राजकुमारी मार्गरेट, स्नोडनकी काउन्टेस
| राजकुमारी मार्गरेट | |
|---|---|
| स्नोडनकी काउन्टेस | |
राजकुमारी मार्गरेटको औपचारिक तस्वीर, सन् १९५० | |
| जन्म | योर्ककी राजकुमारी मार्गरेट रोज २१ अगस्ट १९३० ग्लाम्ज दरबार, एङ्गस, स्कटल्यान्ड |
| मृत्यु | ९ फेब्रुअरी २००२ (उमेर ७१) राजा एडवर्ड सातौँको अस्पताल, लन्डन, इङ्ल्यान्ड |
| अन्त्येष्टि | १५ फेब्रुअरी २००२ |
| जीवनसाथी | |
| सन्तान | |
| घराना | विन्डसर घराना |
| बाबु | जर्ज छैटौँ |
| आमा | राजमाता रानी एलिजाबेथ |
| हस्ताक्षर | राजकुमारी मार्गरेटको हस्ताक्षर |
राजकुमारी मार्गरेट, स्नोडनकी काउन्टेस (मार्गरेट रोज; २१ अगस्ट १९३० – ९ फेब्रुअरी २००२), राजा जर्ज छैटौँ र राजमाता रानी एलिजाबेथकी कान्छी छोरी तथा रानी एलिजाबेथ द्वितीयकी एक मात्र सहोदर बहिनी थिइन्। उनका आमाबुबा योर्कका ड्युक र डचेस हुँदा जन्मिएकी उनी सन् १९३६ मा आफ्ना बुबाको राज्यारोहण आरोहणपछि बेलायती राजगद्दीको उत्तराधिकारीको दोस्रो स्थानमा रहेकी थिइन्। यद्यपि, उनकी दिदीका छोराछोरी र नातिनातिनाहरूको जन्मसँगै उत्तराधिकारको क्रममा उनको स्थान तल सर्दै गएको थियो।
मार्गरेटले आफ्नो बाल्यकालको धेरै समय परिवार र ठुली दिदीसँग बिताएकी थिइन्। दोस्रो विश्वयुद्धको समयमा, एलिजाबेथ र मार्गरेटलाई क्यानडा पठाउने सुझाव दिइएतापनि राजकुमारी विन्डसर दरबारमै बसेकी थिइन्। आधिकारिक कर्तव्यहरू निर्वाह गर्नका लागि निकै कम उमेरकी भएकाले, उनकी दिदीले सार्वजनिक जिम्मेवारीहरू सम्हाल्दै गर्दा उनले आफ्नो शिक्षालाई निरन्तरता दिएकी थिइन्। सन् १९५२ मा आफ्ना बुबाको मृत्यु र एलिजाबेथको राज्यरोहण मार्गरेटको जीवनको एक महत्वपूर्ण मोड बनेको थियो भने यस समयमा उनको सम्बन्ध अधिकारी पिटर टाउनसेन्डसँग सुरु भएको थियो।
आफ्नो मन मुग्ध पार्ने सौन्दर्य र सामाजिक जीवनका लागि प्रख्यात मार्गरेटले सन् १९५० को दशकमा टाउनसेन्डसँगको प्रेम सम्बन्धका कारण व्यापक चर्चा बटुलेकी थिइन् यद्यपि, सरकार र चर्चको दबाबका कारण उनले सो सम्बन्धलाई अन्त्य गरेकी थिइन्। सन् १९६० मा उनले फोटोग्राफर एन्टोनी आर्मस्ट्रङ जोन्स (पछिका स्नोडनका अर्ल) सँग विवाह गरेकी थिइन्। पछि उनीहरूबाट उनीहरूका दुई सन्तान, डेभिड र साराको जन्म भएको थियो। सन् १९७८ मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो। मार्गरेटको निजी जीवन, उनका कथित प्रेम सम्बन्धहरू र सामाजिक जीवन प्रायः सञ्चारमाध्यमको चासोको विषय बनिरहेको थियो।
उनको सम्बन्धविच्छेद र जीवनशैलीले विवाद निम्त्याउँदा उनी शाही आधुनिकता र काण्ड दुवैको प्रतीक बनेकी थिइन्। अत्यधिक धुम्रपान गर्ने भएकाले पछिल्ला वर्षहरूमा उनको स्वास्थ्य खस्कँदै गएको र सन् १९९८ देखि उनले पटकपटक मस्तिष्कघात भोग्नु परेको थियो। ७१ वर्षको उमेरमा, अर्को मस्तिष्कघातका कारण सन् २००२ मा उनको मृत्यु भएको थियो। उनलाई बेलायती राजपरिवारको सबैभन्दा तडटभड्कालु र विवादास्पद सदस्यहरूमध्ये एकको रूपमा सम्झिने गरिन्छ।
बिरामी र मृत्यु
[सम्पादन गर्नुहोस्]
मार्गरेटको पछिल्लो जीवन बिरामी र अशक्तताले भरिएको थियो।[१] उनले आफ्नो किशोरावस्थाको अन्त्यतिरबाट चुरोट पिउन सुरु गरेकी र त्यसपछिका धेरै वर्षसम्म अत्यधिक धुम्रपान जारी राखेकी थिइन्।[२][३] सन् १९७० को दशकमा, उनले मानसिक समस्या झेल्दै प्रायोरी अस्पतालका एक मनोरोग विशेषज्ञबाट डिप्रेसनको उपचार गराएकी थिइन्।[४] पछि, उनी माइग्रेन, ल्यारिन्जाइटिस र ब्रोन्काइटिस जस्ता रोगहरूबाट पीडित बनेकी थिइन्।[५] जनवरी १९८० मा, छालाको घाउ हटाउन द लन्डन क्लिनिक मा उनको शल्यक्रिया गरिएको थियो।[१] ५ जनवरी १९८५ मा, उनको देब्रे फोक्सोको केही भाग निकालिएको र यो शल्यक्रिया ३४ वर्ष अघि उनका बुबाको शल्यक्रियासँग मिल्दोजुल्दो थियो।[६] उनले सन् १९९१[७] वा जनवरी १९९३ मा धुम्रपान छाडेतापनि[३] कर्मचारीहरूले अझै पनि उनको कोठाबाट चुरोटको गन्ध आउने दाबी गरेका थिए भने[३] उनले अत्यधिक मद्यपान पनि गर्ने गरेकी थिइन्।[७]
