राज काजी महर्जन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

एकिकृत नेकपा माओवादीको तर्फबाट संविधानसभाको चुनावमा ललितपुर -२बाट विजयी सभासद् राजकाजी महर्जन 'जीवन' २०४६ सालको जनआन्दोलनबाट प्रभावित भएर राजनीतिमा सक्रिय हुनुभएको हो। किशोर अवस्थामा पाटनको आन्दोलन देखेका महर्जन, जनताले चाहे जे पनि गर्न सकिन्छ भन्ने आत्मविश्वाससाथ वाम राजनीतिमा लागेको बताउनुहुन्छ। माओवादीका कम उमेरका सभासद्मध्येका एक महर्जन जनताले पार्टी प्रति गरेको विश्वास नै आफ्नो विजयको कारण ठान्नुहन्छ।

विद्यालय इकाईबाट राजनीति थालेका महर्जनले २०५२ सालमा माओवादी पार्टीको सदस्यता लिनुभएको थियो। २०५८ सालमा अखिल क्रान्तिकारीको ललितपुर अध्यक्ष भएका महर्जन २०५८ सालमा नै पार्टीको जिल्ला समितिको सदस्यमा पनि मनोनयन हुनुभयो। महजर्न अहिले माओवादीको नेवा राज्य समितिको सदस्य पन िहुनुहुन्छ।

ललितपुरको सुनाकोठी -३मा २०३४ साल असोज १६ गते निम्न मध्यमवर्गीय किसान परिवारमा जन्मेका महर्जनको बाबा बेखारत्न र आमा नानी महर्जन राजनीतिमा चासो नदिने किसान परिवारको हुनुहुछ। वाणिज्यशास्त्रमा स्नातक तहको अध्ययन गर्दागर्दै राजनीतिमा लागेपछि आफ्नो औपचारिक पढाइको क्रम रोकिएको महजर्ननले बताउनुयो। २०५८ साल माघ १८ गते राजधानीमा पक्राउ परेका महर्जन १८ महिना सदरखोरमा थुनिएर २६० सालमा रिहा हुनुभएको थियो।

फुर्सदको बेला अध्ययन र लेखन मन पराउने महर्जनका आफ्नो पार्टी निकटका पत्रिकाहरूमा धेरै लेखहरू प्रकाशित भएका छन्। संविधान सभामा जनजातिको हक अधिकार सहित सुरक्षितको युवा जगतलाई प्राथमिकता दिने सङ्घीयतामा आधारित गणतान्त्रिक संविधानको पक्षमा आवाज उठाउने महर्जनको कथन छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]