रानी कामिला
| कामिला | |||||
|---|---|---|---|---|---|
रानी कामिलाको औपचारिक तस्विर, सन् १०१९ | |||||
| संयुक्त अधिराज्यको रानी र अन्य राष्ट्रमण्डल क्षेत्रहरू[टिप्पणी १] | |||||
| पदावधि | ८ सेप्टेम्बर २०२२ – हालसम्म | ||||
| राज्याभिषेक | ६ मे २०२३ | ||||
| जन्म | कामिला रोजमेरी स्यान्ड १७ जुलाई १९४७ किङ्स कलेज अस्पताल, लन्डन, इङ्ल्यान्ड | ||||
| जीवनसाथीहरू | |||||
| सन्तान | |||||
| घराना | विन्डसर (विवाह मार्फत) | ||||
| बाबु | ब्रुस स्यान्ड | ||||
| आमा | रोजालिन्ड कुबिट | ||||
| हस्ताक्षर | कामिलाको हस्ताक्षर | ||||
| |||||
| संयुक्त अधिराज्य र अन्य राष्ट्रमण्डल क्षेत्रहरूको राजपरिवार |
|---|
|
|
कामिला (जन्म कामिला रोजमेरी स्यान्ड, पछि पार्कर बाउल्स, १७ जुलाई १९४७) राजा चार्ल्स तृतीयकी श्रीमतीको रूपमा संयुक्त अधिराज्यकी रानी र अन्य १४ राष्ट्रमण्डललीय क्षेत्रकी रानी हुन्।[टिप्पणी १]
कामिलाको बाल्यकाल इङ्ल्यान्डको इस्ट ससेक्स र साउथ केन्सिङ्टनमा बितको र र उनले इङ्ल्यान्ड, स्विट्जरल्यान्ड र फ्रान्स जस्ता देशहरूबाट शिक्षा हासिल गरेकी थिइन्। सन् १९७३ मा, उनले बेलायती सेनाका अधिकारी एन्ड्रयु पार्कर बाउल्ससँग विवाह गरेकी थिइन् भने उनीहरूको सन् १९९५ मा सम्बन्धविच्छेद भएको थियो। कामिला र चार्ल्स दुवैको पहिलो विवाह हुनु अघि र विवाहको समयमा पनि समय समयमा गोप्य सम्बन्ध रहेको थियो। उनीहरूको सम्बन्ध सञ्चारमाध्यममा धेरै चर्चाको विषय बनेपछि यो विश्वव्यापी निगरानीको विषय बनेको थियो। सन् २००५ मा, कामिला र चार्ल्सको विवाह विन्डसर गिल्डहलमा सम्पन्न भएको थियो भने यसपछि विन्डसर दरबारको सेन्ट जोर्ज च्यापलमा टेलिभिजन मार्फत एङ्ग्लिकन आशिर्वाद कार्यक्रम गरिएको थियो। उनीहरूको विवाहदेखि चार्ल्सको राज्यारोहणसम्म, उनलाई कर्नवालको डचेसको रूपमा चिनिन्थ्यो। ८ सेप्टेम्बर २०२२ मा, उनकी सासू रानी एलिजाबेथ द्वितीयको मृत्यु पछि चार्ल्स राजा र कामिला रानी बनेका थिए। चार्ल्स र कामिलाको राज्याभिषेक सन् २०२३ मे ६ का दिन वेस्टमिन्स्टर एबेमा सम्पन्न भएको थियो।
कामिलाले राजाको प्रतिनिधित्व गर्दै सार्वजनिक कार्यक्रमहरूमा भाग लिने गर्छिन् र उनी धेरै परोपकारी संस्थाहरूको संरक्षक पनि हुन्। सन् १९९४ देखि, उनले ओस्टियोपोरोसिस (हड्डी खिइने रोग) सम्बन्धि सचेतना जगाउन अभियान चलाउँदै आएकी छिन् जसका लागि उनले धेरै सम्मान र पुरस्कारहरू प्राप्त गरेकी छिन्। उनले बलात्कार, यौन दुर्व्यवहार, निरक्षरता, पशु कल्याण र गरिबी जस्ता मुद्दाहरूमा पनि सचेतना जगाउन अभियान चलाएकी छिन्।
रानीको रूपमा
[सम्पादन गर्नुहोस्]
एलिजाबेथ द्वितीयको मृत्यु पश्चात् एलिजाबेथका छोरा चार्ल्स तृतीयको रूपमा राज्यारोहण गरेपछि कामिला सन् २०२२ सेप्टेम्बर ८ का दिन रानी बनेकी थिइन्।[१] राष्ट्रका नाममा आफ्नो पहिलो सम्बोधनमा, चार्ल्सले कामिलाको "मायालु सहयोग र कर्तव्यप्रतिको अटल समर्पण" को लागि आफ्नी "प्रिय पत्नी" लाई सत्कार गरेका थिए।[२][३] १० सेप्टेम्बरमा, उनी एक्सेसन काउन्सिल मा सहभागी भइन् जहाँ चार्ल्सलाई औपचारिक रूपमा राजा घोषित गरिएको र उनले आफ्ना सौतेनी छोरा विलियमसँगै साक्षीको रूपमा सेवा गरेकी थिइन्।[४]
राज्यारोहण पश्चात्, कामिलाले परम्परागत लेडी-इन-वेटिङको भूमिकालाई हटाएर नयाँ रानीको सहयोगीको भूमिका सुरु गर्ने घोषणा गरेकी थिइन्। यो भूमिका तुलनात्मक रूपमा कम औपचारिक र कहिलेकाहीँ मात्र आवश्यक पर्ने खालको हुनेछ, जसमा उनीहरूले रानीलाई आधिकारिक कार्यक्रमहरूमा सहयोग गर्नेछन् तर पत्रहरूको जवाफ दिने वा दैनिक योजना बनाउने कार्यमा संलग्न हुने छैनन्।[५] उनले यस भूमिकाका लागि मार्चियोनेस अफ ल्यान्सडाउन, ब्यारोनेस चिजोम अफ आउलपेन, जेन भोन वेनस्टेनहोल्ज, लेडी सारा केस्विक, लेडी ब्रुक र सारा ट्राउटनलाई नियुक्त गरेकी थिइन्।[६]
सन् २०२३ फेब्रुअरी १३ का दिन बकिङ्घम राजदरबारले कामिलामा कोभिड-१९ संक्रमण पुष्टि भएको घोषणा गरेको थियो जसकारण उनले आफ्ना धेरै सार्वजनिक कार्यक्रमहरू स्थगित गर्नुपरेको थियो।[७]
