रत्नवदेवी गुरुङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रत्‍नदेवी गुरुङ

नेपालमा विकास गर्न कम्युनिष्‍ट पार्टी नै चाहिन्छ भन्ने आफ्ना बुबा कृष्णबहादुर गुरुङको विचारबाट प्रभावित भई २०३६ सालदेखि राजनीतिमा लागेकी ४३ वर्षीया रत्‍नदेवी गुरुङ समानुपातिक तर्फ नेकपा―एमालेका सभासद हुनुहुन्छ। २०५१ सालदेखि एमाले काठमाडौँ जिल्ला सदस्य रहदै आएकी गुरुङ पार्टीको उपत्यका महिला विभाग सदस्य हुनुहुन्छ। सभासद गुरुङले अखिल नेपाल महिला सङ्घ काठमाडौँ अध्यक्ष, वागमती अञ्चल सदस्य र नेपाल लोकतान्त्रिक तमु संघको केन्द्रीय सदस्यको जिम्मेदारी समेत सम्हालिआउनुभएको छ। यसअघि कुनै पनि संसदीय निर्वाचनमा भाग नलिएकी गुरुङ पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा शाही कदम विरोधी आन्दोलनमा सक्रिय रहँदा हिरासतमा रहिसक्नुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातक रत्‍नदेवी गुरुङ २ छोरीकी आमा हुनुहुन्छ। उहाँको रुचि समाजसेवामा छ। महिला विकास नभई देश विकास हुन सक्दैन भन्ने धारण राख्‍ने गुरुङ पार्टीको नीति र आफ्नो क्रियाशीलताले आफू संविधानसभामा पुग्न सकेको आकलन गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ―�अवसरमा पछि पारिएका महिलाको विकासका लागि उनीहरूलाई पुरुष सरह अधिकार र अवसर दिनुपर्छ।� संविधानसभामा जातीय, वर्गीय समस्याको समाधान गर्ने र देशको सीमा अतिक्रमणका विरुद्ध कदम चाल्न आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गर्ने उहाँको अठोट छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]