राजीव गान्धीको हत्या
| राजीव गान्धीको हत्या | |
|---|---|
| श्रीलङ्काली गृहयुद्धको फैलावटको एक भाग | |
श्रीपेरुम्बुदुरस्थित राजीव गान्धी स्मारकमा रहेका सात स्तम्भहरूले विस्फोटनको भएको स्थललाई अङ्कित गर्दछ | |
| स्थान | श्रीपेरुम्बुदुरस्थित, तमिल नाडु, भारत |
| निर्देशाङ्क | १२°५७′३७″N ७९°५६′४३″E / 12.9602°N 79.9454°E |
| मिति | २१ मे १९९१ रातको १०:१० (भारतीय मानक समय) |
| लक्ष्य | राजीव गान्धी |
आक्रमणको प्रकार | आत्मघाती बम हमला |
| हतियारहरू | साइक्लोनाइट, विस्फोटक पेटी |
| मृत्यु | १६ (राजीव गान्धी सहित अन्य अपराधीहरू) |
| घाइते | ४३ |
| पीडितहरू | कम्तिमा अन्य ५७ जना मानिसहरू |
| अपराधी | कालयवानी राजरत्नम (सामान्यतया थेनमाझी राजरत्नम र धनु नामले परिचित)[१] |
| अभियुक्त | कालयवानी राजरत्नम |


भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या सन् १९९१ मे २१ का दिन तमिलनाडुको श्रीपेरुम्बुदुरमा भएको आत्मघाती बम आक्रमणद्वारा भएको थियो। गान्धी र हत्यारा बाहेक कम्तीमा १४ अन्य व्यक्तिहरूको पनि यस घटनामा मृत्यु भएको थियो।[२][३] यो घटना २२ वर्षीया कालयवानी राजरत्नमद्वारा (सामान्यतया थेनमाझी राजरत्नम र धनु नामले चिनिने) आत्मघाती बम हमला मार्फत गरिएको थियो जो प्रतिबन्धित श्रीलङ्काली तमिल पृथकतावादी सङ्गठन लिबरेसन टाइगर्स अफ तमिल इलमकी (लिट्टे) सदस्य थिइन्।[४][५] त्यस समयमा भारतले भारतीय शान्ति सेना मार्फत श्रीलङ्काली गृहयुद्धमा आफ्नो सहभागितालाई भर्खरै अन्त्य गरेको थियो।
गान्धीको हत्यापछि षड्यन्त्रसम्बन्धी अनुसन्धानलाई दुई आयोगहरूले सम्बोधन गरेका थिए जसकारण इन्द्र कुमार गुजरालको राष्ट्रिय सरकार ढलेको थियो।[६][७]
घटनाक्रम
[सम्पादन गर्नुहोस्]भारतीय राष्ट्रिय काङ्ग्रेस र यसका भातृ सङ्गठनहरूले सन् १९९१ को लोकसभा निर्वाचानमा चुनावी प्रचारप्रसार गर्ने क्रममा विभिन्न प्रचार अभियानहरू चलाएका थिए। २१ मे मा आन्ध्र प्रदेशको विशाखापट्टनममा चुनावी सभाको समापन पछि उनको अर्को गन्तव्य तमिल नाडुको श्रीपेरुम्बुदुर थियो।[८] साँझ ८:३० बजे मद्रास (हालको चेन्नई) पुगेको उनको टोली त्यहाँबाट हिन्दुस्तान एम्बासडर कारमा सवार भई वरिपरि सुरक्षा सहित श्रीपेरुम्बुदुर तर्फ लागेको थियो। मार्गमा केही अन्य चुनावी प्रचार स्थलहरूमा उनी उनीहरू रोकिएका थिए। कारको पछाडिको सिटमा स्थानीय उम्मेदवार मरागथम चन्द्रशेखरसहित दुबईको गल्फ न्युजकी नीना गोपाल पनि सवार थिइन्।[९]
