रवीन्द्र ढाँट
| रविन्द्र ढाँट | |
|---|---|
| जन्म | २०५५ मङ्सिर १४ (उमेर २७) बझाङ, नेपाल |
| उपनाम | बझाङको बाघ |
| राष्ट्रियता | नेपाली |
| उचाइ | ५ फिट ९ इन्च (१७५ सेमी) |
| तौल | १३५.५ पाउण्ड (६१.४६ केजी; ९ स्ट २.५ पाउण्ड) |
| वर्ग | ब्यान्टामवेट |
| शैली | मिश्रित मार्सल आर्ट्स |
| प्रशिक्षण केन्द्र / आधार | काठमाडौँ, नेपाल |
| टोली | लक एन रोल एमएमए (सन् २०२२–हालसम्म) सोमा फाइट क्लब (सन् २०२४–हालसम्म) |
| सक्रिय वर्षहरू | २०२१–हालसम्म |
| मिश्रित मार्सल आर्ट्स रेकर्ड | |
| जम्मा | १२ |
| जीत | ११ |
| नकआउटद्वारा | ८ |
| सब्मिसनद्वारा | १ |
| निर्णयद्वारा | २ |
| हार | १ |
| नकआउटद्वारा | ० |
| सब्मिसनद्वारा | ० |
| निर्णयद्वारा | १ |
| अन्य जानकारी | |
| पेशा | मिश्रित मार्सल खेलाडी |
| मिश्रित मार्सल आर्ट्स तथ्याङ्क सेरडगबाट | |
रविन्द्र ढाँट (जन्म: २०५५ मङ्सिर १४) एक नेपाली व्यावसायिक मिश्रित मार्सल खेलाडी हुन्। उनी अगस्ट २०२५ मा भएको एमएफएन १७ मा चुङ्ग्रेङ कोरेनलाई पराजित गर्दै म्याट्रिक्स फाइट नाइट ब्यान्टामवेट च्याम्पियनसिप जितेर व्यावसायिक एमएमए प्रवर्द्धनमा उपाधि जित्ने पहिलो नेपाली बनेका थिए। उनले त्यसपछि २०२६ मा रोड टु युएफसी सिजन ५ को क्वाटरफाइनलमा किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै रोड टु युएफसीमा अघि बढ्ने पहिलो नेपाली फाइटरको रूपमा पुन: इतिहास रचेका थिए। सेमिफाइनलमा ढाँटले न्युजिल्यान्डका कासिब मुर्डोचलाई स्प्लिट डिसिजन मार्फत पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेका थिए।
ढाँट हाल ब्यान्टामवेट डिभिजनमा प्रतिस्पर्धा गर्छन् र उनी आफ्नो प्रहार क्षमता तथा कराँते र ब्राजिली जिउ-जित्सुको पृष्ठभूमिको लागि चिनिन्छन्।[१]
प्रारम्भिक जीवन र पृष्ठभूमि
[सम्पादन]ढाँटको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लास्थित बित्थडचिर गाउँपालिकामा भएको थियो। उनले आफ्नो गाउँकै स्थानीय विद्यालयबाट १० कक्षासम्मको पठनपाठन पूरा गरेका थिए। १६ वर्षको उमेरमा उनी रोजगारीको खोजीमा भारतको पिथौरागढ गएका थिए र त्यहाँ ज्यालादारी मजदुरको रूपमा काम गरेका थिए। 'अन एयर विथ सञ्जय'लाई दिएको एक अन्तर्वार्तामा उनले दिनको ८ घण्टा काम गरेबापत करिब १.६ अमेरिकी डलर कमाउने गरेको र अत्यधिक शारीरिक श्रमका कारण आफ्नो ढाडको हड्डीसमेत दुखेर समस्या आएको बताएका थिए।[२] पछि उनी नयाँ दिल्ली गएका थिए, जहाँ उनले साना कार्यालयहरूमा सरसफाइ गर्ने र चिया पुर्याउने जस्ता काम गरेका थिए।[३]
