राखाइन राज्य
राखाइन राज्य, पूर्वमा चिन राज्य, मागावे क्षेत्र, बागो क्षेत्र र एयावाडी क्षेत्रसँग जोडिएको, पश्चिममा बङ्गालको खाडी र उत्तर-पश्चिममा बङ्गलादेशको चट्टोग्रामसँग सीमा जोडिएको म्यानमारको एउटा पश्चिमी राज्य हो। यस राज्यको भूभाग करिब ३६,७७८ वर्ग किलोमिटर छ र राजधानी सिट्टवे हो। राखाइन राज्यको उत्तर-दक्षिण दिशामा अर्जन पर्वत श्रृंखला रहेको छ। यहाँ राम्री, चेदुबा र म्यिङ्गुन जस्ता ठूलो आकारका केही टापुहरू पनि छन्। [१]
राखाइन राज्यको जनसंख्या २०१४ अनुसार करिब ३,१८८,८०७ रहेको छ र यहाँको जनसांख्यिक घनत्व ८६ व्यक्ती प्रति वर्ग किलोमिटर छ।

२०२५ को नोभेम्बर सम्म यो राज्यको ९० प्रतिशत क्षेत्र एराकान सशस्त्र सेनाको समूह को नियन्त्रणमा छ। राज्यका १७ वटा नगरपालिकामध्ये १४ वटा एराकान सेनाको प्रभाव क्षेत्रमा रहेको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]स्वतन्त्र राष्ट
[सम्पादन गर्नुहोस्]४०० ईस्वीको दशकमा तिब्बेत-बर्मेली जातिका प्यु र कान्यनहरू पश्चिमतिर सर्न थाले र वर्तमान राखाइन राज्यमा बसोबास गर्न थाले। ११०० ईस्वी सम्ममा उनीहरूले यो क्षेत्र नियन्त्रण गरे पनि पागन साम्राज्यको उपनिवेश बन्न पुगे। यी तिब्बेत-बर्मेलीहरू समय सँगै इन्डो-आर्यन सँग मिश्रित भएर आफ्नै सांस्कृतिक पहिचान बनाएको मानिन्छ।[२]
राखाइनको पहिलो राज्य धन्यावडीमा स्थापित भएको मानिन्छ। पुराना दस्तावेज अनुसार, महामुनी बुद्धको मूर्ति करिब ५५४ ईसा पूर्वमा यस राज्यमा बनाइएको थियो। धन्यावडीको पतनपछि शक्तिको केन्द्र वायथलीमा सारियो। वायथली राज्य चौथो शताब्दी देखि ८१८ ईस्वी सम्म सांस्कृतिक, वास्तुकला र बौद्ध धर्मको महत्वपूर्ण केन्द्र रह्यो। वायथली पछि लेम्रो राज्यको उदय भयो।
१४२९ मा मिन साव मोनले म्राउक यू राज्यको स्थापना गरेका थिए, र यो नै अन्तिम स्वतन्त्र राज्यको रूपमा मानिन्छ। यो समय राखाइनको "सुनौलो युग" मानिन्छ, किनभने यसले बंगालको खाडीमा व्यापारिक महत्व राख्थ्यो र समुद्री व्यापारमा संलग्न थियो। पोर्चुगलको सहयोगमा म्राउक यूले चित्तागोङलाई जितेका थिए। १८औं शताब्दीमा चित्तागोङ गुमाएपछि यो राज्यको ह्रास सुरु भयो।
बर्मेली अधिग्रहण
[सम्पादन गर्नुहोस्]१७८४ मा राखाइनका प्रतिनिधिहरूले आन्तरिक द्वन्द्वमा मद्दतको लागि कोंबाउङ राजवंशका राजा बोदावपयालाई सल्लाह मागे। राजा बोदावपयाको छोराले थाडो मिनसाउ नेतृत्वमा आक्रमण सुरु गर्यो र २ जनवरी १७८५ मा म्राउक यू राज्य बर्मी सेनाले जित्यो। रखाइनको अन्तिम राजा महा थम्माडालाई समातियो र उनका परिवार, मन्त्रीहरू र भिक्षुहरू अमरापुरामा पठाइए।
यस समयमा बुद्धको मूर्ति र अन्य धार्मिक तथा सांस्कृतिक सम्पत्ति बर्माले लग्यो। प्रारम्भमा राखाइनमा शान्ति हुने आशा भएपनि पनि चाँडै यो बर्मेली अधिग्रहणको रूप हुन गयो। यसले बर्मेली र भारतको ब्रिटिशसँग टकराव सुरु पनि गर्यो।
ब्रिटिश शासन
[सम्पादन गर्नुहोस्]१८२६ को यानडाबो सम्झौतासँगै, राखाइन ब्रिटिश भारतमा समाहित भयो। अकीब (हाल सिट्टवे) प्रशासनिक राजधानी बन्यो। राखाइनको तीन जिल्ला पारंपरिक म्राउक यू विभाजनअनुसार बनाइयो। ब्रिटिश शासनको समयमा भिक्षु यु ओट्टामा र यु सैन्डाको नेतृत्वमा धेरै स्थानीय विद्रोहहरू भए।