गान्धी रातको लगभग १०:१० बजे श्रीपेरुम्बुदुरको चुनावी र्यालीमा पुगेका थिए। आफ्नो सवारीबाट बाहिर निस्किए सर्वप्रथम रातो कार्पेटको द्वार अगाडि रहेको आफ्नी आमा इन्दिरा गान्धीको मूर्तिमा माल्यार्पण गरी उनी मञ्च तर्फ अगाडि बढ्दै थिए जहाँबाट उनले जनतालाई सम्बोधन गर्ने तालिका थियो। रातो कार्फेटको दायाँ भागमा रहेका शुभचिन्तक, भारतीय राष्ट्रिय काङ्ग्रेसका कार्यकर्ता र विद्यालयका विद्यार्थीहरूले उनलाई माला लगाएर स्वागत गरे जसमध्ये हत्यारा कलायवानी राजरत्नम पनि समावेश थिइन्। राजरत्नमले गान्धीलाई नजिक आएर अभिवादन गरिन् र खुट्टा छुने निहु पारी निहुरिएर ठीक १०:२० बजे आफ्नो लुगा मुनि लुकाएर ल्याइएको विष्फोटकलाई विस्फोटन गराइन्।[१०] त्यस विष्फोटनमा गान्धी, राजरत्नम र अन्य १४ जनाको मृत्यु हुन पुग्यो भने यसकासाथै ४३ जना गम्भीर रूपमा घाइते भएका थिए। यस षड्यन्त्रमा सहभागी समेत रहेका हरिबाबु त्यहाँ एक स्थानीय फोटोग्राफरको रूपमा उपस्थित थिए भने गान्धीको अन्तिम क्षणहरू उनको क्यामेराबाट खिचिएको थियो। यस घटनामा हरिबाबुको पनि ज्यान गएको भएतापनि क्यामेरा भने सुरक्षित भेटिएको थियो।[११]
हताहत
[सम्पादन गर्नुहोस्]पूर्व प्रधानमन्त्री राजीव गान्धी र आत्माघाती बम हमला गर्ने कालयवानी राजरत्नम बाहेक, विस्फोटमा १५ जनाको मृत्यु भएको थियो।[१२][१३]
- धर्मन, प्रहरी जवान
- सन्थानी बेगम, महिला काङ्ग्रेसकी नेत्री
- राजागुु, प्रहरी जवान
- चन्द्रा, प्रहरी जवान
- एडवर्ड जोसेफ, प्रहरी निरीक्षक
- केएस मोहम्मद इकबाल, प्रहरी उपपरीक्षक
- लाथे केन्नन, महिला काङ्ग्रेसकी कार्यकर्ता, जो आफ्नी छोरी कोकिलासँग यहाँ उपस्थित थिइन्।[१४]
- कोकिला, लथे केन्ननकी दस वर्षकी छोरी जसले विस्फोट हुनुभन्दा केही बेर अघि गान्धीलाई कविता सुनाएकी थिइन्।
- डेरल जुड पिटर्स, उपस्थित दर्शक
- मुनुस्वामी, तमिलनाडु विधान परिषद्का पूर्व सदस्य
- सरोजा देवी, वर्ष वर्षीया कलेज विद्यार्थी
- प्रदीप के गुप्त, गान्धीका सुरक्षाकर्मी
- इथिराजु
- मुरुगन, प्रहरी जवान
- रविचन्द्रन, राष्ट्रिय सुरक्षा परिषद्का सेनापति
- हरिबाबु, कलायवानी राजरत्नमसँगको षड्यन्त्रमा सहभागी व्यक्ती
यस विस्फोटनमा प्रहरी उप-निरीक्षक अनुशिया डेजी सहित दर्शकको रूपमा रहेकम लगभग ४३ जना सर्वसाधारण नागरिक समेत गरि कुल ५९ जना हताहत भएका थिए।[१५]
मुद्दा
[सम्पादन गर्नुहोस्]राजीव गान्धी हत्याकाण्डको मुद्दा आतङ्कवादी तथा विध्वंसक गतिविधि रोकथाम ऐन (टाडा) अन्तर्गत सुरु भएको थियो। कानुन विशेषज्ञहरूलाई समेत स्तब्ध बनाउने गरी चेन्नईमा स्थापित विशेष टाडा अदालतले २६ जनालाई मृत्युदण्ड दिने निर्णय गर्दा यसले देशभर तनावपूर्ण माहोल सिर्जना गरेको थियो।[१६][१७] न्याय निष्पक्ष नभएको दाबी गर्दै मानवअधिकार सङ्गठनहरूले विरोध सुरु गरिरहँदा न्यायीक प्रक्रिया भने बन्द ढोका पछाडिको कक्षहरूमा सञ्चालन गरिएको थियो।