रमेश खरेल
रमेश खरेल | |
---|---|
रमेश खरेल | |
जन्म | बलुवा काभ्रेपलान्चोक, नेपाल |
प्रहरी कार्यकाल | |
देश | नेपाल |
विभाग | नेपाल प्रहरी |
सेवा वर्ष | १९८८-२०१८ |
बरियता | डिआईजी नेपाल प्रहरी |
रमेश खरेल नेपाल प्रहरीका भूतपूर्व डिआईजी हुन् । उनी आफ्नो इमानदारी पुर्ण प्रहरी कार्यका कारण नेपाली जनताहरू माझ निकै लोकप्रिय रहेका छन्[१] । यसोत रमेश खरे नेपालको राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान समेत हुन् ।
कार्यकाल र उल्लेखनीय कामहरू
[सम्पादन गर्नुहोस्]रमेश खरेल आफ्नो काममा जति अनुशासित थिए, संगठनको आलोचनामा त्यत्ति नै 'अनुशासनहीन´ रह्का थिए, उनी संगठनको आलोचना रोक्न सक्दैनथे । यस्तै खरेल नगरकोटमा इन्स्पेक्टरको रूपमा स्थानीय प्रहरी कमाण्ड सम्हाले देखि आफ्नो इमानदारी र बहादुरी कार्यकै कारण चर्चामा आएका थिए ।
काठमाडौ एसएसपी
[सम्पादन गर्नुहोस्]खरेल काठमाडौंका एसपी हुँदाको नेपालीहरूलाई अवैध रूपमा प्रवेश गराउने क्यासिनो विरुद्ध उनले धावा नै बोलेका थिए[२] । त्यतिबेला उनको काम कारबाही देखि क्यासिनो मालिकहरु आतंकित थिए[३] । उनी काठमाडौंको एसएसपी हुदाँ हनुमान ढोकामा रहेको एसएसपीको कोठा सर्वसाधारणका लागि सधैँ खुल्ला रहने गर्दथ्यो । भ्याएसम्म सबै सर्वसाधारणको कुरा खरेल आफैँ सुन्ने गर्दथे, समस्या समाधानका लागि तुरुन्त पहल समेत गर्दथे[४] । त्यसैले हनुमान ढोका जानेहरूले राज्य आफ्नो समस्याप्रति संवेदनशील भएको महसुस गर्ने गरेका थिए[५] ।
चर्चा संगालो
[सम्पादन गर्नुहोस्]रमेश खरेलको कार्यबाट प्रभावित भएर एसपी खरेल नामक भोजपुरी चलचित्र निर्माण भएको थियो । यस चलचित्रमा रमेश खरेलको कामहरूको चर्चा गरिएको छ । यस्तै खरेलले राष्ट्रियता झल्काउने अनेकौँ नेपाली स्वदेशगानहरूमा अभिनय समेत गरेका छन् ।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Ramesh Kharel - New Kathmandu Police Chief", Kantipuronline.com, २०१४-०१-२८।
- ↑ "You searched for 4 SSPs transferred‚ Kharel brought to MPR Kathmandu", The Himalayan Times। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०२ मिति
- ↑ http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=69132
- ↑ "जनताले रुचाउने, प्रहरी सिस्टमले नरुचाउने रमेश खरेल", setopati.com। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१४ मिति
- ↑ http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=68875