रामजीप्रसाद शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रामजीप्रसाद शर्मा

वागलुङ क्षेत्र नं. १बाट निर्वाचित ५० वर्षीय रामजीप्रसाद शर्मा नेकपा-एमालेका सभासद हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक शर्मा २०५६को निर्वाचनमा समेत सोही क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो। हाल एमाले केन्द्रीय सदस्य तथा धौलागिरी अञ्चल सह इन्चार्ज रहेका शर्माले यस अघि १० वर्ष जिल्लाको पार्टी सचिव तथा जिल्ला कमिटी सदस्यको जिम्मेदारी सम्हालिसक्नुभएको छ। उहाँ २०४९ सालमा गाविस अध्यक्ष निर्वाचित हुनुभएको थियो। २०३६ साल देखि राजनीतिमा सक्रिय रहेका र धेरै अवधि भूमिगत रूपमा काम गरेका शर्माले २०३९ र २०४२ सालमा जेलजीवन बिताइसक्नुभएको छ। समाजसेवामा विशेष रुचि राख्‍ने सभासद शर्माले विभिन्न सामाजिक संस्थाहरू मार्फत र व्यक्तिगत तवरमा पनि सामाजिक कार्यहरू गर्दै आउनुभएको छ। पार्टी सङ्गठन र जनतासँगको निकट संबन्धले आफू संविधानसभामा विजयी हुन सकेको उहाँको आकलन छ। संविधानसभामा उहाँले प्रमुखतासाथ उठाउन चाहेका मुद्दा हुन्- शान्ति प्रक्रियालाई तर्किक निष्कर्षमा पुर्‍याउने, भयरहित वातावरण र सुशासन दिलाउने, पछि परेका जाति, वर्ग र क्षेत्रको उत्थानको लागि उपयुक्त नीति बनाउने।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

रामजी प्रसाद कुईकेल