राग दरबारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मूल नामः दरबारी कान्हडा

राग परिचय- प्राचीन संगीत ग्रन्थमा राग दरबारी -कान्हडाको लागि बिभिन्न नामको उल्लेख गरिएको छ। कतै कतै यसलाई कणार्ट, कणार्टकी ,कणार्ट गौड पनि भनिन्छ। वस्तुत: कन्हण शब्द कणार्ट शब्द कै अपभ्रन्श रूप हो। कान्हडाको अगाडि दरबारी शब्दको प्रयोग मुगल शासनको समय देखि प्रचलित भएको मानिन्छ| कान्हडाको कुल १८ प्रकार मानिएको छ- दरबारी,नायकी,हुसैनी,कौंसी,अडाना,शहाना,सूहा,सुघराई,बागे्श्री,काफी,गारा,जैजैवन्ती,टंकी,नागध्वनी,मुद्रिक,कोलाहल,मडग्ल र श्याम कान्हडा। यी मध्ये धेरै आजकल बिलकुल प्रचारमा छैन।

दरबारी -कान्हडा एक गम्भीर प्रकृतिको राग हो। विशेषता-यो राग आलापको योग्य छ| पूर्वांग-वादी राग हुना का कारण यसको विस्तार अधिकतर मध्य सप्तकमा हुन्छ। विलम्बित लयमा यसको गायन एकदम सुन्दर रहन्छ।

थाट-आसावरी

स्वर-गन्धार,निषाद र् धैवत कोमल । शेष शुद्ध स्वरको प्रयोग् ।

जाति-सम्पूर्ण षाडव (आरोह-७, अवरोह-६)

वादी स्वर-रिषभ(रे)

सम्वादी स्वर-पञ्चम(प)

समप्रकृति राग-अडाना

गायन समय-रात्रिको द्वितीय प्रहर

आरोह- सा रे ग_s म प ध_- नि_ सां,

अवरोह-सां, ध॒ , नि॒, प, म प, ग॒, म रे सा ।

पकड-ग॒ रे रे , सा, ध॒ नि॒ सा रे सा

हेर्नुहोस्[सम्पादन गर्ने]