रबिन्द्र प्रसाद अधिकारि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रबिन्द्र प्रसाद अधिकारी

कास्की, भरतपोखरीका रवीन्द्रप्रसाद अधिकारी संविधान सभामा नेकपा एमालेका सभासद हुनुहुन्छ। यसअघि कुनै पनि संसदीय निर्वाचनमा भाग नलिएका ३९ वर्षीय अधिकारी एमाले कास्की जिल्ला कमिटीका सचिव हुनुहुन्छ। हाल उनि नेकपा एमाले का केन्द्रिय सदस्य पनि हुन् . उनि कास्की ३ का सभासद पनि हुन् . २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश गरेका अधिकारी २०४६ सालदेखि विशेष सक्रिय रहँदै आउनु भएको छ। पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन बिताएका अधिकारी पछिल्लो पटक प्रतिगमन विरोधी आन्दोलनमा चार पटक पक्राउ परी हिरासतमा रहनुभएको थियो। पारस्ले प्रबिन् गुरुनको ह्तया गरेको बेला उनी चर्चा आये। उनी स्वबियुको सभापति पृथ्वी नारायण क्याम्पस तथा केन्द्रीय क्याम्पसको सभापति हुने एक्मार्त्र ब्याक्ति हुन्।( योगेश राजभण्डारी बिराद्नगरका अनुसार।) जनता सँगको निरन्तर सम्पर्क र निकटताका कारण पार्टीले आफूलाई संविधानसभामा पठाएको बताउने अधिकारी सबल, समृद्ध र समावेशी नेपाल बनाउने मुद्दालाई प्रमुखताका साथ उठाउने अठोट व्यक्त गर्नुहुन्छ। एक छोराका पिता उहाँको अध्ययन र समाजसेवामा विशेष रुचि छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएको छ। विभिन्न पत्रपत्रिकामा उहाँका लेखरचना प्रकशित हुँदै आएका छन्।[१] अनेराश्व्बीयुका नेता हुन्

सन्दर्भ[सम्पादन गर्ने]