जनवरी १९९३ मा, मार्गरेट न्युमोनियाका कारण अस्पताल भर्ना भएकी थिइन्। २३ फेब्रुअरी १९९८ मा मस्टिकस्थित आफ्नो बिदा मनाउने घरमा उनले सामान्य मस्तिष्कघातको अनुभव गरेकी थिइन्।[८] अर्को वर्षको सुरुमा, स्नानकोठामा भएको एक दुर्घटनामा उनको खुट्टामा तातो पानीले गम्भीर चोट पुग्दा थियो जसले उनको हिँडडुलमा असर पुर्याएको थियो। यसका कारण उनलाई हिँड्न सहारा चाहिने हुन थाल्यो र उनले कहिलेकाहीँ ह्विलचेयर पनि प्रयोग गर्ने गर्थिन्।[९] थप मस्तिष्कघात पछि खान मन नलाग्ने र निल्न समस्या भएका कारण १० जनवरी २००१ मा उनलाई अस्पताल भर्ना गरिएको थियो।[१०][११] मार्च २००१ सम्ममा, मस्तिष्कघातका कारण उनको दृष्टि आंशिक रूपमा गुम्दा देब्रेपट्टिको शरीर पक्षघातको सिकार बनेको थियो।[१२] मार्गरेटको अन्तिम सार्वजनिक उपस्थिति अगस्ट २००१ मा उनकी आमाको १०१औँ जन्मदिनको उत्सव र डिसेम्बरमा उनकी काकी राजकुमारी एलिसको १००औँ जन्मदिनको उत्सवमा भएको थियो।[१३]
मार्गरेटको मृत्यु ९ फेब्रुअरी २००२ का दिन बिहान ६:३० बजे लण्डनको राजा एडवर्ड सातौँको अस्पतामा ७१ वर्षको उमेरमा निद्रामै भएको थियो। यो उनका बुबाको मृत्युको ५०औँ स्मृतिदिवसको तीन दिन पछिको समय थियो। आफ्नो मृत्युको समयमा उनी राजगद्दीको उत्तराधिकारीको ११औँ स्थानमा थिइन्। अघिल्लो दिन उनलाई अर्को मस्तिष्कघात भएको थियो जसको लगत्तै हृदय सम्बन्धी समस्याहरू देखिएका थिए।[१४][१] राजकुमार चार्ल्सले एक टेलिभिजन प्रसारणमार्फत आफ्नी सानीमालाई श्रद्धाञ्जली अर्पण गरेका थिए।[१५][१६] बेलायती राजनीतिज्ञहरू र विदेशी नेताहरूले पनि आफ्नो समवेदना पठाएका थिए।[१७][१८] उनको मृत्युपछि सेन्ट मेरी म्याग्डलिन चर्च र ग्लोमिस दरबारमा निजी स्मृति सभाहरू आयोजना गरिएका थिए।[१९]
मार्गरेटको शवपेटिकालाई उनको व्यक्तिगत शाही झण्डाले ढाकिएको थियो र अन्त्येष्टि अघि केन्सिङ्टन राजदरबारको सेन्ट जेम्स दरबारमा लगिएको थियो।[२०] उनको अन्त्येष्टि १५ फेब्रुअरी २००२ मा भएको थियो जुन उनका बुबाको अन्त्येष्टिको ५०औँ स्मृतिदिवसको दिन थियो।[२१] उनको इच्छा अनुसार, परिवार र साथीहरूका लागि सेन्ट जर्ज च्यापल, विन्डसर राजदरबारमा एक निजी समारोह आयोजना गरियो।[२२] शाही परिवारका अन्य धेरै सदस्यहरू भन्दा फरक, उनको स्लौ दाहगृहमा अन्तिमसंस्कार गरिएको थियो।[२३] उनकी लेडी-इन-वेटिङ लेडी ग्लेनकोनरका अनुसार, मार्गरेटले फोर्गमोरमा रहेको शाही समाधिस्थललाई "धेरै उदास" मानेकी थिइन् र उनी आफ्ना बुबा समाधिस्थल रहेकै ठाउँमा रहन चाहन्थिन्।[२४] मार्गरेटको अस्तुलाई अस्थायी रूपमा सेन्ट जर्ज च्यापलको रोयल भल्टमा राखिएको थियो। सात हप्तापछि राजमाता रानी एलिजाबेथको मृत्यु र उनको अन्त्येष्टि पश्चात्, मार्गरेटको अस्तुलाई आफ्ना आमाबुबासँगै रहनका लागि राजा जर्ज छैटौँ स्मारक च्यापलमा समाधिस्थ गरिएको थियो।[२५][२१][२६] मार्गरेटको स्मृतिमा १९ अप्रिल २००२ मा वेस्टमिन्स्टर एबेमा एक धन्यवाद र स्मरण सभा आयोजना गरिएको थियो।[२७][२८] मार्गरेट र राजमाता दुवैको मृत्युको १०औँ स्मृतिदिवसको अवसरमा ३० मार्च २०१२ मा विन्डसर दरबारको सेन्ट जर्ज च्यापलमा एक स्मृति सभा आयोजना गरिएको थियो जहाँ रानी एलिजाबेथ द्वितीय र शाही परिवारका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।[२९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 "Princess's history of ill health", BBC, ९ फेब्रुअरी २००२, मूलबाट १ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मार्च २०१८।