दिल्लीमा बस्दा ढाँटले काममा जानुअघि बिहान सबेरै अभ्यास गर्दै कराँते सिक्न थालेका थिए। स्थानीय प्रशिक्षकको प्रेरणाबाट उनले सुरुमा यस खेलको बारेमा सीमित जानकारी भए पनि पछि मिश्रित मार्सल आर्ट्स तर्फ आफ्नो कदम बढाएका थिए।[४]
एमएफएन १७ र च्याम्पियनसिप प्राप्ति
[सम्पादन]२ अगस्ट २०२५ मा, ढाँटले भारतको ग्रेटर नोएडामा आयोजित एमएफएन १७ मा प्रतिस्पर्धा गरेका थिए। उनले ७–१ को रेकर्ड भएका द इन्डियन राइनो नामले चिनिने भारतीय फाइटर चुङ्ग्रेङ कोरेनको सामना गरेका थिए। ८–१ को रेकर्डका साथ मैदानमा उत्रिएका ढाँटले तेस्रो राउन्डमा नकआउट मार्फत जित हासिल गरेका थिए। यस जितसँगै उनी एमएफएन प्रवर्द्धनमा च्याम्पियनसिप उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका थिए।[५][६][७]
सम्मान र प्रभाव
[सम्पादन]आफ्नो एमएफएन उपाधि जितसँगै ढाँटले नेपाली आमजनता, सञ्चार माध्यमह र राजनीतिक नेतृत्वबाट व्यापक प्रशंसा प्राप्त गरे। कुनै पनि संस्थागत सहयोगबिना आफ्नो करियरको सुरुवात गरे तापनि उनको यो विजयलाई नेपालमा कम्ब्याट खेलकुदको क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा लिइएको छ। उनको उद्गमस्थल र आक्रामक लडाई शैलीका कारण उनलाई प्रायः बझाङको बाघ भनी सम्बोधन गरिन्छ।[८][९][१०]
ढाँटले मकाउको ग्यालेक्सी एरेनामा आयोजित रोड टु युएफसी सिजन ५ मार्फत आफ्नो डेब्यु गरेका थिए।[११][१२] उनले सुरुमा २८ मे २०२६ मा प्रतियोगिताको एपिसोड १ को दौरान म्याटी इआनसँग खेल्ने तालिका रहेको थियो।[१३] तथापि, घुँडाको चोटका कारण इआनले नाम फिर्ता लिए र उनको स्थानमा किम्बर्ट अलिन्टोजोनलाई ल्याइएको थियो।[१४] ढाँटले दोस्रो राउन्डमा प्राविधिक नकआउट मार्फत उक्त खेल जितेर प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका थिए।[१५][१६] सेमिफाइनलमा, ढाँटले न्युजिल्यान्डका कासिब मुर्डोचलाई विभाजित निर्णय मार्फत पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेका थिए।[१७][१८]
मिश्रित मार्सल आर्ट्स तथ्याङ्क
[सम्पादन]| १२ खेल | ११ जीत | १ हार |
| नकआउटद्वारा | ८ | ० |
| सब्मिसनद्वारा | १ | ० |
| निर्णयद्वारा | २ | १ |
| अयोग्यताद्वारा | ० | ० |
| अज्ञात | ० | ० |
| बराबर | ० | |
| नतिजाविहीन | ० | |
| नतिजा | रेकर्ड | प्रतिद्वन्द्वी | तरिका | प्रतियोगिता | मिति | चरण | समय | स्थान | टिप्पणी |
|---|---|---|---|---|---|---|---|---|---|
| जित | ११–१ | कासिब मुर्डोच | निर्णय (विभाजित) | रोड टु युएफसी सिजन ५: सेमिफाइनल | २८ अगस्ट २०२६ | ३ | ५:०० | साङ्घाई, चीन | रोड टु युएफसी सिजन ५ ब्यान्टामवेट प्रतियोगिता सेमिफाइनल। |
