रामचन्द्र प्यासी कुसावाहा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रामचन्द्र प्यासी कुसावाहा

रामचन्द्र प्यासी कुसवाह संविधान सभा सदस्यमा नेकपा एमालेका तर्फाट मधेसीको प्रतिनिधित्व गर्दै हुनुहुन्छ।दुई दशक भन्दा लामो समय देखि पार्टीमा निरन्तर रूपमा संलग्न रहेर मधेसी जनताको हितमा पुर्‍याएको योगदानको कदर गर्दै पार्टीले आफूलाई संविधानसभा सदस्यमा विजयीबनाएको कुसवाहको भनाई छ।

मातृभाषा भोजपुरी भएका कुसवाहले २०३६ सालको विद्यार्थी आन्दोलन देखि नै राजनीतिको सुरूवात गर्नुभएको हो। त्यतिबेला थुनामा पर्दा कुसवाहको हात भाचिएको थियो।

बाराको बन्जरीया गाविसमा जन्मी हुर्की अहिले पनि त्यहींकास्थायी बासिन्दा कुसवाहको एक श्रीमती र तीन छोरा छन्। हिन्दू धर्म मान्ने कुसवाहले २०४३ सालमा तत्कालिन गाउ पञ्चायतमा जनपक्षीय रूपमा प्रधानपञ्चमा उम्मेदवारी दिए पनि पराजित हुनुभएको थियो।

छिट्टै राजनीतिक सम्वन्धि पुस्तक प्रकाशन गर्ने सोच बनाएका कुसवाहको समाजसेवा गर्ने रुचि छ। फुर्सदको समय उहा पत्रपत्रिका पढ्ने , रेडियो सुन्ने र टेलिभिजन हेरेर विताउने गर्नुहुन्छ। संविधानसभामा मधेसको मुद्यालाई प्रमुख रूपमा उठाउने आफ्नो नीति रहेको कुसवाहले बताउनुभयो। उहाले वर्गीय हिसाबले पीडित समुदायलाई लाभ गर्राई विकासको मूल धारमा ल्याउने किसिमको लोकतान्त्रिक संविधान बनाउन आफ्नो भूमिका रहने बताउनुभयो। [१]

सन्दर्भ[सम्पादन गर्ने]