रसेल पिटर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रसेल पिटर्स
रसेल पिटर्स सन २००८ मा
जन्मRussell Dominic Peters
(1970-09-29) सेप्टेम्बर २९, १९७० (उमेर ५३)
Toronto, Ontario, Canada
प्रभावGeorge Carlin,[१] Steve Martin, Cheech & Chong,[२]
Don Rickles,[१] Eddie Murphy
जीवनसाथीMonica Diaz (2010–2012; divorced; 1 child)
हस्ताक्षर
वेबसाइटRussellPeters.com

रसेल डोनेनिक पिटर्स (जन्म सेप्टेम्बर २९, १९७०) एक भारतीय मुलका क्यानेडियन हास्य कलाकार तथा अभिनेता हुन् ।[३] उनले सन् १९८९ मा टोरन्टोबाट प्रदशन गर्न थाले र सन् २००८ मा उनले जेमिनी पुरस्कार जितेका थिए । उनी हाल लस एन्जलस बसोबास गर्दछन् ।[४]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

रसेल पिटर्सको जन्म एरिक र मौरीनको कोखबाट टोरन्टो, ओन्टारियोमा भएको थियो । उनी चार वर्षको हुँदा उनको परिवार ओन्टारियो को नजिकै शहर ब्राम्पटनमा बसाई सरेका थिए ।

पेशागत जीवन[सम्पादन गर्नुहोस्]

पिटर्सले आफ्नो अभिनय जीवनको शुरुवात सन् १९८९ मा टोरन्टोबाट गरेका हुन् ।[५] त्यस पछि उनले संयुक्त राज्य अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, चीन, हङकङ, सिंगापुर, डेनमार्क, दक्षिण अफ्रिका, भियतनाम, न्युजिल्यान्ड, सिङ्गापुर, फिलीपीन्स, श्रीलङ्का, भारत, संयुक्त अरब इमिरेट्स, जोर्डन, लेबनान, ट्रीनिडाड तथा अन्य देशहरूमा प्रदशन गरेका छन् । उनले चार पटक जेमिनी पुरस्कार,[६] को लागि नामांकित गरिएका थियो । उनलाई क्यानाडाई हास्य पुरस्कार समारोह मा सर्बश्रेष्ठ पुरूष हास्य कलाकारको लागि पनि नामांकित गरिएको थियो । १६ अगस्त २००६ मा उनको कमेडी स्पेशल Russell Peters: Outsourced कमेडी सेन्ट्रल मा प्रसारित भयो । डीभिडी संस्करणमा प्रदर्शन उपलब्ध थियो । डीभिडी विशेष रूपमा क्यानाडामा लोकप्रिय भयो र यसको १००,००० भन्दा धेरै प्रतिको बिक्रि भएको थियो । यो धेरै समयसम्म रही रह्यो । पिटर्सको DVD/CD कम्बो Russell Peters: Red, White, and Brown को मेडीसन स्क्वेयर गार्डन को WAMU थियेटर मा २ फरवरि २००८ मा रेकर्ड कायम गरेको थियो । पिटर्स तथा उनका भाइ स्वयमले रेड, व्हाइट र ब्राउन को निर्मत तथा लगानी गरेका थिए । यो समय पिटर्स CBC रेडियो ओन मा रेडियो सिचुएसन कमेडी शृङ्खला, मनसून हाउस को निर्माण तथा उसको अभिनय गर्दै छन् । जून २००८ तथा २००९ को बिच पीटर्सले $१० मिलियन कमाए, जसको श्रेय उनी बाह्र महिनाको दौरान सबैभन्दा बढी पारिश्रमिक पाउने हास्य कलाकार मध्ये एक भएका थिए ।[७]

उल्लेखनीय प्रदर्शन[सम्पादन गर्नुहोस्]

सन् २००७ मा, टोरन्टो एयर क्यानाडा केन्द्र एकल शो को लागि दुई दिनमा १६,००० भन्दा बढी टिकट बिक्री हुने पिटर्स पहिलो हास्य अभिनेता थियो । उहाँले दुई-दिन बिक्री अवधिमा ३०,००० भन्दा बढी टिकट राष्ट्रिय स्तरमा बिक्री गरी समाप्त गर्नुभयो। उहाँले सन् २००९ मा आफ्नो शो मा १६,००० भन्दा बढी टिकट बिक्री गर्दा उहाँले लन्डन ०२ एरिना मा एक बेलायत कमेडीमा बिक्री रेकर्ड भङ्ग गरेका थिए ।[८]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

शीर्षक वर्ष
"शो मी द फन्नी" १९९७
"कमेडी नाउ!" २००४
"लाइव इन न्यु योर्क" २००४
"आउटसोर्स्ड" २००६
"रसेल पिटर्स: Red, White, and Brown" २००८

[९]

पुरुस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

  • सन् १९९७ - "हास्य कार्यक्रम र शृङ्खला मा सर्वश्रेष्ठ व्यक्तिगत प्रदर्शन" को श्रेणी मा जेमिनी पुरस्कार को लागि नामांकन । यो टेलिभिजन शृङ्खला कमिक्स बाट, शो मी द फन्नी को लागि थियो। (1997)[१०]
  • सन् २००४ - आफ्नो कमेडी नामको लागि जेमिनी पुरस्कार को निम्ति नामांकन।
  • सन् २००८ - द जूनो को लागि जेमिनी पुरस्कार को लालागी नामांकित ।
  • सन् २००८ - 'विविध मनोरन्जन कार्यक्रम र शृङ्खला मा सर्वश्रेष्ठ प्रदर्शन' को लागि जेमिनी पुरस्कार विजेता ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Alan Cho, Gauntlet Entertainment (२००५-११-२४), "Gauntlet Entertainment — Comedy Preview: Russell Peters won't a hurt you real bad! - 2005-11-24", Gauntlet.ucalgary.ca, अन्तिम पहुँच २००९-०७-३० 
  2. "Said with a Punch", The Official Website of Russell Peters, २००६-१२-०१, अन्तिम पहुँच २०१२-११-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-१९ मिति
  3. "Russell Peters biography", Tribute, अन्तिम पहुँच १७ मे २०१५ 
  4. Hough, Robert (सेप्टेम्बर २००९), "Lighten Up", Toronto Life, अन्तिम पहुँच २९ जनवरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण २६ सेप्टेम्बर २००९ मिति
  5. name="http://www.imdb.com/name/nm0992289/bio"
  6. "Russell Peters ~ Booking, Tour dates and video Information"  वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-१० मिति क्यानाडाई टेलिभिजन पुरस्कार 'हेल्पम्यानेजमेन्ट सर्भिस'
  7. http://archive.is/20130104103600/http://www.forbes.com/2009/07/13/top-earning-comedians-business-entertainment-top-earning-comedians_slide_11.html
  8. "The Official Russell Peters Website, Hi-lites", russellpeters.com, अन्तिम पहुँच २०११-०८-०७  वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-२६ मिति
  9. "Russel Peters List of Films Produced (IMDB)" 
  10. "Russell Peters IMDB profile - awards", IMDB Profile - Awards 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]