रविन हुड

रविन हुड लोकगीतहरूमा चित्रण गरिएका अङ्ग्रेजी लोककथाका एक पौराणिक वीर विद्रोही पात्र हुन् जसलाई पछि साहित्य, नाटक तथा चलचित्रहरूको माध्यमबाट लोकप्रिय बनाइएको थियो।[१] लोककथा अनुसार, उनी अत्यन्त कुशल धनुर्धारी र तरवारबाज थिए।[२] कथाका केही संस्करणहरूमा उनलाई कुलीन वर्गको व्यक्तिको रूपमा देखाइन्छ जसले धर्मयुद्धबाट फर्केपछि आफ्नो जग्गा जमिन नटिङ्घममा शान्ति सुरक्षाको लागि खटिएका एक अधिकारी अन्यायपूर्वक कब्जा गरेको पाउँछन्। सबैभन्दा पुराना ज्ञात संस्करणहरूमा उनी एक साधारण किसान वा योमन वर्गका सदस्य थिए। उनले परम्परागत रूपमा लिङ्कन हरियो रङ्गको लुगा लगाउने गर्दथे।[३] रविन हुडको बारेमा पहिलो स्पष्ट सन्दर्भ सन् १३७० को दशकको कविता 'पियर्स प्लोम्यान' मा पाइन्छ। १५औँ शताब्दीको सुरुतिर उनको विषयमा विभिन्न भनाइ र लोकगीतहरू बनेका थिए। उनी मुख्य रूपमा 'धनीबाट लुटेर गरीबलाई दान दिने' पात्रको रूपमा परिचित र त्यससँग सम्बन्धित मान्यताहरूसँग सम्बन्धित छन्।[४]

कथाको पुनर्कथन, संशोधन र भिन्नताका माध्यमबाट, रविन हुडको रूपमा परिचित पात्रहरूको एउटा समूह सिर्जना गरिएको छ। यसमा उनकी प्रेमिका मिड मरियन, उनका डाकु साथी म्यारी मेन र उनका मुख्य विरोधी नोटिङ्ह्यामको शान्ति सुरक्षाको लागि खटिएका एक अधिकारी समावेश छन्। ती अधिकारीलाई प्रायः राजकुमार जोनलाई वैध र राजा रिचर्डको अनुपस्थितिमा उनको अधिकार हरण गर्न मद्दत गर्दै गर्दा चित्रित गरिएको देखाइन्छ जसप्रति रविन हुड निष्ठावान थिए। उनी मध्ययुगका पछिल्ला समयहरूमा लोकप्रिय व्यक्तित्व बनेर साधारण जनताको पक्षमा उभिँदै ती अधिकारीको विरोध गर्नुलाई उनको किंवदन्तीका प्रारम्भिक झलकहरू मध्ये एक मानिन्छ। उनी समावेश भएका सबैभन्दा प्रारम्भिक ज्ञात गाथाहरू १५औँ शताब्दी तिरका थिए भने पछिका वर्षहरूमा यी कथाहरूमा थुप्रै भिन्नता र रुपान्तरण गरिएको थियो। रविन हुडसँग सम्बन्धित लोककथाहरू साहित्य, चलचित्र र टेलिभिजन मार्फत व्यापक रूपमा प्रस्तुत हुँदै आएका छन् भने रविन हुडलाई अङ्ग्रेजी लोककथाका सबैभन्दा प्रसिद्ध कथाहरू मध्ये एक मानिन्छ।
लोकप्रिय संस्कृतिमा 'रविन हुड' शब्द प्रायः अत्याचारविरुद्धको वीर अपराधी वा विद्रोहीलाई वर्णन गर्न प्रयोग गरिन्छ। रविन हुडसँग सम्बन्धित कथाको उत्पत्ति साथै यससँग सम्बन्धित ऐतिहासिक सन्दर्भहरू शताब्दीयौँदेखि विवादको विषय बनिरहेका छन्। यस्तै नाम भएका ऐतिहासिक व्यक्तिहरू विभिन्न समयमा सन्दर्भित हुँदै आएका छन् जसलाई उनको अस्तित्वको सम्भावित प्रमाणको रूपमा प्रस्ताव गरिएको पाइन्छ भने यी सन्दर्भहरू १३औँ शताब्दीतिरका हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ J. C. Holt, Robin Hood, Thames and Hudson, 1989, pp. 184–185.
- ↑ Rouă, Victor (२० अप्रिल २०१७), "The Tale Of Robin Hood Of Sherwood Forest: Between Fact And Fiction", The Dockyards, अन्तिम पहुँच ४ जुन २०२१।
- ↑ The Child Ballads 117 "A Gest of Robyn Hode" (c 1450) "Whan they were clothed in Lincoln Green "
- ↑ Holt, p. 62.
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- रविन हुडसँग सम्बन्धित पुस्तक सूची
- रविन हुड – इन्टरनेट आर्काइभबाट
- "रविन हुड", स्टिफन नाइटसँग गरिएको एक संवाद, बीबीसी रेडियो (सन् २००३ अक्टोबर ३०)