राज एकान्त

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

राज एकान्त (अंग्रेजी : Raj Ekanta) एक कवि हुन् ।

राज एकान्त
जन्म २०४७।०१।१७
रोल्पा
राष्ट्रियता नेपालनेपाली
पेशा लेखन, सरकारी जागिर
प्रशिद्ध कार्य प्रेमालाप
धर्म मगरात
मातापिता

पुष्ट बहादुर घर्तीमगर

खिमा घर्तीमगर

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

  
"ढुंगाकाे निबन्ध"

भाईबहिनी हाे ।
ढुंगाहरु कहिल्यै ढुंगा हुदैनन्
काेमल हुन्छन्

हर साझ बिहान्
तिमीहरु संग गट्टा खेल्न अाउछन् ढुंगाहरु ।
तिमीहरु ढुलाेमा पर्याे कि भनेर
ढुंगाहरु पिर्का बन्न अाउछन् ।
घामले पाेल्ला की भनेर
पानीले भिजाउला कि भनेर
ढुंगाहरु अाेत बन्न अाउछन् ।

भाइबहिनी हाे !
ढुंगाहरु कहिल्यै ढुंगा हुदैनन्
दयालु हुन्छन् ।

हाम्राे लागि ढुंगाहरु
टुक्रिएर गिट्टी बनिदिन्छन्
बालुवा बनिदिन्छन्
यसरी ढुंगाहरु अामाकाे अाेखती बनिदिन्छन्
तिम्रा लागि कलम-कापी बनिदिन्छन्
चुलाेमा निभेकाे अागाेलाई बालीदिन्छन्
पेटमा बलेकाे अागाेलाई निभाईदिन्छन

बहुत सहयाेगी हुन्छन् ढुंगाहरु ।
भरिया दाईकाे बिसाैनी बनिदिन्छन्
हली दाईकाे अाेछ्यान बनिदिन्छन्
सिरानी बनिदिन्छन् ।

ढुंगाहरुलाई पनि देशकाे माया छ
ढुंगाहरु माटाे जाेगाई राख्छन् ।
देश छाेडेर कतै जादैनन् ढुंगाहरु
बरु, देश छाेडेर जान खाेज्ने नदिनालाहरुलाई
हाम्राे खेतबारी सम्म पठाईदिन्छन् ।

भाईबहिनी हाे !
ढुंगाहरु कहिल्यै बुढाे हुदैनन्
यिनै ढुंगाहरु हुन्
जाे नालापानीमा किल्ला बनेर उभ्भिए
देशकाे रक्षार्थ ढाल बनेर तेर्सिए
ढुंगाहरु देशभक्त हुन्छन् ।

ढुंगाहरु भ्रष्टाचार गर्दैनन्
ढुंगाहरु तस्करी गर्दैनन्
ढुंगाहरु ढुंगासंग मिलेर बस्छन्
गाेली चलाउदैनन् - ढुंगाहरु ।

ढुंगाहरु
शान्त हुन्छन ÷ बुद्ध हुन्छन्
यसकारण ढुंगाहरु
देवता हुन्छन् ।

बुवा पुष्ट बहादुर घर्ती मगर तथा अामा खिमा घर्तीमगरको कोखबाट बिक्रम संवत २०४७ साल बैशाख महिनाको १७ गते रोल्पा जिल्लाको जैमाकसला गाविस वडा नं. ८ जुवाङ (हाल : सुनछहारी गाउँपालिका वडा नं. -५) मा कवि राज एकान्त को जन्म एक सामान्य मगर परिवारमा भएको थियो ।[१]

साहित्यिक यात्रा [सम्पादन गर्ने]

प्रकाशित कृतिहरु[सम्पादन गर्ने]

संलग्नता[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

सन्दर्भ सूचीहरु:[सम्पादन गर्ने]

  1. समकालीन रोल्पाली मुक्तक
  2. रोल्पाली गजल र गजलकारहरु |रमेश सुवेदी।नयाँ युगबोध दैनिक

वाह्य लिंकहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]