राग हंसध्वनि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राग हंसध्वनि कनार्टक पद्धतिको राग हो ,तथापि आजकल उत्तर भारत लगायत अन्त पनि धेरै लोकप्रिय छ। यसको थाट संबन्धमा दुईटा मत छ| केही विद्वान यो राग बिलावल थाट त कोही कल्याण थाट जन्य मान्दछ्न। यो रागमा मध्यम तथा धैवत स्वर वर्जित छ ,अत: यसको जाति औडव-औडव(आरोह , अवरोह) मानिन्छ। सबै शुद्ध स्वरको प्रयोगको साथ साथ पञ्चम रिषभ,रिषभ निषाद एवम षडज पञ्चम स्वर संगति पटक पटक प्रयुक्त हुन्छ। यो रागको निकट रागमा राग-शंकराको नाम लिइन्छ |

गायन समय :रात्रिको द्वितीय प्रहर।

आरोह-सा रे,ग प नि सां

अवरोह-सां नि प ग रे,ग रे,नि (मन्द्र) प(मन्द्र) सा।

पकड-नि प ग रे,रे ग प रे सा

हेर्नुहोस्[सम्पादन गर्ने]