दोस्रो विश्वयुद्धमा राखाइन जापानी कब्जाको अधीनमा थियो र आक्रमणकारी सेनाको रूपमा एराकान डिफेन्स फोर्स गठन भएको थियो।
म्यानमार स्वतन्त्रता र २०१० पछि
[सम्पादन गर्नुहोस्]१९४८ मा राखाइन म्यानमारको एक भागको रूपमा रह्यो।[३]
२०१२ मा जातीय द्वन्द्वका कारण धेरै घरहरू जलाइए र करिब १ लाख मानिस विस्थापित भए। [४]
२०१६ देखि वर्तमानसम्म एराकान आर्मी र म्यानमार सेनाबीच द्वन्द्व जारी छ। २०२१ को फेब्रुअरीमा सैन्य कु पछिका संघर्ष तीव्र भयो र २०२५ सम्म एराकान आर्मीले राज्यको ठूलो भागमा नियन्त्रण कायम गरेको छ। [५]
जनसांख्यिकी
[सम्पादन गर्नुहोस्]राखाइन राज्यमा विविध जातीय समूहहरू बसोबास गर्छन्। २०१४ अनुसार कुल जनसंख्या ३,१८८,८०७ छ। मुख्य जातीय समूह राखाइन (६९.६%), विदेशी वा रोहिंग्या मुस्लिम (२५.९%), चिन (३.८%), बर्मेली (०.४%) र अन्य (०.३%) हुन्। राखाइन जाती प्राय समथल क्षेत्र र राम्री, मनाुङ टापुमा बसोबास गर्छन् भने अन्य जातीहरू पहाडी क्षेत्रमा बसोबास गर्छन्।[६]
धार्मिक हिसाबले राखाइन राज्यमा बौद्ध धर्मावलम्बी मुख्य छन्। बौद्ध भिक्षुहरूको संख्या १२,९४३ छ।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]राखाइन राज्य सात जिल्लामा विभाजित छ: मौङदाउ, सिट्टवे, म्राउक यू, क्याउकप्यु, एन, टाउङअप र थान्दवे। यी जिल्लाहरूमा कुल १७ सहर र १,१६४ गाउँ छन्। सिट्टवे राज्यको राजधानी हो।[७]
यातायात
[सम्पादन गर्नुहोस्]राखाइन राज्यमा सीमित सडक मार्गहरू छन्। अन्न–मिन्ब्या, टाउङअप–पामटाउङ र ग्वा–न्गाथैङचाउङ मुख्य मार्गहरू हुन्। [८]
हवाई यात्राको सन्द्रभमा, सिट्टवे, क्याउकप्यु, थान्दवे, एन र मनाुङमा विमानस्थलहरू छन्।
क्याउकप्युमा चीनको लगानीमा समुद्री बन्दरगाह निर्माण भएको छ।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यहाँ धान मुख्य कृषि उत्पादन हो, र नारीवल र निपा पाम खेती पनि महत्वपूर्ण छ। माछा उद्योग पनि ठूलै छ। पेट्रोलियम र प्राकृतिक ग्यास सम्भावना पनि रहेको छ।[९]
पर्यटन बिस्तारै विकास भइरहेको छ। म्राउक यूको प्राचीन राजकुलको भग्नावशेष र न्गापाली समुद्र तट प्रमुख आकर्षण हुन्।
ग्रामीण क्षेत्रमा बिजुलीको आपूर्ति सीमित छ। हालै तीन जलविद्युत् आयोजना थपिएका छन्।
राखाइन म्यानमारको एक गरीब राज्य हो। ६९ प्रतिशत जनसंख्या गरिबीमा छन्।
अन्तर्राष्ट्रिय रुचि
[सम्पादन गर्नुहोस्]चीनले राखाइनलाई रणनीतिक दृष्टिले महत्त्वपूर्ण मान्छ। बेल्ट एन्ड रोड परियोजना अनुसार, समुद्री बन्दरगाह, तेल र ग्यास पाइपलाइन निर्माण भएका छन्। [१०]
भारतले पनि कालादान मल्टिमोडल ट्रान्जिट प्रोजेक्ट र त्रिपक्षीय राजमार्गमा लगानी गरेको छ। [११]
बंगलादेशलाई राज्यसँगको सीमा र रोहिंग्या शरणार्थीको मुद्दामा चासो छ।[१२]
शिक्षा
