राग जौनपुरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ग ध नि स्वर कोमल रहोस,आरोहनमा ग हानि।

ध ग वादी-सम्वादी ले,जौनपुरीको पहचानि ॥

विद्वानहरू का अनुसार जौनपुर का सुल्तान हुसैन शर्की द्वारा यो रागको रचना भएकोले यहि नामले पुकारिएको हो| यसलाई पूर्ण रूपमा स्वीकार नगरे पनि संगीतग्यहरू यो रागको प्रसार प्रचारमा जौनपुर का सुल्तानको योगदान प्रति एक मत रहेका छन। यो राग आसावरी थाटबाट उत्पन्न भएको मानिछ| राग जौनपुरीमा गंधार, धैवत र् निषाद स्वर कोमल प्रयोग गरिन्छ। केही गायकहरू आरोहमा शुद्ध 'नि'को प्रयोग गर्ने गर्छन तर प्रचलित चाहि कोमल निषाद नै छ। जौनपुरीमा आरोहमा ग स्वर वर्ज्य छ अनि अवरोहमा सातै स्वरको प्रयोग हुन्छ| त्यसैले यो रागको जाति षाडव-सम्पूर्ण हो(आरोह-६, अवरोह-७ )| यसको वादी स्वर धैवत र सम्वादी स्वर गंधार हुन्छ। जौनपुरीको चलन(अलंकार) अधिकतर सप्तकको उत्तर अङ्ग तथा तार सप्तकमा हुन्छ |यो उत्तरांगवादी राग हो। यस्को गायन-वादनको समय दिनको दोस्रो प्रहर मानिन्छ। जौनपुरीको समप्रकृति राग आसावरी हो।

आसावरीको स्वर - सा,रे म प,ध_ प म प ग_s रे सा।

जौनपुरीको स्वर - सा,रे म प, ध_प म प ग_s रे म प।

जौनपुरीलाई आसावरी देखि भिन्न राख्न पटक पटक 'रे म प ' स्वरको प्रयोग गरिन्छ।

थाट - आसावरी

जाति -षाडव सम्पूर्ण हो(आरोह-६, अवरोह-७ )

वादी स्वर -धैवत

सम्वादी स्वर -गंधार

बर्जित स्वर-आरोहमा ग स्वर वर्ज्य

आरोह - सा रे म प ध_ नि_ सां।

अवरोह- सां नि_ ध_ प, म ग_ रे सा।

पकड- म प , नि_ ध_ म प ग_s रे म प।

हेर्नुहोस्[सम्पादन गर्ने]