सामग्रीमा जानुहोस्

रवीन्द्र जयन्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रवीन्द्र जयन्ती
कलकत्तामा आयोजित एक कार्यक्रम
वैकल्पिक नामपच्चीसे वैशाख
रवीन्द्र जन्मोत्सव
अनुयायीबङ्गाली जाति
प्रकारसांस्कृतिक
महत्त्वरवीन्द्रनाथ ठाकुरको जन्मदिन
परिपालनरवीन्द्र सङ्गीत, नृत्य, नाटक, समारोह सहित विविध सांस्कृतिक कार्यक्रमहरू
मिति२५ वैशाख (बङ्गाब्दो)
सम्बन्धितपोहेला वैशाख (शान्तिनिकेतन), बाइसे श्रावण

विश्वविख्यात कवि तथा गीतकार रवीन्द्रनाथ ठाकुरको जन्मदिनको अवसरमा वार्षिक रूपमा मनाइने रवीन्द्र जयन्ती एक सांस्कृतिक उत्सव हो। विश्वभर रहेका ठाकुर र उनका कृतिहरूलाई माया गर्ने मानिसहरूले रवीन्द्रनाथ ठाकुरको जन्मदिनको सम्झनामा यो उत्सव मनाउने प्रचलन रहेको छ। [] ठाकुरको जन्म बङ्गाली पात्रो अनुसार १२६८ सालको (बङ्गाब्दो) यही दिन (अर्थात् सन् १८६१ मे ७) मा भएको थियो। त्यसैले रवीन्द्र जयन्ती अप्रिल महिनाको सुरुमा अर्थात् बङ्गाली पात्रो अनुसार वैशाख महिनाको २५ औँ दिनमा मनाइन्छ। [][][][][][][]

रवीन्द्र जयन्तीको अवसरमा प्रत्येक वर्ष बङ्गाल क्षेत्रका अन्तर्गतका विभिन्न विद्यालय, कलेज तथा विश्वविद्यालयहरूले विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने गरेका छन्। कार्यक्रममा गीति (रवीन्द्र सङ्गीत) तथा नृत्य प्रस्तुति, कवितागोष्ठी र नाटक प्रदर्शनीहरूको आयोजन गरिन्छ। ठाकुरद्वारा लिखित र रचित कविता, गीत र नाटकको प्रस्तुति पनि हुन्छ। त्यसैगरी असङ्ख्य सांस्कृतिक कार्यक्रमहरू यस विशेष दिनमा आयोजना गरिन्छ। विदेशका विभिन्न समूहहरूले पनि विश्वभर ठाकुर र उनका कृतिहरूलाई श्रद्धा स्वरूप यो दिवस मनाउँछन्। ठाकुरको जन्मजयन्ती मुख्यतया पश्चिम बङ्गालको वीरभूमस्थित शान्तिनिकेतनमा मनाइन्छ। विश्वभारती विश्वविद्यालय ठाकुर आफैँले विद्यार्थी तथा समग्र समाजको सांस्कृतिक, सामाजिक र शैक्षिक उत्थानको लागि स्थापना गरेका थिए। त्यस विद्यालयमा यस दिन विशेष कार्यक्रमको आयोजना गरिन्छ। यस दिन रेडियो र टेलिभिजनले दिनभर विशेष कार्यक्रम प्रसारण गरिरहँदा पत्रपत्रिकामा यस अवसरमा विशेष अङ्क प्रकाशित हुन्छन्। ढाका र चट्टोग्राममा रवीन्द्रमेलाको पनि आयोजना गरिन्छ। अन्य कार्यक्रमगत गतिविधिहरूमा विद्यालय-कलेजका विद्यार्थीहरूबीच निबन्ध प्रतियोगिता, विभिन्न प्रदर्शनीको आयोजना, पुस्तक मेला, सङ्गीत र चित्रकला प्रतियोगिता आदि समावेश हुन्छन्। बङ्गाल क्षेत्रमा मात्र नभई यस दिन ठाकुरले दिएको साहित्यिक योगदान र उनका कृतिहरूलाई श्रद्धा दिनका लागि विदेशी समुदायद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने गरिएको छ।

रवीन्द्रनाथको जीवितकालमा पनि रविन्द्रजयन्ती मनाइन्थ्यो। यस दिनलाई भव्य रूपमा मनाउने क्रममा बङ्गाली समुदायले आफ्नो भाषा र साहित्य, शिक्षा र संस्कृति, मनोविज्ञान विकासमा रवीन्द्रनाथको महान योगदानप्रति ऋणी भएको स्वीकार गर्दछ। सन् २०११ मा भारत सरकारले रवीन्द्रनाथ ठाकुरको १५०औँ जन्मजयन्ती मनाउन पाँच रुपैयाँको सिक्का जारी गरेको थियो। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Bengal celebrates Rabindra Jayanti", Sify, ८ मे २०१२, मूलबाट १ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०२५
  2. Arathoon Anita (१ सेप्टेम्बर २००९), Introducing History And Civics 3, Pearson Education India, पृ: ५२, आइएसबिएन 978-81-317-3018-8
  3. "Rabindranath Tagore Jayanti 2022: Date, importance and significance of the day", The Indian Express (अङ्ग्रेजीमा), ८ मे २०२२, मूलबाट २०२२-०५-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-०७
  4. "Business Standard Mobile Offers When is Rabindranath Jayanti? -May 7", wap.business-standard.com (अङ्ग्रेजीमा), मूलबाट २०२२-०५-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-०७
  5. "When is Rabindranath Tagore Jayanti 2021?", India Today (अङ्ग्रेजीमा), मूलबाट २०२२-०५-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-०७
  6. "নোবেলজয়ীকে শ্রদ্ধার্ঘ্য 'দ্য নোবেল প্রাইজ'- এর! কবিগুরুর জন্মবার্ষিকীতে টুইট", Hindustantimes Bangla (बङ्गालीमा), २०२२-०५-०७, मूलबाट २०२२-०५-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-०७ अभिलेखिकरण २०२२-०५-०९ वेब्याक मेसिन
  7. "আজ পঁচিশে বৈশাখ", Prothomalo (बङ्गालीमा), मूलबाट २०२२-०५-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-०७
  8. "কবিগুরুর ১৬০তম জন্মজয়ন্তী আজ", Jugantor (अङ्ग्रेजीमा), मूलबाट २०२२-०५-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-०७
  9. 5 Rupees Coin of 2011 - 150 Birth Anniversary- Rabindranath Tagore, https://www.youtube.com/watch?v=jr5hokjmI2k अभिलेखिकरण २०१७-०४-०६ वेब्याक मेसिन