सामग्रीमा जानुहोस्

राइनास नगरपालिका

निर्देशाङ्कहरू: २८°३०′N ८४°०८′E / 28.5°N 84.14°E / 28.5; 84.14
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राइनास नगरपालिका
राइनास नगरपालिका मा पर्दछ गण्डकी प्रदेश
राइनास नगरपालिका
गण्डकी प्रदेशको नक्सामा राइनास नगरपालिकाको अवस्थिति
राइनास नगरपालिका मा पर्दछ नेपाल
राइनास नगरपालिका
राइनास नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°३०′N ८४°०८′E / 28.5°N 84.14°E / 28.5; 84.14
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखखड्गबहादुर गुरुङ (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखपुष्‍पराज खनाल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा७१.९७ किमी (२७.७९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,४०२
 • घनत्व२४०/किमी (६३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५२
केन्द्रसाविक चक्रतीर्थ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राइनास नगरपालिका नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[][][] स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्यार्जुङमोहोरियाकोट गरि ६ गाउँ विकास समितिहरूलाई समेटेर राईनास नगरपालिका घोषणा गरेको थियो।[] राइनास नगरपालिकाको केन्द्र चक्रतीर्थ गाउँ विकास समितिको तिनपिप्ले बजारमा रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राइनास नगरपालिकाको कुल जनसङ्ख्या १७,४०२ रहेको छ भने यहाँ ४,९६१ घरधुरी रहेका छन्।[]

कृषिको दृष्टिकोणबाट राईनास नगरपालिका भित्र अत्यन्त उर्वर भूमिहरु छन् । सिंचाईको हिसाबले दुई ठुला रास्ट्रिय स्तरका योजनाहरु : राईनासटार सिंचाई योजना र पाङ्ग्रे-हर्राबोट सिंचाई योजना यसै नगरपालिका भित्र पर्दछन | दुवै योजनाहरूबाट गरी ११६० हेक्टर सिंचित भुमि र लगभग १५००० जनता लाभान्बित छन् | अरु साना ठुला कुलाहरूको माध्यमबाट धेरै जसो भूमिहरु सिंचित भुमि मै पर्दछन् । तार्कुघाटका फाँटहरु, राईनासटार, कैनिटार, तिनपिप्ले, अल्काटार, ढम्के, टिमुरे, टारी, खरखरे, रयले, ढाँड साथै आसपासका फाँटहरु व्यबसायिक खेतीका लागि उपयुक्त छन् । यति हुँदाहुँदै पनि स्थानीय कृषिमा यान्त्रिकीकरण तथा लामो समयदेखि व्यवसायिकरण हुन नसक्नुलाई ठुलो कमजोरी मान्नुपर्दछ । चेपे र मर्स्यांदी नदि आसपासका फाँटहरु अन्न र तरकारी वालीको लागि उपयुक्त छन् भने, माथिल्लो पहाडी भुमि फलफुल, जैविक तरकारी, जडीबुडी र पशुपालनको लागि उपयुक्त देखिन्छ | व्यवसायिक हिसाबले यान्त्रिकीकरण सहित कृषि तथा पशुपालनमा ध्यान दिने हो भने यो भू-भाग कृषिको उदाहरणीय केन्द्र बन्न सक्छ । विध्यमान कृषि निर्वाहमुखि भन्दा माथि उठ्न सकेको छैन र हालसम्म मानिसहरूको खाने वानीमा सुधार ल्याउन सकिएको छैन ।

ऐतिहासिक राईनासकोट, लिगलिगकोट यो क्षेत्रको गहना मान्नुपर्दछ । त्यसैगरि प्रख्यात धार्मिक स्थल दुधपोखरी जाने प्रमुख पदमार्ग यसै नगरपालिकामा पर्दछ । राइनास कोट, चेपेघाट, चक्रतिर्थ, बोक्सेरह, पन्थेडाँडा कालिका मन्दिर यहाँका महत्त्वपूर्ण धार्मिक स्थलहरु हुन् | नेपाल एकीकरणका सम्मानित पुरुष वीर भक्ति थापाको जन्मस्थल मोहोरियाकोट पनि ऐतिहासिक हिसाबले महत्त्वपूर्ण मानिन्छ । पदयात्रा, दृस्यावलोकन, ग्रामिण तथा सांस्कृतिक पर्यटन, कृषि पर्यटन, धार्मिक पर्यटनको लागि यो क्षेत्रले प्रचुर सम्भावना बोकेको छ | यसैगरी राईनासकोटबाट चेपेनदीको बगरसम्म प्याराग्लाइडिङ, रक क्लाइमीङ साथै साहसिक पर्यटनको लागि पनि उपयुक्त भू-भागहरु पर्दछन । काठमान्डौ, पोखरालुम्बिनीबाट समदुरीमा पर्ने यो ऐतिहासिक क्षेत्र जातीय र सांस्कृतिक सहिष्सुणताको हिसाबले पनि उदाहरणीय नै मान्नु पर्दछ । होमस्टे र दृस्यावलोकन एकैसाथ गर्न सकिने राईनास गाउँ, बोहोरा गाउँ जस्तै जातीय सांस्कृतिक पहिचान सहितका प्रसस्तै गाउँहरु यो नगरपालिका भित्र पर्दछन । चेपे र मर्स्यांदी नदिका किनारहरूलाई जल मनोरन्जनको दृष्टिले विकास गर्ने र समग्रमा यो क्षेत्रलाई रास्ट्रिय स्तरका पदमार्गहरूसँग जोडी पर्यटनको दिर्घकालिन विकाश गर्न सकिन्छ | यसको लागि स्थानीय स्तरमा बहसको सृजना गरी पर्यटन विकाशका साझेदारहरूलाई समाबेश गराउन सकिन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२ 
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२ 
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२० मिति
  6. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ असोज १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]