| जित | १०–१ | किम्बर्ट अलिन्टोजोन | प्राविधिक नकआउट (मुक्काहरू) | रोड टु युएफसी सिजन ५: पहिलो चरण – दिन १ | २८ मे २०२६ | २ | ४:३७ | मकाउ, चीन | रोड टु युएफसी सिजन ५ ब्यान्टामवेट प्रतियोगिता क्वाटरफाइनल। |
| जित | ९–१ | चुङ्ग्रेङ कोरेन | नकआउट (मुक्काहरू) | म्याट्रिक्स फाइट नाइट १७ | २ अगस्ट २०२५ | ३ | ०:५४ | ग्रेटर नोएडा, भारत | एमएफएन ब्यान्टामवेट च्याम्पियनसिप जितेको। |
| जित | ८–१ | इक्जियुबु | प्राविधिक नकआउट (मुक्काहरू) | ब्रेभ सीएफ ९३ | १८ अप्रिल २०२५ | १ | २:५६ | झेङझोउ, चीन | |
| जित | ७–१ | कोरे सुटक्लिफ | निर्णय (सर्वसम्मत) | नेपाल वारियर्स: फाइट नाइट ३ | २५ मे २०२४ | ३ | ५:०० | काठमाडौँ, नेपाल | |
| हार | ६–१ | इस्माइल खान | निर्णय (सर्वसम्मत) | वान फ्राइडे फाइट्स ४५ | १५ डिसेम्बर २०२३ | ३ | ५:०० | बैङ्कक, थाइल्याण्ड | |
| जित | ६–० | तोरेप्ची डोङ्गाक | प्राविधिक नकआउट (मुक्काहरू) | वान फ्राइडे फाइट्स ३३ | १५ सेप्टेम्बर २०२३ | ३ | १:५५ | बैङ्कक, थाइल्याण्ड | ब्यान्टामवेटमा पुनरागमन। |
| जित | ५–० | जेसन लिङ्गदोह | सबमिशन (रियर-नेकेड चोक) | नेपाल वारियर्स: फाइट नाइट १ | १६ जुन २०२३ | १ | १:२३ | काठमाडौँ, नेपाल | |
| जित | ४–० | रवि साव | प्राविधिक नकआउट (मुक्काहरू) | गोवा अल्फा इभेन्ट्स: गोवा कम्ब्याट २०२२ | २० अक्टोबर २०२२ | २ | ३:२४ | तालेइगाओ, भारत | |
| जित | ३–० | कृष्ण पयासी | प्राविधिक नकआउट (मुक्काहरू) | फाइट अफ नाइट्स २०२२ | २२ मे २०२२ | २ | २:०२ | निमच, भारत | फेदरवेटमा डेब्यु। |
| जित | २–० | रोहित पुण्डीर | प्राविधिक नकआउट (मुक्काहरू) | अल्टीमेट फाइटिङ लिग ३ | १५ डिसेम्बर २०१९ | १ | ४:०० | रामपुर, हिमाचल प्रदेश, भारत | फ्लाईवेटमा डेब्यु। |
| जित | १–० | प्रदीप सिंह | प्राविधिक नकआउट | होसाराफु एफसी ३२ | ५ मे २०१९ | २ | १:०४ | नयाँ दिल्ली, भारत | ब्यान्टामवेटमा डेब्यु। |
| स्रोत: सेरडग[१९] | |||||||||
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Rabindra Dhant makes history as first Nepali MFN champion", अनलाइन खबर (अङ्ग्रेजीमा), ३ अगस्ट २०२५, अन्तिम पहुँच ३ अगस्ट २०२५।
- ↑ (भिडियो समय: ३३:३३) सञ्जय सिलवाल गुप्ता, On Air With Sanjay #367 - Diwiz Piya Lama And Rabindra Dhant, अन्तिम पहुँच २०२६-०५-२८ – युट्युबद्वारा।
- ↑ "Fighting out of Nepal, aiming for global MMA stardom", अनलाइन खबर (अङ्ग्रेजीमा), २५ सेप्टेम्बर २०२३, अन्तिम पहुँच ३ अगस्ट २०२५।
