहा २०५२ बैशाख देखि २०५४ चैत्र सम्म
सोलुखुम्बु २०५४ चैत्र देखि २०५६चैत्र सम्म
ओखलढुंगा २०५६ चैत्र देखि २०५९ फाल्गुण सम्म
खोटाङ २०५९ फाल्गुन देखि २०६० पौष सम्म
सप्तरी २०६० पौष देखि २०६१ पौष सम्म
१० सिराहा २०६१ पौष देखि २०६६ चैत्र सम्म
११ ललितपुर २०६६ चैत्र देखि हाल सम्म

गणका विरगती प्राप्त सैनिकहरु[सम्पादन गर्ने]

सि.नं. दर्जा नामथर विरगती प्राप्त मिति स्थान अपरेश्न कै
सह.से. दिनेश थापा क्षेत्रि २०५९/७/१० रुम्जाटार भिडन्त
जम. सर्वजित आले २०६२/४/५ गोबबजार सिराहा
हु. डम्बरबहादुर कार्की २०६१/६/२० रुपनी बजार सप्तरी
हु शम्बु के.सि. २०६१/१०/१३ बन्दिपुर भिडन्त सिराहा
प्युठ माधव मल्ल २०६२/१/२६ बनिपुर भिडन्त सिराहा
सि. सुर्य शेर्पा २०६२/१/२६ रुम्जाटार भिडन्त
सि. उत्त्म श्रेष्ठ २०५९/७/१० नुनथला माहुरे
सि. संजय सुवेदी २०६०/९/२१ नुनथला माहुरे
सि. विनोदकुमार अछामी मगर २०६०/९/२१ रुपनी बजार सप्तरी

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]