राधा ज्ञवाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

राधा ज्ञवाली

एमाले संविधान मस्यौदा समिति सदस्य राधा ज्ञवाली समानुपातिकतर्फ सो पार्टीका सभासद हुनुहुन्छ। भारत, सिलाङमा जन्मिएकी ज्ञवालीले त्यहीबाट राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको छ। उहाँले राजनीति पनि सोही ठाउँबाट शुरु गर्नुभएको हो। ज्ञवाली भन्नुहुन्छ-"नेपालको एकतन्त्रात्मक शासन प्रणलीले गर्दा हामीले देश छोडेर प्रवासमा बस्नुपर्‍यो र त्यहाँ प्रवासी नेपालीको पीडा मैले गहिरोसाथ आत्मसात गरें। त्यसैले एकतन्त्रात्मक शासन प्रणाली समाप्त गर्न २०३२ सालदेखि राजनीतिमा होमिएँ।" राजनैतिक संघर्षका क्रममा विभिन्न समयमा गरी चार पटक जेल परेकी ज्ञवाली २०४२ सालमा लगातार सात महिना थुनामा रहनुभएको थियो। उहाँले २०३६ देखि २०३८ सम्म भूमिगत जीवन बिताउनुभएको थियो। हाल एमाले केन्द्रीय सदस्य र विदेश विभाग सदस्यको जिम्मेदारीमा रहेकी सभासद ज्ञवालीले अनेमसंघको महासचिव र जनकपुर अञ्चल एमाले सचिव(एमालेको एकमात्र अञ्चल सचिव)को कार्यभार समेत वहन गरिसक्नुभएको छ। उहाँ २०४८को संसदीय निर्वाचनमा रूपन्देही ४ बाट उम्मेदवार हुनुहुन्थ्यो। एक छोरीकी आमा ज्ञवालीको समाजसेवामा रुचि छ र उहाँ मानव अधिकार संरक्षण मञ्च तथा महिला सुरक्षा दबाब समूहसँग आवद्ध हुनुहुन्छ। संविधानसभामा पिछडिएको वर्ग, क्षेत्र र समुदायलाई राज्यको सबै तहमा प्रतिनिधित्व गराउने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गराउने मुद्दाहरू विशेष महत्वका साथ उठाउने उहाँको अठोट छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]