- ↑ Heald, pp. 32–33
- 1 2 3 Archer, Peter (९ फेब्रुअरी २००२), "Smoking and heady lifestyle took its toll", The Independent, मूलबाट १७ मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मार्च २०२४, "Her addiction to strong Chesterfield cigarettes was rivalled only by her partiality to Famous Grouse whisky at home and gin in hot climates."
- ↑ Bates, Stephen (२९ मार्च २००१), "Princess Margaret resting after stroke", The Guardian, अन्तिम पहुँच १२ मार्च २०२१।
- ↑ "Princess Margaret – Her failing health", CBBC, ९ फेब्रुअरी २००२, मूलबाट २६ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २०२२।
- ↑ Warwick, p. 276
- 1 2 Heald, p. 256
- ↑ "A lifetime dogged by ill-health", The Guardian, ९ फेब्रुअरी २००२, मूलबाट १६ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मार्च २०१८।
- ↑ Warwick, pp. 290–291
- ↑ "Princess Margaret: The medical care", BBC, ११ जनवरी २००१, मूलबाट २ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०१८।
- ↑ "Charles visits Princess Margaret", BBC, १५ जनवरी २००१, मूलबाट ११ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०१८।
- ↑ Warwick, pp. 299–302
- ↑ Warwick, p. 303
- ↑ Warwick, p. 304
- ↑ "Heir to the throne on death of his aunt", AP Archive, YouTube, २४ जुलाई २०१५, मूलबाट ११ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मे २०१८।
- ↑ "Charles: My darling aunt", BBC, ९ फेब्रुअरी २००२, मूलबाट १६ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मे २०१८।
- ↑ "Blair's condolences for Royal Family", BBC, १० फेब्रुअरी २००२, मूलबाट १९ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अप्रिल २०२१।
- ↑ "World tributes to Princess Margaret", BBC, ९ फेब्रुअरी २००२, मूलबाट १८ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अप्रिल २०२१।
- ↑ "Prayers for Princess Margaret", BBC, १० फेब्रुअरी २००२, मूलबाट १८ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अप्रिल २०२१।
- ↑ "Princess to be cremated", BBC, १२ फेब्रुअरी २००२, मूलबाट १० डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१८।
- 1 2 "A break in Royal tradition", BBC, १५ फेब्रुअरी २००२, मूलबाट २२ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१८।
- ↑ Warwick, p. 306
- ↑ Davies, Caroline (१६ फेब्रुअरी २००२), "Bell tolls for Margaret's final journey", The Daily Telegraph, मूलबाट १० जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१८।
- ↑ "Margaret to be cremated because burial 'too gloomy'", The Scotsman, १३ फेब्रुअरी २००२, मूलबाट २१ अप्रिल २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०२४।
- ↑ Warwick, pp. 306–308
- ↑ "Margaret's ashes to be interred with Queen Mother's coffin", Irish Examiner, ३१ मार्च २००२, मूलबाट १५ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ सेप्टेम्बर २०२२।
- ↑ Heald, p. 295
- ↑ "A Service of Thanksgiving and Remembrance for Her Royal Highness The Princess Margaret, Countess of Snowdon CI GCVO 1930 – 2002", Westminster Abbey, १९ अप्रिल २००२, अन्तिम पहुँच ११ अगस्ट २०२५।
- ↑ "Tributes to Queen Mother and Princess Margaret at Windsor memorial", BBC, ३० मार्च २०१२, मूलबाट ३० मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मार्च २०२२।