रत्नध्वज जोशी
वाग्मती अञ्चलको लिलतपुर जिल्लामा जन्मिएका रत्नध्वज जोशी (१९७३) मूलतः समालोचक हुन् । यिनी दोषद्रष्टाका रूपमा परिचित छन् । विशेष गरी यिनका समालोचनाहरू वर्णनात्मक र व्याख्यात्मक हुन्छन् । जोशीका समालोचनात्मक कृतिहरू यसप्रकार छन् :
- मानसालङ्कार (२००२)
- हाम्रो काव्यपरम्परा उसैको लागि (२०१९)
- आधुनिक नेपाली साहित्यको झलक (२०२१)
- साहित्यको अध्ययन (२०२३)
- सामान्य समीक्षा (२०२२)
- नेपाली कथाको कथा (२०२५)
- नेपाली नाटकको इतिहास (२०३६)
- ऋतुविचार र लेखनाथ (२०३६)
- साहित्य विमर्ष (२०४४)