[१८] साक्षिहरूको पहिचान गोप्य राख्नेगरी न्यायीक प्रक्रियाहरू सञ्चालित थिए भने आरोपी ए अथिराई पक्राउ परेका बेला मात्र सत्र वर्षकी थिइन्।[१९] टाडा ऐन अनुसार आरोपीहरूले सर्वोच्च अदालतमा मात्र पुनरावेदन गर्न सक्ने प्रावधान रहेको हुँदा उनीहरूलाई सामान्य कानूनअनुसार मद्रास उच्च अदालतमा पुनरावेदन गर्न अनुमति दिइएको थिएन।[२०] प्रहरी अधीक्षक समक्ष आरोपीहरूको स्वीकारोक्तिलाई टाडामा विपक्षी प्रमाणको रूपमा प्रयोग गरिएको थियो। टाडा अदालतमा प्रमाणको आधारमा मात्र आरोपीलाई दोषी ठहराउन सकिने हुँदा सामान्य अदालतमा भारतीय कानुन अनुसार पर्याप्त ठानिँदैन। राजीव गान्धी हत्याकाण्डमा आरोपीहरूको स्वीकारोक्तिलाई प्रमाण बताउन पेश गर्ने प्रयास गरिएको भएतापनि आरोपीहरूले स्वीकारोक्ति जबरजस्ती गराइएको हो भनी दावी गरेका थियो।[२१]
सर्वोच्च अदालतमा पुनरावेदन गर्दा ४ प्रतिवादीलाई मृत्युदण्डको सजाय सुनाइयो भने बाँकीलाई विभिन्न कारागारमा समयावधिका लागि सजाय सुनाइएको थियो। एस नलिनी श्रीहरण राजीव गान्धीको हत्या गर्न बनाइएको पाँच सदस्यीय टोलीमा बाँकी एकमात्र जीवित सदस्य हुन्। सन् १९९१ जुन १४ का दिन पक्राउ परेकी उनले अन्य २५ प्रतिवादीहरूसँगै मृत्युदण्डको सजाय पाएकी थिइन् भने ११ मे १९९९ का दिन अदालतले २५ मध्ये २१ जनालाई हटाई ४ जनालाई मृत्युदण्डको सजाय सुनाउँदा नलिनी पनि उक्त सजायको भागिदार बनेकी थिइन्। नलिनी, श्रीलङ्काली पृथकतावादी समूह लिट्टेका सदस्य मुुरुगन भनिने भि श्रीहरणकी श्रीमती थिइन् भने कारागारमा रहँदै गर्दा उनले छोरी हरित्रा मुरुगनलाई जन्माइकी थिइन्। सन् २००० मा गान्धीकी श्रीमती तथा काङ्ग्रेस अध्यक्ष सोनिया गान्धीको हस्तक्षेप पश्चात् नलिनीकी छोरीको हितका लागि उनी स्वयंमे क्षमादानको याचना गरेकी थिइन् जसकारण नलिनीको मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिवर्तन गरिएको थियो। नलिनीलाई १० सेप्टेम्बर १९९९ देखि मे २०१० सम्म 'क्लास ए' प्रतिवादीको रूपमा व्यवहार गरिएको थियो तर आकस्मिक निरीक्षणका क्रममा उनको कोठाबाट मोबाइल फोन फेला परेको आरोप पछि उनको विशेषाधिकार खोसिएको थियो। उनले पूर्व प्रधानमन्त्रीको हत्या प्रति पछुतो व्यक्त गर्दै वास्तविक षड्यन्त्रकारीहरू अझै पक्राउ नपरेको दावी गरेकी थिइन्।[२२][२३] जन्मकैद पाएका प्रतिवादीहरूले समेत कारावासको १४ वर्षपछि रिहाइ हुने अवसर प्राप्त गर्छन् भन्ने तर्क र आफू स्वयं २० वर्षभन्दा पनि बढी समय कारागारमा बिताइसकेको हुनाले नलिनीले सन् २०१० मा मद्रास उच्च अदालतमा रिहाइको माग गर्दै निवेदन दिएकी थिइन् भने उक्त निवेदनलाई मद्रास उच्च अदालतले अस्वीकार गरिदिएको थियो।[२४] सन् २०११ सेप्टेम्बर ७ का दिन नलिनीलाई कडा सुरक्षा बीच पुझलबाट भेल्लोर कारागारमा सारिएको थियो।[२५][२६][२७] सन् २०२२ मा भारतको सर्वोच्च अदालतले यस मुद्दामा आजीवन कारावासको सजाय भोगिरहेका नलिनी र आरपी रविचन्द्रनलगायत सबै दोषीलाई रिहा गर्न आदेश दिएको थियो भने योसँगै ३२ वर्षको लामो कारावास जीवन बिताएकी नलिनी पनि रिहा भएकी थिइन्। [२८][२९]