- ↑ "Rabindra Dhant: An aspiring MMA fighter", द अन्नपूर्ण एक्सप्रेस (अङ्ग्रेजीमा), ४ मार्च २०२५, अन्तिम पहुँच ३ अगस्ट २०२५।
- ↑ "Rabindra Dhant Crowned MFN 17 Bantamweight Champion in Stunning Knockout Victory", रातोपाटी (अङ्ग्रेजीमा), ३ अगस्ट २०२५, अन्तिम पहुँच ३ अगस्ट २०२५।
- ↑ "भारतीय प्रतिद्वन्द्वी नकआउट गर्दै रविन्द्र ढाँट च्याम्पियन", सेतोपाटी (नेपालीमा), ३ अगस्ट २०२५, अन्तिम पहुँच ३ अगस्ट २०२५।
- ↑ "नेपालका रवीन्द्र ढाँट एमएफएन बान्टमवेट च्याम्पियन", कान्तिपुर (नेपालीमा), ३ अगस्ट २०२५, अन्तिम पहुँच ३ अगस्ट २०२५।
- ↑ "PM Oli congratulates Bantamweight Champion Rabindra Dhant", द राइजिङ नेपाल (अङ्ग्रेजीमा), ३ अगस्ट २०२५, अन्तिम पहुँच ३ अगस्ट २०२५।
- ↑ "नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाईः प्रधानमन्त्री ओली", नागरिक न्युज (नेपालीमा), ३ अगस्ट २०२५, अन्तिम पहुँच ३ अगस्ट २०२५।
- ↑ सिंह, वसन्त प्रताप (१० अगस्ट २०२५), "Rabindra Dhant shines on international MMA stage", द काठमाडौं पोस्ट, अन्तिम पहुँच १३ अगस्ट २०२५।
- ↑ "Nepal’s Rising MMA Force Rabindra Dhant Advances in Road to UFC Season 5", द बज नेपाल (अङ्ग्रेजीमा), १ अप्रिल २०२६, अन्तिम पहुँच ३ अप्रिल २०२६।
- ↑ टिमोथी ह्विटन (३१ मार्च २०२६), "Meng Bo, Machi Fukuda featured in stacked Road to UFC Season 5 brackets", लो किक एमएमए, अन्तिम पहुँच १ अप्रिल २०२६।
- ↑ "Road to UFC Season 5: Full Brackets Revealed for Asia-Pacific Tournament", lockerroom.in (अङ्ग्रेजीमा), ३१ मार्च २०२६, अन्तिम पहुँच १ अप्रिल २०२६।
- ↑ ग्लामर नेपाल (२०२६-०४-११), "Opponent change! Rabindra Dhant now faces Kimbert Alintozon after Matty Iann withdrawal", glamournepal.com, अन्तिम पहुँच २०२६-०४-१२।
- ↑ "Dhant enters semi-finals in UFC", द राइजिङ नेपाल, २८ मे २०२६, अन्तिम पहुँच २९ मे २०२६।
- ↑ पाण्डे, प्रणव (२८ मे २०२६), "Nepal's Rabindra Dhant Advances At Road To UFC Season 5 With Violent TKO Finish", लो किक एमएमए, अन्तिम पहुँच २९ मे २०२६।
- ↑ "Rabindra Dhant advances to Road to UFC final after split-decision win", अनलाइन खबर, २८ अगस्ट २०२६, अन्तिम पहुँच २९ अगस्ट २०२६।
- ↑ "Rabindra Dhant reaches Road to UFC season-5 final", द राइजिङ नेपाल, २८ अगस्ट २०२६, अन्तिम पहुँच २९ अगस्ट २०२६।
- ↑ "Rabindra Dhant", सेरडग, अन्तिम पहुँच २८ अगस्ट २०२६।