कामिलाको राज्याभिषेक ६ मे २०२३ मा लन्डनको वेस्टमिन्स्टर एबेमा चार्ल्ससँगै भएको थियो।[८] १६ जुन २०२३ मा, बकिङ्घम राजदरबारले राजाले रानीलाई अर्डर अफ द थिसलमा नियुक्त गरेको घोषणा गरेको थियो।[९] ५ जुलाईमा, उनी चार्ल्ससँगै सेन्ट जाइल्स क्याथिड्रलमा आयोजितराष्ट्रिय धन्यवाद सेवामा सहभागी भएकी थिइन् जहाँ उनलाई स्कटल्यान्डको सम्मान अर्पण गरिएको थियो।[१०] सोही महिनामा, अघिल्ला शाही राजकुमार फिलिपको विपरीत, रानी कामिलाले संसदीय नियमित भत्ता प्राप्त नगर्ने र उनका गतिविधिहरू यसको सट्टा राजकीय अनुदान मार्फत वित्त पोषित हुने घोषणा गरिएको थियो।[११]
मार्च २०२३ मा, कामिलाले जर्मनीको राजकीय भ्रमणका लागि चार्ल्सलाई साथ दिएकी थिइन् जुन उनको राजाको रूपमा उनको पहिलो वैदेशिक भ्रमण थियो।[१२] सेप्टेम्बर र अक्टोबर २०२३ मा, राजा र रानीले फ्रान्स र केन्याको राजकीय भ्रमण गरेका थिए[१३][१४] भने नोभेम्बरमा, कामिला राष्ट्राध्यक्षको रूपमा चार्ल्सको पहिलो संसद उद्घाटनमा उनीसँगै उपस्थित भएकी थिइन्।[१५]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 अन्य १४ क्षेत्रहरू एन्टिगुवा र बारबुडा, अस्ट्रेलिया, बहामास, बेलिज, क्यानाडा, ग्रेनाडा, जमैका, न्युजिल्यान्ड, पापुवा न्यु गिनी, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स, सोलोमन टापु र टुभालु हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Saunt, Raven (११ सेप्टेम्बर २०२२), "Camilla, Queen Consort: The duties that come with her new royal title", The Telegraph, मूलबाट २ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २०२२।
- ↑ Rouse, Beverley (९ सेप्टेम्बर २०२२), "King pays tribute to 'steadfast devotion to duty' of his 'darling wife' Camilla", The Independent, अन्तिम पहुँच २३ डिसेम्बर २०२४।
- ↑ "King Charles III's address to the nation and Commonwealth in full", BBC News, ९ सेप्टेम्बर २०२२, मूलबाट २२ जनवरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०२४।
- ↑ Ward, Victoria (१० सेप्टेम्बर २०२२), "What happens at the Accession Council? The meeting where Charles will be proclaimed King", The Telegraph, मूलबाट २ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २०२२।
- ↑ Coughlan, Sean (२७ नोभेम्बर २०२२), "Camilla scraps ladies-in-waiting in modernising move", BBC News, मूलबाट २७ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२२।
- ↑ Coughlan, Sean, "Camilla scraps ladies-in-waiting in modernising move", BBC News, अन्तिम पहुँच १ नोभेम्बर २०२५।
- ↑ "Camilla postpones West Midlands events over Covid", BBC News, १३ फेब्रुअरी २०२३, मूलबाट १३ फेब्रुअरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०२३।
- ↑ "King Charles and Camilla to be crowned on 6 May", BBC News, ११ अक्टोबर २०२२, मूलबाट १३ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अक्टोबर २०२२।
- ↑ "King appoints Queen Camilla to Scotland's Order of the Thistle", BBC News, १६ जुन २०२३, मूलबाट २७ नोभेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अक्टोबर २०२३।
- ↑ Mitchell, Jenness (५ जुलाई २०२३), "Charles presented with Scotland's crown jewels – four arrested as protesters shout 'not my king'", Sky News, मूलबाट ५ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुलाई २०२३।
- ↑ Elston, Laura (१४ जुलाई २०२३), "Queen Camilla will not receive £360,000 annuity from parliament like Prince Philip did", The Independent, मूलबाट १४ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०२३।
- ↑ "King Charles III arrives in Germany for first overseas visit as monarch", CNN, २३ मार्च २०२३, मूलबाट २९ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २०२३।
- ↑ "In pictures: King Charles and Queen Camilla on state visit to France", BBC News, २२ सेप्टेम्बर २०२३, मूलबाट २३ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२३।
- ↑ Henni, Janine, "Dancing Queen Camilla! The Best Photos from King Charles' State Visit to Kenya", People, मूलबाट ११ नोभेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ नोभेम्बर २०२३।
- ↑ "Charles makes first King's Speech as he opens Parliament", BBC News, ७ नोभेम्बर २०२३, मूलबाट १२ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०२३।