जैन आयोग र अन्य प्रतिवेदन
[सम्पादन गर्नुहोस्]जैन प्रतिवेदनले विभिन्न व्यक्ति र संस्थाहरूलाई राजीव गान्धीको हत्यामा संलग्न रहेको आशङ्का गरेको थियो जसमध्ये धर्मगुरु चन्द्रस्वामीले हत्याका लागि आर्थिक सहयोग प्रदान गरेको आरोप लगाइएको थियो।[३०][३१][३२] रङ्गनाथ नामक एक अभियुक्तले चन्द्रस्वामी हत्याको वित्त पोषण गर्ने प्रमुख व्यक्ति हुन् भनेका थिए।[३३] सन् १९९८ मा प्रकाशित एक पत्रिकाका जैन आयोगको अन्तरिम प्रतिवेदनले अप्रमाणित जानकारी उद्धृत गर्दै एउटा पत्रलाई उल्लेख गरेको थियो जसमा नेपालकी रानी ऐश्वर्य राज्यलक्ष्मी देवीले नेपालका राजा वीरेन्द्रका दरबारी सेनापतिलाई "श्री राजीव गान्धीको हत्याको व्यवस्था गर्न... (जसको लागि) १० करोड रुपैयाँ उपलब्ध गराइनेछ" भनी आग्रह गरेकी थिइन्।[३४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Kaarthikeyan, D. R. (२३ जुन २०१५), The Rajiv Gandhi Assassination: The Investigation, Sterling Publishers Pvt., आइएसबिएन 9788120793088।
- ↑ अभिलेखिकरण ३० सेप्टेम्बर २०१८ वेब्याक मेसिन
- ↑ "1991: Bomb kills India's former leader Rajiv Gandhi", BBC News, १९९१-०५-२१, मूलबाट २७ जुलाई २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०८-०५।
- ↑ Gopal, Neena (२०१६-०८-१६), The Assassination of Rajiv Gandhi (अङ्ग्रेजीमा), Penguin UK, आइएसबिएन 978-93-86057-68-6।
- ↑ "Lady With The Poison Flowers", www.outlookindia.com, ५ फेब्रुअरी २०२२, मूलबाट ११ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०१८।
- ↑ Cooper, Kenneth J. (२९ Nov १९९७), "Leader Of India Falls From Power", www.sun-sentinel.com, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ Aug २०१४। अभिलेखिकरण १४ जुलाई २०१४ वेब्याक मेसिन
- ↑ "TN to release all Rajiv convicts", मूलबाट २०१४-०३-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ Feb २०१४।
- ↑ Barbara Crossette, "Assassination in India; Rajiv Gandhi is assassinated in bombing at campaign stop" अभिलेखिकरण १३ जनवरी २०१७ वेब्याक मेसिन The New York Times, 22 May 1991.
- ↑ Barbara Crossette, "A Chance To Be Near The People New Campaigning Style Put Gandhi In Crowds" New York Times, 22 May 1991, via Orlando Sentinel. Retrieved 2010-07-19.
