रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"रातो र चन्द्र सूर्य"
फत्तेमान राजभण्डारीको गीत
रेकर्ड२०३० साल
लम्बाई:१९
गीतकार(हरू)गोपाल प्रसाद रिमाल

रातो रगत र चन्द्र सुर्य गोपाल प्रसाद रिमालले रचेको चर्चित गित हो ।

तत्कालिन प्रधानसेनापती छत्रमानसिंह गुरुङको पालामा ‘रातो र चन्द्र सूर्य’ लाई सैनिक गीत बनाउने निर्णय सेनाले गरेको थियो । २०६७ साल साउन १४ मा भएको निर्णय अनुसार सेनाले अहिले आफ्नो प्रत्यक औपचारिक समारोह र उत्सवमा यो गीत बजाउने गरेको छ ।

नेपाली सेनाले ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ सैनिक गानका प्रमुख दुई श्रष्टालाई ‘मानार्थ महासेनानी’ को पद्वीले सम्मान गरेको थियो । महासेनानी सम्मान पाउनेमा सैनिक गानका रचनाकार स्वर्गिय गोपालप्रसाद रिमाल र संगितकार तथा गायक अम्बर गुरुङ छन् ।

शब्द[सम्पादन गर्नुहोस्]

रातो र चन्द्रसुर्जे, जङ्गी निशान हाम्रो।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो।।

हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै।
लत्रेन यो कहिल्यै, जङ्गी निशान हाम्रो।।
यो जन्मँदै जगत्मा कैयौँ प्रहार आए।
साम्राज्य दुई हारे, हारेन सान हाम्रो।।

जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन्।
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो।।
गाईसरि छन् साधु जोजो यहाँ जगत्‌मा।
सबको सरन बलियो, जङ्गी निशान हाम्रो।।


संगीत[सम्पादन गर्नुहोस्]

विश्लेषण[सम्पादन गर्नुहोस्]

प्रकाशन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]