राग मारू बिहाग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
  • थाट-कल्याण
  • गायन समय-रात्रिको द्वितीय प्रहर
  • जाति-ओडव-सम्पूर्ण (आरोहमा रे,ध स्वर वर्जित )
  • समप्रकृति राग -बिहाग,कल्याण र मार्ग बिहाग ।

विद्वानहरू माझ यस रागको वादी तथा संवादी स्वर बारेमा मतभेद रहेको छ|कोहि विद्वान मारू बिहागमा वादी स्वर-गंधार र संवादी निषादलाई मान्दछन भने यसको विपरीत अन्य संगीतज्ञ यसमा वादी स्वर पञ्चम र संवादी स्वर षडजलाई मान्दछन।प्रस्तुत रागमा दुवै प्रकार का मध्यम स्वरहरू ( शुद्ध म व तीव्र म )को प्रयोग भएको छ। बाकि सवै स्वर शुद्ध प्रयुक्त हुन्छ।

मारू बिहाग आधुनिक रागको श्रेणीमा आउछ। यसको रचयिता उस्ताद स्वर्गीय अल्लादिया खां साहब मानिएको छ|

मारू बिहागको आरोह,अवरोह र पकड-

  • आरोह-नि(मन्द्र) सा म ग,म(तीव्र)प,नि,सां ।
  • अवरोह-सां,नि ध प,म(तीव्र)ग,म(तीव्र)ग रे,सा ।

-पकड-प,म(तीव्र)ग,म(तीव्र)ग रे,सा,नि(मन्द्र)सा म ग,म(तीव्र)प,ग,म(तीव्र)ग,रे सा ।

हेर्नुहोस्[सम्पादन गर्ने]