राग देश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
  • थाट :खमाज
  • जाति:औडव-सम्पूर्ण
  • आरोहमा गंधार तथा धैवत स्वर वर्ज्य र अवरोहमा सातै स्वरको का प्रयोग हुन्छ।
  • वादी स्वर-रे तथा संवादी स्वर-प
  • गायन समय: रात्रिको दोस्रो प्रहर।

राग देश एक चंचल प्रकृतिको राग मानिएको छ । अत: यसमा अधिकतर छोटो ख्याल र ठुमरी गाईन्छ। आरोहमा शुद्ध नि र् अवरोहमा कोमल निको प्रयोग गरिन्छ (-म प नि सां,रें नि_ ध प ,ध म ग रे )| आरोहमा ग , ध स्वर वर्जित भएता पनि यदाकदा रागको सुंदरताको लागि ग अथवा धको प्रयोग मींड र द्रुत स्वरहरूको रूपमा गरिएको पाइन्छ |उदाहरणको लागि रेगम ग रे तथा प धनि ध प । यहाँ ध नि स्वरोंको माथि मीड चिन्ह लगाईन्छ। राग देश पूर्वांग प्रधान राग हो । यसमा ध म स्वरको संगती पटक पटक देखाईन्छ। राग देशसँग मिल्दो जुल्दो रागहरूमा सोरठ र तिलक कामोदलाईलिइन्छ ।

  • आरोह-( नि-मन्द्र) सा रे,म प,नि सां ।
  • अवरोह-सां नि_ध प ,ध म ग रे ,गऽ (नि-मन्द्र) सा ।
  • पकड- म प ध ऽ म ग रे,गऽ ( नि-मन्द्र) सा ।

हेर्नुहोस्[सम्पादन गर्ने]