राग को जाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 


राग विवरणमा अमुक राग अमुक जातिको भन्ने सुनिन्छ। "जाति"ले राग गाउदा आरोह तथा अवरोहमा प्रयोग गरिने स्वरको संख्या बोध गराउदछ। दामोदर पंडित द्वारा रचित संगीत दर्पण का अनुसार

ओडव: पंचभि:प्रोक्त: स्वरै: षडभिश्च षाडवा।

सम्पूर्ण सप्तभिर्ज्ञेय एवं रागास्त्रिधा मत: ॥

अर्थात,जुन रागमा ५ स्वर प्रयोग हुन्छ त्यो "ओडव जाति" ,६ स्वर प्रयोग भए "षाडव जाति" तथा ७ स्वर प्रयोग भए "सम्पूर्ण जाति" भनिन्छ। तर समय क्रम संगै आरोह तथा अवरोहमा शुद्द ५,६ वा ७ स्वर वाहेक मिश्रित आरोह तथा अवरोह भएका राग पनि समेटिन पुगे| त्यसैले राग का अन्य उपजाति देहाय अनुसार परिभाषित गरियो|

औडव-औडव- आरोहमा ५, अवरोहमा ५ स्वर औडव-षाडव- आरोहमा ५, अवरोहमा ६ स्वर औडव-सम्पूर्ण- आरोहमा ५, अवरोहमा ७ स्वर षाडव-षाडव- आरोहमा ६, अवरोहमा ६ स्वर षाडव-औडव - आरोहमा ६, अवरोहमा ५ स्वर षाडव-सम्पूर्ण- आरोहमा ६, अवरोहमा ७ स्वर सम्पूर्ण-सम्पूर्ण - आरोहमा ७, अवरोहमा ७ स्वर सम्पूर्ण-षाडव- आरोहमा ७, अवरोहमा ६ स्वर सम्पूर्ण-औडव- आरोहमा ७, अवरोहमा ५ स्वर