- ↑ "A look back at Rajiv Gandhi assassination: Rare images from the past", The New Indian Express, मूलबाट १४ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१९। अभिलेखिकरण १४ मे २०१९ वेब्याक मेसिन
- ↑ Supreme Court of India, State Of Tamil Nadu Through vs Nalini And 25 Others on 11 May 1999 अभिलेखिकरण १३ डिसेम्बर २०२० वेब्याक मेसिन
- ↑ "The others who died with Rajiv Gandhi: Families talk of struggle, neglect", The Indian Express (अङ्ग्रेजीमा), २०१६-०५-२२, मूलबाट २० नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-३०।
- ↑ Dutta, Prabhash K. (मे २१, २०१७), "Remembering Rajiv Gandhi: What exactly happened on that fateful night of May 21 in Madras and New Delhi", India Today (अङ्ग्रेजीमा), मूलबाट २१ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-३०।
- ↑ Gupta, Shekhar; Shetty, Kavitha; Viswanathan, Anand (जुन ३०, १९९१), "LTTE key suspect in Rajiv Gandhi assassination probe", India Today (अङ्ग्रेजीमा), मूलबाट २७ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०९-२७।
- ↑ Petlee, Peter (२०१२-०५-०१), "Women Power: Living with grit and painful memories", The Hindu (अङ्ग्रेजीमा), आइएसएसएन 0971-751X, मूलबाट १३ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-३०।
- ↑ "Rajiv Gandhi assassination case: tracing the trial", Ibnlive.in.com, मूलबाट २०१४-०२-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०८-०३। अभिलेखिकरण २०१४-०२-२५ वेब्याक मेसिन
- ↑ "Rajiv Gandhi assassination Timeline", Dailypioneer.com, २०१४-०२-२०, मूलबाट २४ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०८-०३।
- ↑ Bhavna Vij; Swati Chaturvedi (१९९८-०१-३०), "Legal luminaries divided on death verdict in Rajiv assassination case", The Indian Express, मूलबाट २७ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०८-३०।
- ↑ India: The Prevention of Terrorism Bill. Past abuses revisited | Amnesty International अभिलेखिकरण ३ डिसेम्बर २००६ वेब्याक मेसिन
- ↑ "Human Rights Bulletin on Srfati Lanka", Derechos.org, मूलबाट २४ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०८-०३।
- ↑ "In the Supreme Court of India Criminal Appellate Jurisdiction", cbi.nic.in, मूलबाट २००७-०१-२२-मा सङ्ग्रहित। अभिलेखिकरण २००७-०१-२२ वेब्याक मेसिन
- ↑ "I regret Rajiv Gandhi's assassination: Nalini", The Times of India, PTI, २००८-०८-०३, मूलबाट २०१३-०४-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०८-३०।
- ↑ "My sins washed away, says Nalini Sriharan", DNA India, IANS, २००८-०४-१६, मूलबाट ४ अप्रिल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०८-३०।
- ↑ "Nalini meets hubby on death row", The Times of India, TNN, २०११-०९-११, मूलबाट २०१३-०४-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०८-३०।
- ↑ "Rajiv Gandhi assassin Nalini Sriharan not to be freed", India Today, २०१०-०३-२९, मूलबाट ६ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०८-३०।
- ↑ "Rajiv Gandhi's assassin Nalini gets back 'A' class jail facilities", The Times of India, TNN, २०१२-०३-१६, मूलबाट २०१३-०२-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०८-३०।
- ↑ "Rajiv Gandhi's killer Nalini breaks down", NDTV, २०११-०९-०७, मूलबाट ३० अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०८-३०।
- ↑ "३० वर्षदेखि जेलमा रहेका राजीव गान्धीको हत्यारा रिहा" (नेपालीमा), बीबीसी नेपाली, १८ मे २०२२।
- ↑ "राजीव गान्धी हत्या : ३२ वर्षपछि जेलबाट बाहिर आएपछि नलिनीले के भनिन् ?" (नेपालीमा), रातोपाटी, २२ नोभेम्बर २०२२।
- ↑ outlookindia.com अभिलेखिकरण अक्टोबर १५, २००७ वेब्याक मेसिन
- ↑ "Probe Chandraswami's role in Rajiv case – Jain report", Expressindia.com, १९८७-०९-२३, मूलबाट ३ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०८-०३।
- ↑ "CBI sees godman's role in Rajiv's killing", www.deccanherald.com, मूलबाट २००४-१२-२८-मा सङ्ग्रहित।
- ↑ "Chandraswami had a hand in the plot", Expressindia.com, १९९९-०५-१४, मूलबाट १९ नोभेम्बर २००४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०८-०३।
- ↑ "Raw Wound", ३१ डिसेम्बर १९९७, मूलबाट ६ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुन २०२२।