[सम्पादन गर्नुहोस्]शिक्षा अवसरहरू मुख्य सहर बाहेक सीमित छन्। सिट्टवे विश्वविद्यालय राज्यको मुख्य विश्वविद्यालय हो। २०१३–१४ शैक्षिक वर्षमा राज्यमा प्राथमिक विद्यालय २५१५, माध्यमिक विद्यालय १३७ र उच्च विद्यालय ६९ थिए। शिक्षकको संख्या प्राथमिक ११,०४५, माध्यमिक २,९०९ र उच्च विद्यालयमा १,३३७ थिए।[१३]
स्वास्थ्य सेवा
[सम्पादन गर्नुहोस्]राखाइनमा स्वास्थ्य सेवा अत्यन्त सीमित छ। सार्वजनिक अस्पतालमा आधारभूत सुविधा र उपकरणको कमी छ। औषधि र उपचारको खर्च बिरामी आफैंले व्यहोर्नुपर्छ। राजधानी बाहेक ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा अझ कमजोर छ।[१४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Palma, Porimol (२०२४-१२-१३), "Arakan army in control of Rakhine: Govt mulling over new policy", The Daily Star (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०७-२४।
- ↑ Charney, Michael W. (२०२१-०८-३१), "Religion and Migration in Rakhine", Oxford Research Encyclopedia of Asian History (अङ्ग्रेजीमा) (Oxford University Press), आइएसबिएन 978-0-19-027772-7, डिओआई:10.1093/acrefore/9780190277727.013.414, मूलबाट ११ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०९-११।
- ↑ Mratt Kyaw Thu, "Rakhine State Chief Minister resigns", Mizzima, Mizzima News, मूलबाट २१ जुन २०१४-मा सङ्ग्रहित।
- ↑ "Opinion -What Does the Arakan Army Bring to Rakhine State?", The Irrawaddy, ११ जनवरी २०१९, मूलबाट २८ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जनवरी २०१९।
- ↑ Kyaw Hsan Hlaing (१३ नोभेम्बर २०२३), "Ceasefire Breach: Operation 1027 Shakes Western Myanmar", The Diplomat (en-USमा), अन्तिम पहुँच २०२५-०२-२८।
- ↑ "Rakhine people who speak Rang-bre Dialect", मूलबाट २७ अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुलाई २०१०।
- ↑ Myanmar Information Management Unit (MIMU), Myanmar States/Divisions & Townships Overview Map, मूलबाट ३ डिसेम्बर २०१०-मा सङ्ग्रहित।
- ↑ Myanmar's Net, Map of Rakhine State, मूलबाट २७ अप्रिल २०११-मा सङ्ग्रहित।
- ↑ "The flow of Rohingya refugees into Bangladesh shows no sign of abating", The Economist, १९ अक्टोबर २०१७, मूलबाट २४ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१७।
- ↑ "Myanmar's Special Economic Zones (SEZs)", BNG Legal, डिसेम्बर २०१४, अन्तिम पहुँच १ जुलाई २०१५।[स्थायी मृत कडी]
- ↑ "India starts construction of ₹1,600-cr Mizoram-Myanmar Kaladan road", Business Line, १७ अप्रिल २०१८।
- ↑ Aung Thura Ko (२०२५-०२-२०), "Arakan Army's triumph ripples through China, India, Bangladesh", Asia Times (en-USमा), अन्तिम पहुँच २०२५-०२-२६।
- ↑ "United Nations Statistic Department for data for Myanmar", Education Statistical Year Book, 2013_2014, मूलबाट ५ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०१५।
- ↑ Yasmin Anwar (२८ जुन २००७), "Burma junta faulted for rampant diseases", UC Berkeley News, मूलबाट २ जुलाई २०१२-मा सङ्ग्रहित।